Spread the love


पीबी दियाली
सडक डिभिजन बिराटनगरका हाकिम पशुपति ज्ञावाली बिरुद्ध अख्तियार दुररुपयोग अनुसन्धान आयोग काठमाण्डौमा उजुरी हाल्दा कुनै कार्बाही नभएको भन्दै ठेकेदार कम्पनी सौरब कन्सट्रक्सनका सर्भेस आचार्यले गुनासो प्रकट गरेका छन । २०७४।०७५को ठेक्का संझौता अनुसार धरान जिरो प्वइण्ट देखि भेडेटार सम्मको सिंगल सर्फेस ट्रेसिंग कार्यको लागि लगभग १करोड ४३लाख ४५हजारमा सौरव कन्सट्रक्सनले गत असारमा काम सम्पन्न गरेको थियो । काम सकेर अन्तिम भुक्तानी दिने बेलामा सडक डिभिजन कार्यालय बिराटनगरका डिई पशुपति ज्ञावालीले जालझेल गरेर घुस मागेपछि ठूलो लफडा परेको कन्सट्रक्शनका मालिक सर्भेस आचार्यले बताएका छन । ज्ञावालीले क बर्गको लाइसेन्सवाला ठेकेदार इनरुवाको जयप्रकाश साहसंग मिलेमतो गरि झुटो चेक बाउन्सको मुद्धा लगाएर सुनसरीको एसपी कमल थापाले आफुलाई पक्राउ गरि दुख्ख दिएको बताएका छन । जय प्रकाश साहसंग कुनै लेनदेन नै नभएको अबस्थामा सडकका हाकिम ज्ञावालीले बैंकखातामा पैसा हाल्न सजिलो होस भनि दिएको खाली चेकको दुरुपयोग गरि किर्ते अनि ठगिमा मुद्धा लगाई धरपक्कड साथै लाइसेन्स खारेज गरिदिने धम्की पनि दिएका थिए । अख्तियारमा मुद्दा हालेको बद्ला लिन ज्ञावालीले प्रहरी प्रशासन,भ्रष्ट ठेकेदार दलाल र गुण्डाहरुको प्रयोग गरि रहेको र आफनो कम्पनीको खाता बन्द गर्न लगाएकोमा दुख्ख ब्यक्त गरेका छन । खाली चेक दिएकोमा त्यो चेकमा जयप्रकाशको नाम किन राखियो? आचार्यले आश्चर्य ब्यक्त गरेका छन । इनरुवामा रहेको राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक पेसल ढुंगाना समेतले उक्त चेक सम्बन्धमा झुठो र गैर जिम्मेवारी पूर्बक काम गरि आफनो खाता बन्द गरि दिएकोमा आचार्य रिसँउका छन । ७० साल तिर ठेक्कापटटामा बिग्रेर तलै सम्म पुगेका साहले सडक डिभिजनका भ्रष्टहरुसंग मिलेमतो गरि बिकास निर्माणका काममा ठगेर अर्बौ कमाएका छन । साहको सम्पती शुद्धिकरण बिभागले खोजविन गर्नेहो भने अर्बौ कालो सम्पती भेटने दाबी गरिएको छ । असार २६ गते कोलेनिका र सडक डिभिजन बिराटनगरको संयुक्त हस्ताक्षरमा सौरव कन्सट्रक्शको नाममा काटिएको चेक २९ गते सौरभ कन्सट्रक्शनको प्रतिनिधीलाई बोलाएर सडयन्त्रपुर्बक सहि छाप हनाई चेक बुझेर लगेको जस्तो बनाए । सहि छाप हान्न लगाई चेक आफैसंग राख्ने सडकका हाकिम बिरुद्ध साउन २ गते अख्तियारमा मुद्धा दायर भयो । ११ गतेका दिन उक्त रकम सौरव कन्सट्रक्शनमा जम्मा गराएको र जाल झेल गरि उक्त खाता नै रोक्का गरि दिएका छन । जयप्रकाशलाई मेरो खाली चेककमा पैसा भरेर उक्त रकम भिक्न लगाउने जस्तो अपराधिक र भ्रष्ट मतिको हाकिमलाई जोगाउ प्रहरीले ठूलो जाल रचि थुनेको भएतापनि निर्दोष भन्दै अदालले छाडिदिएको आचार्यको भनाई छ । मैले जयप्रकाशलाई चेक काटेरपैसा दिएको तर खातामा पैसा नभएको देखाएर हाकिमले अख्तियारमा हालेको बदला लिन खाजेको आरोप छ ।

संझौता अनुसार काम सकेपछि २६लाख ६४हजार ७ सात सय १९रुपैंयाको चेक काटेपछि सडक बिभागका हाकिम ज्ञावालीले उक्त चेक सौरव कन्सट्रक्सनलाई दिने बेलामा लफडा गरे । चेकको रकमबाट ज्ञावालीले कन्सट्रक्सनका प्रतिनिधी सर्भेस आचार्यसंग केही प्रतशत रकम अग्रिम जम्मा गर्न भनेका थिए। सबै कामहरु नियम अनुसार फेयरर्ली गरेको कारण घुस दिन नमान्दा ज्ञावालीले उक्त चेक आफै संग राखि हाल सम्म भुक्तानी रोकेका छन । गत असार २६ गतेको मितिमा सौरव कम्पनीको नाममा काटिएको उक्त चेकको रकम हाकिम ज्ञावालीका कारण झिक्ने कुरामा समस्या भएपछि सौरवका प्रतिनिधी आचार्यले भ्रष्टचार भयो भन्दै
अख्तियार दुरुपयोग अनुसन्धा आयोगमा उजुरी दिएका थिए । द.न. सि ०००५०२ रहेको उजुरी अनुसार चेक सहित सडक हाकिम ज्ञावालीलाई गिरफतार गर्नु पर्नेमा अख्तियारले उल्टै सौरव कन्सट्रक्सनका आचार्यलाई दुख्ख दिएको बताइएको छ । अख्तियारका मोहन थापा नाम गरेका मान्छेले जालझेल र छलछाम गरि भ्रष्टमतिका हाकिम ज्ञावालीलाई सहि साबित गरि पीडित पक्षलाई निरास पार्ने काम गरेका छन । साउन २ गते उजुरी गरेको मितिबाट आज सम्म अख्तियारले सडकको हाकिमले गरेको कर्तुत बारे केही नगरेकोमा पीडित आचार्यले दुख्ख प्रकट गरेका छन । यो देशमा भ्रष्टहरुको बिगबिगी भो अब न्याय मरयो । हामी कसो गरुम ? आचार्यले भने । यसबारे अख्तियारका मोहन थापासंग ९८५१२८१६२०मा सम्पर्क गर्दा हामीले ब्यक्तिगत रुपमा यो बारे बोल्न मिल्दैन हजुरले आयोगमै आएर डिटेलमा बुभ्नु भनेका छन । तपाई आयोगको के कस्तो पोजिसनमा हुनुहुन्छ ? भन्दा जवाफ नदिई फोन राखेका छन । पीडितको गुनासो अनुसार मोहन थापाको मोबाइलमा सम्र्पक गरिएको हो । थापाले जवाफ दिन इन्कार गरेका छन ।