Spread the love


pb diyali

आफनै पार्टीको सुबिधाजनक बहुमतको सरकारको नेतृत्व गरेका खडगप्रसाद ओलीले संसद बिघटन गरेका छन । नेकपा पार्टीको तर्फबाट प्रधानमन्त्री भएका ओलीलाई किन सनक चढेको हो? ओली गणतन्त्रका घातक जनताका शत्रु अनि जनआन्दोलनका कटर दुश्मन रहेको पुष्टि भएको छ ।

छविमा समावेश हुनसक्ने: 1 व्यक्ति

राजा फालेर गणतन्त्र ल्याउन भएको १९ दिने जनआन्दोलनको बेला यी ओलीले राजा हटाउन हुंदैन भन्ने मनसायले आन्दोलनकारीलाई खिसी गरि बयलगाडा चढेर अमेरिका पुगिदैन भनेका थिए । जनताले बलिदान दिएर ल्याएको राजनैतिक परिबर्तनका महादुष्ट हुन ओली भनेर जान्दाजान्दै पनि प्रधानमन्त्री बनाइए पछि जनबिरोधी कामको चांङ लाए । पार्टी भित्र कम्युनिष्टको खोल ओडेका माफियामा आर्थिक उमंग थपि दिएर जनतालाई कंगाल बनाउन खोजे । ओली शासनमा भ्रष्टचार ,ब्यपारिक चलखेल,नियुक्ति लगायतका कुरामा राज्य सत्ता र राजनीति लुटाहाहरुकोलागि होकी ?जनताको सेवाकालागि भन्ने प्रश्न हरेक नेपालीको मनमा उब्जिएको छ । संबिधानसभाबाट जनताले चाहेको कुरा के थियो? भोक,रोग,गरिवी,असमानता,छुवाछुत लगायतका यावत बिषयहरुलाई संबोधन गरेर जनताको भावना अनुसार राज्य ब्यबस्था संचालन गर्नु पर्नेमा खडगप्रसाद ओलीले सन्काहा पाराले शासन गरे । दलितका लागि त ओली घोर अनुदार र हैकमी सामन्त जस्ता देखिए। राजतन्त्रको समुल नष्ट गरि जनभावना अनुसार गणतन्त्र ल्याउन र संबिधानसभाको निर्बाचनबाट संबिधान बनाउन भुमिका खेलेको तत्कालीन माओबादीपार्टीसंग एकता गरेर चुनाबजिती सरकारको नेतृत्वकोलागि प्रचण्डसंगको भद्र सहमतीका बाबजुत बरिष्ठ नेता माधव नेपालको प्रस्ताबमा संसदले खटाएका प्रधानमन्त्री ओलीले पार्टी निर्णय नमानेर राजनैतिक बेइमानी गरेका छन । पार्टीले बारम्बार सचेत गराउंदा गराउंदै पनि उनले जनताले छानेर पठाएका जनप्रतिनिधीको थलो मानिने संसद भंग गरेर तानाशाही शासन गर्ने सुर कसेका छन । संसदले नेता छानेर प्रधानमन्त्री बनाउने र त्यस्ता नेताले राम्रो काम नगरे फेरि संसदले उनलाई हटाएर अर्को नेता बनाई प्रधानमन्त्री बनाउने संबिधानमा प्रष्टै छ । त्यो संबिधान बनाउंदा खडग ओली पनि आफै हस्ताक्षेर गर्ने मान्छे हुन । ताक परे तिवारी नत्र गोतामे भन्ने उखान झैं खडग ओली जुनबेला जे अबस्था आंउछ त्यसको लागि आफनो हित हुन्छ भने बेइमान गर्ने,सडयन्त्र गरेर अरुलाई पछार्ने शासन सत्ता हातमा भएपछि दुरुपयोग गरेर मनखुशि चल्ने गरेका छन । अहिलेको लोकतान्त्रिक परिपाटीमा ब्यक्तिको मनखुशिले राज्य चलाउन खोज्नु आफुलाई सर्वेसर्बा ठानी राजा बन्न खोज्नु हो । यस्तो सोच भएका ओलीलाई जनताले भष्म बनाउनु पर्छ । उनको राजशी ठांटले चल्ने प्रबृतीलाई केही आसेपासे र सुबिधाभोगिहरुले साथ दिए पनि तमाम नेपाली जनताले उनलाई बहिष्कार गरेका छन । भंग गरेको संसद फिर्ता हुनु पर्छ । ओली र उनका मतियारहरुले अहिले शासन सत्तालाई आफनै बाउको सम्पती ठानेर जथाभाबि प्रयोग गरि रहेका छन । जनताले तिरेको करबाट जम्मा भएको राजस्वबाट तलब भत्ता खाएर बिधि पद्धती लत्याई रहेका भाँडहरुले जनतालाई भ्रम छरि रहेका छन। नेकपाको बहुमत सदस्यले ओलीलाई कार्बाही गरेर निकाली सकेपछि पनि राज्यको सारा संयन्त्रलाई कब्जामा लिएर मैमता बनेका ओलीसंग एकरती लाजघिन छैन । जनताले नरुचाएपछि छाडेर खुरुक्क आफनो थान्कामा बस्न छोडेर ओली ममैमता हुंदै सारादेशको हर्ताकर्ता हुन खोज्छन र बिधीपद्धती छोडेर आफनो परिवारको जस्तै रजाई गर्छन भने जनताले सडकबाट घिसारेर ओलीलाई आगो लाउने छन । यो कुराको ख्याल गर ओली र उनका हलीगोठालाहरु ।