Spread the love
  इटहरी 
  यसोदा परियार
 इटहरी ५ खाद्य गोदाम स्थित पुर्व पश्चिम लोकमार्ग पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको को ३५ प ६३७९ नं. को मोटरसाईकललाई विपरित दिशाबाट जाने क्रममा अचानक युटर्न गरेको को १ ज १४३८ नं. को म्याजिक भेनले ठक्कर दिदा मोटरसाईकल पछाडी सवार गर्भवती महिला जिल्ला मोरङ बेलबारी बाहुनी बस्ने २२।२५ वर्षिया यसोदा अधिकारी गम्भिर घाईते भई एपेक्स हस्पिटल इटहरी लगि थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको प्रहरीले बताएको छ  । 
  जिल्ला सुनसरी दुहवी ९ बस्ने ३३ वर्षिय भेन चालक गोपिकृष्ण भट्टराई सहित मोटरसाइकल र म्याजिक भेन प्रहरीको कार्यालयको नियन्त्रणमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ । 
   यसैगरी विराटनगर—९ न्यूरो अस्पताल पछाडि ख्क्ष्ए मार्ग स्थित भित्रि पक्कि सडक खण्डमा दक्षिणबाट उतरतर्फ जादै गरेको बा ८३ प ५०१३ नं. को मोटरसाइकल अनियन्त्रित भई सडकमा हिंडिरहेको पैदलयात्री बुढिगंगा गा.पा.—३ बस्ने २१ व्र्षिय संजय राजबशीको टाउकोमा चोट लागेकाले उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएको छ । 
 साथै मोटरसाइकल चालकलाई मोटरसाइकल सहित जिट्राप्रका मोरङको नियन्त्रणमा रहेको बताइएको छ 
 । यसैगरी रंगेली न.पा—९ धर्मशाला टोल स्थित रंगेली कानेपोखरी भित्री पक्कि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३१ प ४०४७ नं. मोटरसाइकलले पैदल यात्री सोही ठाउँ बस्ने ५० वर्षिया रुप्सना खातुनलाई ठक्कर दिदाँ सामान्य घाईते भएकीले उपचारको लागि रंगेली अस्पताल पठाएको प्रहरी रिपोर्टमा उल्लेख छ  । सो मोटरसाईकल इप्रका रंगेलीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ  । साथै ठक्कर दिने मोटरसाइकल चालक सोही ठाउं बस्ने प्रकाश साह उपचारमा संलग्न रहेको बताइएको छ । यसैगरी कटहरी गा.पा. स्थित रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको को. २ ह २८७३ नं. को अटो आफै अनियन्त्रित हुँदा दुर्घटना भई अटोमा सवार गर्ने मोरङ जिल्ला विराटनगर म.न.पा. बस्ने २६ वर्षिय अजय राम, सोही ठाउँ बस्ने ५५ वर्षिया विष्णुदेवी राम , २१ व्र्षिया गुडिया राम , ७ वर्षिया सन्ध्या कुमारी राम र १९ महिनाकी रुद्रायानी सामान्य घाइते भएकाले उपचारको लागि कोशी अस्पताल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मारंगले बताएको छ । अटो चालक धनपालथान गा.पा. ३ बस्ने १७ वर्षिय सानु कुमार राम घाइतेको उपचारमा संलग्न भएको र सो अटो जिप्रका मोरङको नियन्त्रणमा रहेकोे छ । 
    यसैगरी इटहरी २ स्थित कोशी लोकमार्गमा बाटो क्रस गर्दै गरेको अबस्थामा प्रदेश १—०२—०४१ प ९९२९ नं. को स्कुटरलाई उत्तरतर्फ जादै गरेको ना ३ ख ४७७ नं.को ट्रकले ठक्कर दिंदा सोही ठाउँ बस्ने ५५ वर्षिय स्कुटर चालक  मदन धमला गम्भिर घाईते भएकोले उपचारको लागि धरान घोपा पठाइएको ईलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । 
   दुबै सवारी साधन र  धनकुटा जिल्लाको भिरगाउ १ बस्ने ४६वर्षिय ट्रक चालक पुर्ण बहादुर तामाङलाई समेत प्रहरीचौकी तरहरा नियन्त्रणमा लिएको छ ।
