कम्युनिष्टको नाममा घुसेको मतिभ्रष्ट ओली

pb diyali
प्रधानमन्त्री खडग ओली आफुलाई कम्निष्ट भन्छन। अनुशासनहीन काम गरेपछि गैरकम्युनिष्ट चरित्रको भन्दै ओलीलाई नेकपाले साधारण सदस्यसमेतबाट हटाई सकेको छ । सत्ताको आडमा ओलीले आफुलाई अझै कम्युनिष्टको नेतामैंहुं भन्दै लाज पचाई रहेका छन । नेकपाले कार्बाही गर्नु अघि ओली पार्टी अध्यक्ष थिए। पार्टीको तर्फबाट प्रधानमन्त्री बनाइएका ओली पार्टी नीति बिपरित चल्न थालेपछि सुध्रिनभन्दाभन्दै संसद बिघटन गराई जबरजस्ती प्रधानमन्त्रीको पदमा टाँसिएर दुनियाँमा बेइज्जती कमाईरहेका छन । राज्यशक्तिको आडमा हैकम मच्चाउंदै आएका ओलीले चुनाबको तुरुपफालेरजालझेलको राजनीति गर्न थालेपछि सर्बत्र बिरोध हुन थालेको छ । जनताले बलिदान दिएरफालेको राजा शाहीजहाँनियाँ शासन अन्त्य भएपछि संबिधानसभा मार्फत २०७२सालमा बनेको संघीयलोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानमा हुंदै नभएको कुरालाई आफनो अधिकार भन्दै ओलीले सत्ताकोदुरुपयोग गरेका छन । पार्टीनीति उलंघन गरेपछि संसदीय दलको नेताबाट हटाइन सक्नेसंभावना देखेका ओलीले संसद बिघटन गरि अर्को चुनाबको घोषणा गराउनराष्ट्रपतिलाई अघि सारे । राष्ट्रपतिको भुमिकामा पहिलादेखि नै बिबादित बिध्याभण्डारीले संसदीय प्रचलनको रतिभर ख्याल नगरि ओलीले सिफारिस गर्ने साथ बिघटन सदरगरिन । अहिले ओली र भण्डारी बिरुद्द स्वयम उनको पार्टी र जनता सडकमा छन । भ्रष्टचारमा गन्हाएको प्रतिपक्षिपार्टीको नेता शेरबहादुर देउवासंग अपबित्र साँठगाँठ गरि ओलीले राज्य सत्तामा मनपरि गर्दैछन । कानुन बिपरित संबैधानिक नियुक्तिमा आफना भजन मण्डलीलाई भर्ना गर्दैछन । मुलुकसंबिधान संम्बत धर्मनिरपेक्षमा गएको राष्ट्र हो। राज्यले कुनै पनि धर्मलाई काखि च्यापेर आफनो भन्न मिल्दैन। निरपेक्ष भनेको त्यही हो जुन सिंगो राज्य लागेर कसैको पुजापाठ,दान धर्म,स्तुतिप्रस्तुति नगरोस । तर ओलीले जनताले लखेटी सकेको राजालाई फाईदा पुग्ने गरिकराउंदै गर्ने पूर्बपन्चहरुले उठाएको हिन्दु राज्यको कुरालाई सपोर्ट गर्ने गरि देबीदेउताकोमठमन्दिर बनाउने काममा राज्यको ढुकुटी खर्च गर्न थालेका छन । कुनै बेला आफुलाई ठूलो कम्युनिष्टक्रान्तिकारी भएकोले पहिला पंचायती ब्यबस्थाको राजासहीले १४ बर्ष जेल हालेको भनेरगफ दिने ओली अहिले सत्तामा पुगेपछि आफै राजा हुने चक्करमा छन । चितवनकोठोरीमा भगवान राम जन्मेको भन्दै त्यो ठाउंलाई अयोध्या भन्न थालेर सोझा जनताको दिमागभुटि रहेका छन । भ्रष्टचार गर्न छुट दियो भने आफना अघिपछि हनुमाने ताँती लाग्लान भन्ने सोचाईले जथाभाबी ढुकुटी खर्चेर मन्दिर बनाउने दौडमा कस्सिएका छन ओली । मन्दिरकोनाममा निकालिएको रकमको लेखापरीक्षण जरुरी नभएकोले भ्रष्टचार गरेर अकुत कमाउने रभ्रष्टमतिका मान्छे प्रयोग गरेर चुनाब जितुम्ला भन्ने छिर्के दाउमा ओली लिप्त भएका छन ।तर उनको भ्रष्ट चालामाला बारे जनता सचेत छन । पशुपति मन्दिरमा पुगेर ओलीले प्रचलन बिपरित लिंगमाथि सुनको गजुर चढाउने नाममा ३० करोड रकम निकासा दिन्छु भनेका छन । नेपालीजनताको करबाट जम्मा भएको रकम ओलीले आफनो निजी सोचाई अनुसार खर्च गर्नु सरासरभ्रष्टचार हो । मुलुक धर्मरिपेक्ष राष्ट्र हो । त्यो पशुपतिको मन्दीरलाई हिन्दुवालाले मात्र आफनो पेवा ठान्छन भने धर्मरिपेक्ष राष्ट्रको प्रधानमन्त्रीले त्यसलाई महत्व दिनु भनेकोकानुनी रुपले दण्डनीय पनि हो । त्यसैले पशुपतिको मन्दिरमा दिने भनेर कबोलेको रकम नेपालसरकारको ढुकुटीमा फिर्ता होस । ओलीलाई धर्मकर्म गर्नु नै छ , देबी देउता मान्नुनै छ भने आफनो नीजी सम्पती चढाउन सक्छन । तर सत्ताको आडमा जनताको तिरोकोमनलागि पजनी गर्न पाउंदैनन । यसर्थ कम्युनिष्टको नाम बेचेर देवीदेउता र मठमन्दीरखोज्दै राज्यको राजस्व खर्च गर्ने ओली राजनितिक भ्रष्ट त हुंदै हुन । राज्यमा एउटानेताको सबैभन्दा ठूलो धर्म भनेको जनताले बनाएको कानुनको पालना गर्नु हो ।तर ओलीले नेताको खोल ओडेर गत पुस ५ गते जनताको कानुनको हत्या गरी अपराधी करारभई सकेका छन । त्यसैले यी ओली धर्मभ्रष्ट ,नीति भ्रष्ट साथै मतिभ्रष्ट पनि हुन । जनतालेयीनी बिरुद्ध आगो ओकेल्नु जरुरी छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


