Spread the love


डम्बर सिन्चिउरी
विराट चौक( कुनै पनि अपाङ्गतालाई सञ्चार जगतमा कसरी समावेसी वनाउने भन्ने विषयमा छलछल गर्दै एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
यहि पौष १० गते सम्पन्न उक्त गोष्ठीमा मोरङ्गका १० वटा पालिकाका सञ्चारकर्मीहरुको प्रतिनिधि मुलक सहभागिता रहेको थियो । मोरङ्गको सुन्दरहरैचा नगरपालिका स्थित विराट चौकमा रहेको नेपाल अपाङ्ग महिला संघको प्रदेश कार्यलयमा सम्पन्न गोष्ठीमा लेटाङ्ग,कानेपोखरी,मिक्लाजुङ्ग,सुन्दरहरैंचा,पथरीशनिश्चरे,केराबारी,बुढीगंगा,बेलबारी , ग्रामथान लगायतका पालीकाहरुबाट सञ्चारकर्मीहरुको सहभागितारहेको थियो ।
गोष्ठिमा सञ्चारकर्मीहरुले कुनै पनि अपाङ्गता भएका व्यक्तिहरुका बारेमा समचार लेख्दा, बोल्दा,उनिहरुलाई कसरी सम्बोधन गर्ने साथै समचारमा उनिहरुको भोगाईलाई कसरी उठान गर्ने भन्ने विषयमा छलफल भएको थियो । गोष्ठिमा अपाङ्गताको प्रकार, उनिहरुले पाउने परिचयपत्रको मापदण्ड आदि विषयमा अभिनयात्मक ढंगबाट छलछल गरिएको थियो । अपाङ्गता चार प्रकारको हुने र कस्ता( कस्ता अपाङ्गता भएका व्यक्तिले कस्तो परिचय पत्र पाउँन सक्छन् भन्ने विषयमा समेत विस्तृत छलफल गरिएको थियो ।
सहजकर्ताको भुमिका निर्वाहा गर्नुहुने संघकी प्रदेश एक संयोजक भिमा खतिवडाका अनुसार अपाङ्गता पुर्ण,अति,मध्यम र सामान्य गरी चार प्रकारको हुन्छ । जसमध्ये पुर्ण अपाङ्गता भएका व्यक्तिले रातो , अति अपाङ्गता भएकाले निलो, मध्यमले पँहेलो र सामान्य अपाङ्गता भएकाहरुले सेतो रंगको परिचयपत्रपाउने छन् ।
संयोजक खतिवडा अनुसार कुनै पनि व्यक्तिमा शारीरिक वा मानसिक प्रणालिहरुमा आएको विचलनका कारण अरुको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका
व्यक्तिहरु , पुर्णरुपमा श्रवण दृष्टिविहिन तथा आफैें हलचल गर्न नसक्ने खालका अशक्त भई अपाङ्गता भएका व्यक्तिहरुलाई “क“ वर्गको रातो रंगको परिचय पत्र दिईन्छ ।
यसैगरी निरन्तर अरुको साहारा लिएर मात्र दैनिक आई पर्ने आवागमन , संचार , लेखपढ आदि गर्न सक्ने व्यक्तिहरु,पोलियो या अन्य कारणले शरीरको तल्लो भाग पुर्ण सक्रिय नभएको वा मेरुदण्डमा चोट वा पक्षघात भई वा मांसपेसी विचलन भई कम्मर भन्दा मुनिको भाग चल्न नसकी ह्विलचियरको प्रयोग गर्नु पर्ने अवस्थाका व्यक्तिहरु ,दुवै हातका पाखुरामुनीका अंग नभएका वा नचल्ने , कम्मर भन्दा मुनिका अंग नभएका वा नचल्ने व्यक्तिहरु , दुवै खुट्टा पुर्ण क्रियशिल नभई बैशाखिको प्रयोग गर्ने जस्ता व्यक्तिहरुलाई “ख“ वर्गको निलो रंगको परिचय पत्र दिईने छ ।
साथै कृत्रिम अंगको सहयोग वा सहायक सामाग्रिको प्रयोगबाट दैनिक जीवन आफैं सम्पादन गर्न सक्ने , पोलियो भई घुँडामुनिको अंगमा मात्र प्रभाव परेको , स्वतन्त्ररुपमा हिँडडुल गर्न सक्ने शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरु “ग“ समुको अपाङ्गतामा पर्दछन् । उनिहरुलाई पँहेलो रंगको परिचय पत्र दिईने छ ।
शारीरिकरुपमा सामान्य विचलन भएका तर दैनिक जीवन सम्पादनमा कठिनाई नपर्ने , हात वा खुट्टा केही छोटा भएका , ठूलो अक्षर पढ्न नसक्ने , न्यून दृष्टी भएका व्यक्तिहरु , स्मरण शक्ति ज्यादै कम भई सीकाईमा कठिनाई हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई भने “घ“ वर्गको सेतो रंगको परिचय पत्र दिईने छ ।
हाल सरकारले रातो र निलो रंग भएको कार्ड वहाक अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँछ । जस मध्ये रातो कार्ड बाहाकले मासिक ३ हजार रुपैंया प्राप्त गर्नेछन् भने निलो कार्ड वाहाकले मासिक १ हजार ६ सय रुपैंया प्राप्त गर्छन् ।
आगामी दिनमा सन्चारकर्मीहरुले समचार सम्पादन गर्दा अपाङ्गता भएर पनि सफलता प्राप्त गरेका व्यक्तित्वहरुको कथालाई विशेष जोड दिएर उठान गर्नु पर्ने छ । यसले आगामी दिनमा उनिहरुलाई थप आत्मबल बढ्ने अपेक्षा हामी नेतृत्व पंङ्तिमा रहेर कामगर्नेहरुको रहेको संघकी मोरङ्ग अध्यक्ष रिना आचार्यले बताईन् ।
कार्यक्रम क्ष्ँभ्क्, ग्क्ब्क्ष्म् र नेपाल अपाङ्ग महिला संघ प्रदेश एकको आयोजनामा सम्पन्न भएको थियो ।