  यसैगरी बेलका न पा ८ सेति खोला स्थित मदन भण्डारी सडक खण्डमा सोही बस्ने सुनिता राइर्ले चराउन ल्याएको दुई वटा पाडाले बाटो काट्ने क्रममाको २ ह ५१४ नं.को अटोले पाडालाई ठक्कर दिंदा  घटना स्थलमा नै मृत्यु भएको छ ।
 सोही अटोमा सवार त्यही ठाउँ बस्ने २७ वर्षिया सुजता मग्राति घाईते भएकोले उपचारको लागि सेतिखोला स्थित स्थानिय मेडिकल पठाएको इ.प्र.का.रामपुर बेलकाले जानकारी दिएको छ  । सुनसरी जिल्ला बराहक्षेत्र न.पा. २ बस्ने २७ वर्षिय अटो चालक बिकि राई र अटो ई.प्र.का. रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।   

धरान उपमहानगरपालिका १३ शिवधरामा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्र.१०२०४१ प ६२८३ नं.को मोटरसाइकल र विपरित दिशाबाट जादैँ गरेको को १ च ८१३७ नं.को नेपाल टेलिकमको बोलेरो एक आपसमा ठोकिएर दुुर्घटना हुदाँ मोटरसाइकल चालक  जिल्ला धनकुटा ७ बस्ने २७ वर्षिय  दिपेन शाक्य र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २३ वर्षिय धिरज थापा मगर समेत सामान्य घाईते भएकाले उपचारका लागि विजयपुर अस्पताल धरानमा पठाईएको धरान प्रहरीले जानकारी दिएको छ । साथै २ ओटै सवारी साधन अ.प्र.पोष्ट अमरहाटको  नियन्त्रणमा  रहेको छ । बोलेरो चालकलाई  इप्रका धरानले नियन्त्रणमा लिएको छ । यसैगरी सुनबर्सी नगरपालिका ४ गान्धि आश्रम नजिकै भित्री कच्चि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को २६ प १५५४ नं.को मोटरसाइकलले सोही बस्ने सुरेन्द्र मेहेताकी ४ वर्षिया कुमारी मेहेता  घर नजिकै बोटामा खेलिरहेको अवस्थामा मोटरसाईकलले पछाडिबाट ठक्कर दिइृ सवारी दुर्घटना हुदाँ उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेकाले उपचारको लागि टाइृम्स असपताल रंगेलीमा पठाएको मोटरसाइकल चालक सोही सुनवर्सी नगरपालिका २ बस्ने २८ वर्षिय लक्ष्मण यादव उपचारमा संलग्न रहेको प्रहरीले बताए । साथै सो सवारी साधन इप्रका रंगेलीकोे नियन्त्रणमा रहेको बताइएको छ  । यसैगरी माध्यदुधकोशी गाउँपालिका ५ सल्लेरी खरीखोला कच्ची सडक खण्डमा प्रदेश ३१०२२ च ३४७१ नं. को बोलेरो ट्रनिङमा ब्याक गर्दा अनियन्त्रीत भई सडकबाट अं ४ मिटर तल खसी दुर्घटना हुदाँ बोलेरोमा सवार सोही ठाउँ  खुम्बु पाशाङलामु गा.पा २बसोबास गर्ने ३६ वर्षियको व्यक्तिको टाउको घुडा र ढाडमा चोट लगेको छ साथै सोही बोलेरोमा सवार सोही ठाउँ बस्ने ४१ वर्षिय   लाल ब.श्रेष्ठको दाहिने हातमा चोट लगेकोले उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी लुक्का पठाइएको देश ट्राफिक प्रहरी इटहरीले जानकारी दिइएको छ । साथै चालकलाई प्रहरी चौकी काकु सोलुको नियन्त्रणमा छ ।
   यसैगरी बिराटनगर महानगरपालिका १३ स्थित पक्कि कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको प्र १०२०४२ प. ९६४२ मोटरसाईकलले पैदल यात्री जिल्ला सप्तरी राजविराज घर भई जिल्ला मोरङ बिराटनगर महानगरपालिका १३ बस्ने वर्ष ६१ की शान्ति देवी देवलाई ठक्कर दिई भएको सवारी दुर्घटनामा पैदल यात्रीको टाउकोमा चोट लागि घाइते भएकोले उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएको प्रहरीले जानकारी दिएको छ ।
