मुलुकमा खत्रा हुन सक्ने भन्दै पार्टी जुटाउन नेताहरुलाई खबरदारी
बिराटनगर
सरकारमा रहेको नेकपाका बहुमत सदस्यले प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर प्रश्न उठांउदा अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका खडगप्रसाद ओलीले चालेको कदम पछी नेपालको राजनीति घटनाले जनतालाई हानी पुरयाउंने तर्फ संकेत गर्दै बिराटनगमा नेकपा एकता समूह नामक एक बौद्धिक पंक्तिले बिज्ञप्ती जारी गरि दाहाल नेपाल पक्ष र ओली पक्षलाई सचेत गराउंदै पार्टी नफुटाउन जोडबल गरेको छ । सामाजिक अभियन्ता केशबप्रसाद गौतम, वरिष्ठ पत्रकार शिबबहादुर कार्की ,वरिष्ठ अधिबक्ता देवीबहादुर घिमिरे ,वामबुद्धिजीवी प्राध्यापक डा. खगेन्द्र आचार्य,वामबुद्धिजीवी प्रध्यापक डा.मिनराज ढकाल
, वरिष्ठ राजनितिज्ञ राधेश्याम दली
, वरिष्ठ राजनितिज्ञ दलु ‘छाया’
,वरिष्ठ अधिबक्ता रमेशप्रसाद कोइराला
,वामबुद्धिजीवी दुर्गाप्रसाद दाहाल
,समाजसेवी रंगनाथ प्याकुरेल
,अधिबक्ता बिनोद सुबेदी
, समाजसेवी दामोदर घिमिरे
र समाजसेवी बिष्णु द्विबेदी
लगायत नेकपाको एकता चाहने अन्य साथीहरू भन्दै संबोधन गरेर जारी संयूकत बिज्ञप्ती यस्तो रहेको छ ।
“विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेलामा नेपालमा कम्युनिष्ट पार्टीको जननिर्वाचित करिब दुईतिहाईको सरकार झण्डै तीनबर्ष चलेको कुरा नेपालमा अस्थिरता चाहने देशी बिदेशी प्रतिकृयाबादीहरूका लागि असैह्य भएको थियो।उनीहरू नेपालमा कम्युनिष्ट सरकार असफल गराउन षडयन्त्र गरिरहेका थिए । यस्तो अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका नेताहरूको आन्तरिक ब्यवस्थापन कुशलतापूर्वक सम्पन्न हुन नसक्दा उहाँकाहरू बीचको अन्तरबिरोध चुलिएर शत्रुतापूर्ण रूपमा बिकसित भएपछि नेकपा अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्युले जननिर्वाचित सर्बोच्च प्रतिनिधिहरूको संस्था संसद बिघटन गर्ने काम गर्नुभयो ।
संसद बिघटन भइसकेपछि अब संसद ब्युताउने पक्ष र जनताको ‘फ्रेश म्याण्डेट’ लिन बैशाखमा निर्वाचन गराउने भनी लागेका नेकपाका दुबै पक्ष तर्फ बैदेशिक चलखेल झन बढने संभावना देखिन्छ। किनभने नेपालको कम्युनिष्ट आन्दोलनलाई बिसर्जन तर्फ लाने र देशमा अस्थिरता निमत्याउने प्रतिक्रियाबादीहरूको चाहना थियो।त्यसमा नेकपाका नेताहरुबाट भएको आत्मघाती कदमले देश अस्थिरता र अराजकता तर्फ जाने सम्भावना देखिन्छ । त्यो कुरा अहिले राजाबादीहरूको बढदो चलखेलले पनि स्पस्ट पारेको छ । त्यतिमात्र होइन अहिले
नेकपाको दुबै समूहमा बैदेशिक चलखेल स्पस्ट रूपमा देखापर्न थालेकोछ।छापाहरूका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र ‘मोदीले’ प्रधानमन्त्री ओलीको कदमको समर्थन गरेका छन भने नेपालका लागि पूर्ब राजदूत ‘श्यामशरणले ’ प्रधानमन्त्री ओलीलाई हटाएर स्वतन्त्र बौद्धिक ब्यक्तित्वको चुनावी सरकार बनाउने कुरा गरिरहेका छन। यस्तो अवस्थामा देशमा अशान्ति, अराजकता र हिंसाका घटनाहरू बढनेहुदा संसद पुनर्स्थापना वा निर्वाचन दुबै नहुन सक्दछ अथवा भएपनि त्यसको परिणाम राष्ट्रियहितको पक्षमा नहुन सक्छ र देश दुर्घटना तर्फ अग्रसर हुन सक्दछ। तसर्थ संसदको बिघटन भएपछि नेपालको कम्युनिष्ट आन्दोलन मात्र संकटमा परेको छैन देशको अस्तित्व समेत संकटमा परेकोछ ।
