Spread the love


डम्बर सिन्चिउरी
लेटाङ्ग
लेटाङ्ग पाँचमा अवस्थित शिक्षा विकास मा.वि. ले आयोजना गरेको माध्यमिक विद्यालय स्तरी छात्र भलिबल प्रतियोगिताको दुवै स्थानमा एउटै विद्यालय विजयी भएको छ ।
प्रतियोगितामा स्थानिय १६ वटा मा.वि. का २० वटा समूह विच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाको दुवै समुह बाट खेलमा सहभागी भएका मध्ये शान्ति भगवती माध्यमिक विद्यालय लेटाङ्ग ४ ले प्रथम र द्वितीय दुवै स्थानमा विजय प्राप्त गर्न सफल भएकोछ । उक्त प्रतियोगितामा महेन्द्र मा. वि.लेटाङ्ग ७ ले तेश्रो स्थान हसिल गर्न सफल भएको छ ।
खेलमा विजयी समुह मध्ये प्रथम हुने समुहलाई नगद रु १० हजार, द्वितियलाई ५ हजार र तृतियलाई २ हजार ५ सय रुपैंया साथै ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद मीश्रले बताए । साथै प्रथमहुने समुहलाई स्थानिय लेटाङ्ग बजार अवस्थित एभ्रेष्ट मल्टी टेक्निकल कलेज द्वारा ६ महिनाको निशुल्क कम्पुटर ट्रेनिङ्ग एवं ल्याङ्वेजको सिकाईको अवसर समेत प्राप्त हुने समेत प्र.अ. मिश्रले बताए ।
प्रतिस्पर्धी विद्यालय मध्ये शान्ति भगवती लेटाङ्ग ४,लक्ष्मी मा.वि. लेटाङ्ग ७ , लक्ष्मी मा.वि. लेटाङ्ग २ र शिक्षा विकास मा. वि. बाट भने दुई– दुई वटा समुहले भाग लिएका थिए ।
“स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ मुल नाराका साथ यहि फाल्गुण २५ गते देखि संचालित उक्त भलिवल खेल दुई दिनका लागि संचालन गरिए पनि समयको अभावमा २७ गते सम्म संचालन भएको थियो ।
.