सर्दु जलाधारमा फोहोरको थुप्रो
धरान
खानेपानी सस्थानले धरानका मानिसहरुलाई कति फोहोर पानी खुवाउदो रहेछ भन्ने कुराको पुष्टयाई हालै नेचर प्रोजेक्ट नामक सस्थाले सर्दु जलाधार क्षेत्र वाट ११ दिनमा ४ गाडि फोहोर सकलन गरेर देखाएको छ ।
सर्दु र खर्दू खोला मिलेर वनेको सर्दु जलाधार क्षेत्रको पानी धरानवासीले खादै आएका छन । सुख्खा मौसममा ६०लाख लिटर र वर्षायाममा १ करोड लिटर पानी सदुै जलाधार वाट ल्याएर सस्थानले खुवाउदै आएको छ । तर सो मुहान क्षेत्र भित्र भेडेटार, वीपी पार्क , जस्ता पर्यटकिय क्षेत्र पर्ने भएकोले प्लाष्टिक जन्य फोहोर मैलाले खोला भरीन गएको कुरा ११ दिन सम्म मुहान सफा गर्न खटिएका ५० जना युवाहरुको समुहले वताएका छन । ११ दिन सम्म सर्दु जलाधार क्षेत्रको मुहान सफागर्ने अभियान चलाएर फागुन १ गते नेचर प्रोजेक्ट नामक सस्थाले ओशो आश्रमको प्रागणमा समापन कार्यक्रमको आयोजना गरेको थियो । सफाई अभियानका सयोजक ऐलन विष्टले खानेपानीको मुहान सर्दु जलाधारमा अत्यधिक मात्रामा प्लाष्टिकजन्य फोहोर र सिसाहरु फेला परेकोले स्थानिय सरोकारवाला निकायले यसको सफाईमा ध्यान नदीए नगरवासीहरुमा नकारात्मक असर पर्ने वताए । प्रकतिको एउटै भाषा हुन्छ सफाई । फोहोर जहाको होस जस्ले गरेको होस हामीले सफा गर्नै पर्छ त्यसैले हामी युवाहरुले शुरुमा देशव्यापीरुपमा जनचेतनामुलक साईकल यात्रा गरेका थियौ । त्यस पछि ४५ दिन सम्म पोखराको फेवा तालको सफाई गर्यौ । अहिले धरानको जलाधार र पर्यटकिय क्षेत्रको ४५ दिने सफाई अभियानमा लागेको जानकारी दिए ।
सो भेलामा धरान उपमहानगर पालिकाका वार्ड न १३ का वडाध्यक्ष नेत्र काफलेले आफनो वडा भित्रका घरहरुमा सेफटी टंकि वनाउन लगाउने र हरेक हप्ता सफाई कार्यक्रम चलाउने प्रतिवद्धता जाहेर गरेका थिए । यसै गरी सर्दु जलाधार क्षेत्रको सरक्षण गर्दै आएको वातावरण तथा पर्यटन विकाश केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले सर्दु जलाधार क्षेत्रको पानी वेच्ने निकायहरुले जलाधार सफाई र सरक्षणमा कुनै चासो नराखेको अवस्थामा स्थानिय युवाहरु जाग्नु सकारात्मक सन्देश भएको वताए । उनले सर्दु जलाधार क्षेत्रले पानी मात्र नभएर धरानको सौन्दर्य वढाउन, सन्तुलित र स्वच्छ वातावरण कायम राख्न ठुलो मदत पुर्याई रहेकोले वीपी पार्क ओशो पार्कलाई सफा राख्न व्यवस्थापन समितिको गठन गर्नु पर्नेमा जोड दिए । सरसफाई कार्यक्रममा अभियन्ता पवन राई ले जलाधार क्षेत्रका मानिसहरुमा जनचेतनाको अभावका कारण शौचालयको ढल, फोहोरमैला खोलामा फालेको देखिनु ,सरसफाई अभियानमा पनि स्थानिय सरोकारवाला निकाय र स्थानियवासीहरुको चासो नदेखिनुले जलाधार क्षेत्र ठुलो सकटमा रहेको आभाष आफुहरुलाई परेको वताए । कार्यक्रममा स्थानिय लाली गुरास आमा समुहकी अध्यक्ष पार्वति राई (श्रेष्ठ) ले पनि युवाहरुले देखाएको कामको प्रसंसा गर्दै जलाधार सफाईलाई आमा समुहले निरन्तरता दिने वचन दिएका थिए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


