Spread the love

 
 इटहरी
    यसोदा परियारबाट
  प्रहरी टोलीले अकास्मत चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरी उपमहानगरपालिका वार्ड नं. ६, ९ र १३ बाट अवैध लागुऔषध प्लानिकल १०० एमएलको३० बोतल,  ल्क्ष्त्च्ब्ख्भ्त्(ज्ञण् लेखिएको १६५०ट्याब्लेट, कउबकउबष्ल २४० क्याप्सुल , बिभिन्न कंपनीको ६ थान। मोबायल , नेपाली नगद रु८हजार पैतिस सहित भारत दरभंगा घर भएको हाल सुनसरी जिल्ला दुहवी न.पा.वडा नं. ६ मा डेरमा बस्दै आएको २७ वर्षिय ओम प्रकास यादव, मोरङ जिल्ला जदाहा गा.पा. वडा नं. ४मा बस्ने उमेर नखुलाइएको उमेश कुमार मण्डल, सुनसरी जिल्ला इटहरी उ.म.न.पा. वड नं. ८ विपि चोकमा बस्ने उमेर नखुलाइएको सनम बस्नेत, सुनसरी जिल्ला इटहरी उ.म.न.पा. वडा नं. १२ खनारमा बस्ने उमेर नखुलाइएको सागर काफ्लेलाई प्रहरीले पक्राउ गरेको बताए । साथै अमर सरदार र प्रकाश सरदारलाई ओम प्रकाश यादवसँग लागु औषध किन्न आएको अबस्थामा पक्राउ गरेको   जिल्ला प्रहरी कार्यालय सुनसरीले पठाएको इमेलमा उल्लेख छ । पक्राउ गरिएकोहरुको थप अनुसन्धान भईरको प्रहरीले बताएको छ ।