अतः अझैपनि समय छ ।नेकपाका दुबै पक्षका नेताज्यूहरूले आफ्नो ब्यक्तिगत महत्वाकांक्षालाई छोडेर राष्ट्रको हितका लागि, जनताले दिएको मतको सम्मान गर्नका लागि,देशमा शान्ति र स्थायित्वको स्थापना र देशको समृद्धिका लागि मिलेर जानु पर्दछ ।त्यसको बिकल्प देखिदैन ।
खास गरेर यो कुरा नेकपाका इमान्दार नेता कार्यकर्ताहरूले बिचार गर्नु आवश्यक छ। नेकपा बिभाजन हुनमा कुनै शैद्धान्तिक कारण देखिदैन। दुबै पक्षका नेताहरूले ब्यक्तिगत महत्वाकांक्षा र आवेशका कारण यस्तो गलत बाटो अबलम्बन गर्नु भएको देखिन्छ ।नेताहरूले मार्क्सबादी पद्धति अनुसार पार्टी भित्र रहेको अन्तरबिरोधको समाधान मित्रतापूर्ण रूपमा गर्नुपर्नेमा दुबै समूहका नेताहरूले पार्टीभित्र रहेका अन्तरबिरोधको समाधान शत्रुतापूर्ण किसिमबाट गर्नु भएकोले आज राष्ट्रिय संकट देखापरेको हो।जसले गर्दा हजारौ शहीदहरूले खुन पसिना बगाएर निर्माण गरेको कम्युनिष्ट आन्दोलन बिसर्जनको बाटोमा अगाडि बढिरहेको छ।यो अत्यन्त गम्भिर एवम् दुखद् कुरा हो ।
कहिलेकाही नेताहरूबाट पनि गम्भिर त्रुटी हुन्छन र त्यसलाई कार्यकर्ताले सच्याएका अनकौ उदाहणहरू छन। यसपाली पनि नेताहरूबाट गम्भिर भूल भएको छ र त्यसलाई कार्यकर्ताहरूले सच्याएर कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु पर्दछ ।
त्यसका लागि नेकपाका कार्यकर्ताहरूले कुनैपनि नेताको समुहको पछाडि लाग्नुको साटो कम्युनिष्ट आन्दोलन जोगाउन नेताहरूलाई दबाब दिनुपर्दछ र नेताहरूलाई विभाजनको बाटो छोडेर पार्टी एकताको बाटोमा हिडन आग्रह गर्नुपर्द्छ । अहिले अगाडि बढिसकेको बिभाजनको स्थितिलाई सामान्य बनाउन अब उप्रान्त दुबै समूहका नेता तथा कार्यकर्ताले गाली गलौजको भाषालाई तत्काल बन्द गर्नु पर्दछ र निर्वाचनमा जानुपरे पनि अथवा संसद पुनर्स्थापना भएपनि मिलेरै जानका लागि उच्च राजनैतिक संस्कार अपनाउदै एक अर्कालाई सम्मान गर्नु पर्दछ। मिलेर जानुको बिकल्प छैन किनभने फुटेर जादा हामी कति कमजोर हुन्छौ भन्नेकुरा हामीले २०५६ सालमा नेकपा एमाले बिभाजन भई माले, एमाले हुदा भोगी सकेकाछौं। त्यसबेला पार्टी बिभाजन हुने मुद्दा थियो तर अहिले त पार्टी बिभाजित हुनुपर्ने कुनै मुद्दा नै छैन। ब्यक्तिगत लांक्षना र ब्यक्तिगत आवेशका कारण पार्टी बिभाजन भएकोछ। त्यसैले नेकपाको एकतालाई जोगाउन जहाबाट गल्ती भएकोछ त्यहीबाट शुरू गर्नु पर्दछ अर्थात बिभाजनको सुरूवात एकले अर्कालाई शत्रुवत ब्यबहार गरेबाट प्रारम्भ भएकोले त्यहीबाट सच्याउनु पर्दछ । यदि पाका नेताहरूबाट सुझबुझका साथ मिलेर जाने बातावरण नबनेमा दोश्रातहका इमान्दार र सक्षम नेतृत्वलाई स्थापित गरी शिर्ष नेतृत्वलाई आदरणीय ठाउककमा राखेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।”
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



