Spread the love


सोनापुर
सुनसरीको खनारमा रहेको साइ चिल्ड्रेन होम नामक बिध्यालयमा चैत्र २९ गते यूथ इन्नोभेटिभ साइन्स सोसाइटीको आयोजनामा साइन्स ओलम्पिड कार्यक्रम सम्पन्न भएको छ । हाम्रा सहयोगि गायत्री बस्नेतले बताए अनुसार सुस्मा गोदाबारी कलेजले सहयोग गरेको सो कार्यक्रममा १० कक्षामा पढने बिध्यार्थी सम्मिलित थिए । स्थानीय ६ वटा बिध्यालयबाट सहभागि रहेका झण्डै १सय ५० बिध्यार्थी मध्ये लिजा साह प्रथम,सफल दाहाल द्धितिय र रक्षा कार्कीले तृतीय स्थान हासिल गरेका थिए । चौथो स्थानमा रोहन दाहाल रहेका थिए । स्थानीय राजनीतिज्ञ भुवन पोखरेलले बिध्यार्थी बर्गलाई थप शैक्षिक सहायताकालागि बेलाबखत यस्ता कार्यक्रम हुनु जरुरी रहेको बताउनु भयो । कार्यक्रममा बिध्यालयका प्रिन्सिपल जगन दाहालको महत्वपूर्ण भुमिका रहेको थियो ।