Spread the love


सम्पादकीय
सात सय ५८वटा स्थानीय तह रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जनताको आधारभुत स्वास्थ्य तर्फ ध्यान दिएको भन्दै नेकपाको खडग ओली नेतृत्वको सरकारले हालै ३सय ९ पालिका समेटने गरि अस्पताल भवनको शिलन्यास गरेको छ । भ्रष्ट्रचारमा लिप्त रहेको ट्रान्सपरेन्सी इण्टरनेशनलको आरोप सार्बजानिक हुनु अगाबै नेकपाका अर्का अध्यक्ष लगायत सचिवालयको बहुमतले ओली सरकार भ्रष्ट्रहरुको संरक्षक रहेको भन्दै सरकारबाट मात्र होइन पार्टीबाट पनि ओलीलाई हटाउन प्रयास गरिरहेको बेला हतारहतार अस्पताल भवन शिलन्यासको झयाली पिटाइएको छ । जनतालाई स्वास्थ्य सेवा दिन संबिधानमै ब्यबस्था छ । संबिधान जारि भएको मितिबाट अहिले सम्म जनताको स्वास्थ्य मात्र होइन सारा कुरामा कुनै ध्यान थिएन । १सय १२ प्रकारका औसधी निशुल्क दिने भन्ने सरकारको धेरै अघिदेखिको ब्यबस्था पनि ब्यबहारिक रुपमा जनताले प्रयोग गरेको अबस्था छैन । औषधी लिन नजिकको स्वास्थ्य चौकी जाँदा जनतालाई कर्मचारीहरुले झर्को र फर्को गदै औषधी छैन भनेर रित्तै पठाउंछन । कसैकसैलाई केही सामान्य कम दामका औषधीहरु दिए पनि महंगा पर्ने खालकालाई अन्तै किन्नु पर्छ भन्ने गरेका छन । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम पनि जनता ठग्ने किसिमको छ । तोकिएको अस्पताल जाँला बिरामी सेवाग्राहीले मंहंगो पर्ने खालको औषधी अन्तै किन्न बाध्य हुनु पर्छ । यो बिमा भित्र पर्दैन भनेर औषधी बिक्रेताले झर्को र फर्को गर्न थालेपछि बाध्य भएर दवाइ किन्नै पर्छ । अहिले सरकारले अस्पताल शिलन्यास गर्ने डंका पिटाउंदै ३ सय ९ वटा पालिकामा काम थालेको हल्ला गर्दै छ । जनताले अकालमा ज्यान फाल्नुबाट जोगिन गाउंघर टोल नजिक सरकारी स्वास्थ्य सेवा पाउनु एकदमै राम्रो कुरा हो । तर सरकारको सेवा अन्तर्गतका पूर्ब गतिबिधीहरु आंकलन गर्दा यो अभियान सस्तो लोकप्रियताकोलागि होकी जस्तो देखिन्छ । अस्पताल बनाउने नाममा आफना पार्टीका कार्यकर्तालाई ठेक्का दिने कमिशन खाने,कम्जोर संरचना बनाउने खेलमा सम्बधिन्त निकायले ख्याल गरोस । जनता रोगबाट ग्रस्त छन । निजी अस्पतालमा गएर उपचार गर्ने औकात नभएका गरिव जनतालाई आँखामा छारो हान्ने जसरी काम भएमा अस्पताल शिलन्यासको डंका पिटाई निरर्थक हुने छ । कोरोनाको संक्रमणको बाहाना बनाएर सरकारको नेतृत्व गरेको मन्त्रीले औषधी उपकरण खरिदमा ठाडै घोटला गरेको प्रमाण हुंदा पनि प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर भ्रष्ट्रचारीलाई काखिच्यापेका छन । जनता ओली सरकारमात्र होइन सिंगो नेकपासंग रिसाएको अबस्था छ । ओलीका कारण जनताले बिश्वास गरेको भनिएको कम्युनिष्ट पार्टी प्रति बितृष्णा जागि रहेको बेला देशैभरि हल्ला गरेर जनताको लागि अस्पताल शिलन्यास गरिएको छ । सो बजेटको सदुपयोग होस जनताले आधारभुतसेवा पाउन सकुन ।