ठूला बढाको उखान तुक्का र माफ मगाई
पीबी दियाली
बातचितका क्रममा उखान तुक्का जोडन नेपालका प्रधानमन्त्री खडगप्राद ओली माहिर छन ।आफनो बिचार बिरोधीलाई सम्मान गर्नुको सटटा छेंड हानेर खसाल्न ओलीलाई कसैले भेटदैन । सार्बजाकि ओहदामा बसेको मान्छेले अप्नाउनु पर्ने सालिन र भद्रता प्रधानमनत्री ओलीमा देखिएन । आफना कुरा अरुलाई बुझाउन सजिलो हुन्छ भन्ठानेर तुक्का जोडि संबादमा सरिक हुनु मानिसको कला पनि हो।

जो कसैले यस्तो बिधि प्रयोग गर्न सक्दैनन पनि । ओलीले खासगरि आफना बिरोधीहरुको खेदो खन्नकोलागि निमोठिएका कुरा गर्छन । अर्कालाई खसालेर आफु महान हुँ भन्ने प्रबृतिले बसिभुत ओलीको यस्ता बिशेषताहरु उनका प्रशंसकलाई त ठिकै लाग्ला तर सबै उनका प्रशंसक मात्र भन्ठानेर हौसिने ओलीले लोकतन्त्रमा आफनो कुरा मन नपराउने अरु पनि छन भन्ने हेक्का राखेको पाइदैन । सकरात्मक कुराकोलागि उखान तुक्का,कहावत,लोकोक्तीहरु प्रयोग गरिइनु अबान्छनीय होइन । यस्तो कलाले कर्ताको दार्शनिक पक्षको बिकास हुन्छ । तर अर्काको भावनामा चोट पर्ने,खिल्ली उडाइदिने ,अपमान गर्ने,उपेक्षा गर्ने साथै अस्तित्व अस्वीकार गरि आफनो बृतभित्र नअटनेलाई घचेटेर भित्तै समेत भत्काउंछु जस्तो गरि प्रस्तुत हुनु भनेको कलाको दुरुपयोग हो। बुद्धिको बिनास हो । अझ राजनीतिज्ञहरुको निम्ति जनमत गुमाउनु पनि हो । सत्ताको स्वाद अलि बढी समय सम्म चाखि रहने निजी अभिलासा पुरा हुने सपना देखेर राष्ट्रपति बिध्या भण्डारी मार्फत गराइएको असंबैधानिक गतिबिधी बिरुद्ध आन्दोलनरत पार्टीका नेताहरुलाई खुइल्याउन प्रधामन्त्री ओलीले अचेल फेरि आफु मात्रै राम्रो देखिन जोज्दै उखान तुक्का प्रयोगमा जोड दिएका छन । जनताको तिरोबाट जम्मा हुने राजस्वकोषको रकम हसुरेर आफनो आत्मरति अरौटे भरौटेहरुलाई सुनाउदै खाकार आउन्जेली हाँस्न लगाउनु ओलीको दिनचार्य बनेको छ । राजनीतिक नामको सिद्यान्तबिहीन जमघट गराएर मैमतापन देखाउनु राज्य शक्तिको घोर दुरुपयोग हो । कम्युनिष्टको नाममा ओलीले जे जस्ता क्रियाकलापहरु गर्दैछन र थपडी बजाउने अबसरबादी हनुमानहरु पोस्दै छन यस्ता कामहरु पहिला राजा,राणा र पंन्चेहरुले गर्दथे। सत्ताको आड पाए पछि मान्छे कति सम्म बेइमान र झुठ हुंदो रहेछ भन्ने नेपाली जनताले राम्ररी महसुस गरेका छन । आफुले गल्ति गरें भनेर ओलीले माफि माग्दै संबिधानमाथि भएको कु लाई फिर्ता गरि राजनीतिबाट सन्यास लिएको घोषणा गर्नु पर्छ नत्र जनताले अब तिम्रो कर्कश ध्वनीको तुक्का सुन्नेवाला छैनन । जनताको भावनामाथि खेलवाड गरेर प्राप्त गरें भन्ठानेको बिलासी तमझम संदै रहने छैन ।
आन्दोलनमा रहेका पार्टीका अर्का नेता माधबकुमार नेपालले एउटा टिभी कार्यक्रममा अन्तरबार्ता दिंदा ओलीको तानाशाही प्रबृतिको आलोचना गरे । सो क्रममा नेपालले मरेपछि डुमैराजा भनेर कटाक्ष गरि ओलीको सत्ता दुरुपयोगमाथि प्रहार गर्न खोज्दा उत्पिडित समुदायलाई चोट परयो । जनस्तरबाट उक्त उखान तुक्काको बिरोध उर्लिएपछि नेता नेपालले तुरुन्त माफी मागेका छन ।जनताकोबीचमा रहेका नेपालले जनताकै हैसिंयतले तुरुन्त गल्ती स्वीकार गरे । नेपालको माफि मगाईले उनको उच्चाई घटेको छैन । गल्ति गरेपछि सच्याउनु र सच्चिइनु महनता हो । तर प्रधानमन्त्री ओली आफुले गरेका जनबिरोधी कर्मबारे किन माफि माग्दैनौ ? के तिमी राजा हौ ?
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