  उपचारको क्रममा सो व्यक्तिको मृत्यु भएको प्रहरी बताए । मोटरसाइकल र मोटरसाईकल चालक जिल्ला मोरङ विराटनगर कटहरी गा.पा. १ बस्ने ३० वर्षिय बीर बहादुर राई जिप्रका विराटनगरको नियन्त्रणमा भएको प्रहरीले बताएको छ । यसैगरी कोशी गा. पा. ३ जमुना चोक स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबमट पुर्व आउँदै गरेको बा १७ च ४३५५ नं. को पिकअपले सोही दिशातर्फ आउँदै गरेको को ३० प ४८७० नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सुनसरी जिल्ला रामधुनी १ बस्ने ४५वर्षिय प्रेम कुमार झा र मोटरसाइकलको पछाडी सवार उसैसँग श्रीमती ४० वर्षिया बन्दना झाको दुबै हात खुट््टामा सामान्य चोट लागेकोले उपचारको लागि सोही मोटरसाईकलमा विराट नर्सिङहोममा लगिएको प्रहरीले जानकारी दिएको छ । विराटनगरतर्फ गएको पिकअप र पिकअप चालक धादिङ जिल्ला थार्के गा.पा.३ मा बस्ने ३० वर्षियको राकेश तामाङलाई इप्रका लैकहीले नियन्त्रणमा लिएको छ । यसैगरी धरान १३ स्थित कोशिलोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३७ प ७८१७ नं. को मोटरसाईकलले पैदल यात्री सोही ठाउँ बस्ने ६० वर्षिया सिता कुमारी राईलाई ठक्कर दिँदा खुट्टामा चोट सामान्य घाईते भएकाले उपचारका लागि धरान घोपा पठाईएको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल चालक तत्काल फरार भएकोले खोजी कार्य भईरहेको  र सो मोटरसाइकल अ.प.्रपोष्ट अमरहाटको नियन्त्रणमा रहेको छ । 
    यसैगरि उर्लाबारी न.पा.७ महालक्ष्मी पेट्रोल पम्प स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्व आउदै गरेको को.१ख ७८७१नं.को बसले सोही ठाउँ बस्ने ८० वर्षिय सरध्वज मिश्रलाई ठक्कर दिदाँ सामान्य घाइते भई उपचारको लागी गोदावारी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले बताएको छ । बस चालक सोही ठाउँ बस्ने ५१ वर्षिय सन्तोष गौतम उपचार संलग्न रहेको बताइएको छ । साथै बसलाई ई.प्र.का.उर्लाबारीले नियन्त्रणमा लिएको छ । यसैगरी बेलका न.पा. ५ सुपाडे स्थित मदन भण्डारी सडक खण्डमा रामपुरबाट गाईघाट जादैगरेको स १ज३९७० नं.को म्याजिकमा चढ्ने क्रममा म्याजिकबाट लडी बेलका नपा बस्ने १५ वर्षिय अशोक खत्री र सोही ठाउँ बस्ने १२ वर्षिय हरी खत्रीको सामान्य घाइते भएको र उपचारको लागी घोपा पठाइएको इप्रकाले जानकारी दिइएको छ । साथै म्याजिक र सो चालकलाई ईप्रका रामपुर ठोक्सीलाले नियन्त्रण लिइएको छ । यसैगरी विराटनगर १२ मङ्गलबारे स्थित भित्रि सडक खण्डमा जोगबनीबाट विराटनगर तर्फ आउँदै गरेको को.२ ह५८८४न.ंको अटो टेम्पो अनियन्त्रित भई दुर्घटना हुदाँ टेम्पोमा बस्ने जिल्ला भारतको अररिया बस्ने ४५ वर्षियको मलगुब मोहमत , सोही ठाउँ बस्ने ४१ व्र्षिय गोपाल शर्मा र सोहीठाउँ बस्ने ५२ वर्षिय शम्भु शर्मा समेत सामान्य घाइते भएकाले ३ जनालाई नै उपचारका लागि कोशी अस्पताल पठाइएको इप्रकाले बताएको छ र अटो टेम्पो सहित सो चालकलाई प्रहरी चौकी बखरीको नियन्त्रणमा दिएको छ । 

रंगेली न.पा. ६ साहु टोल स्थित रंगेली डाईनिया सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को १५ प ५ ६३० नं.को मोटरसाईकलले बाटोमा गरेको सोही ठाउँ बस्ने बैजु गिरीको ९ वर्षिया कृष्ण गिरीलाई ठक्कर दिई भएको सवारी दुर्घटनामा घाईते भएको उपचारको लागी रंगेली अस्पताल पठाएको घाईतेको बायाँ खुट्टामा चोट अवस्था सामान्य मोटरसाईकल चालक जिल्ला मोरङ सुनवर्षी नगरपालिका ९ बस्ने ३३ वर्षिय भजन लाल सिहं उपचारमा सम्लग्न रहेको प्रहरीले बताएको छ ।