कम्युनिष्टको पतन निम्त्यांदै ओली शासन
pb diyali
सानो र निम्छरो कार्यकर्ताले सानो गल्ती गरेको भन्ने आरोप लाग्ने साथ यस्तो र उस्तो भन्दै जिन्द्गगीभर देख्न नसक्ने कथित कम्युनिस्टहरुले खडग ओलीको सन्दर्भमा के गर्लान ? पार्टी निर्णय नमान्ने ,यस्तो र उस्तो कदम चालेर देखाइ दिन्छु।मलाइ छोएर त हेर भन्ने ओलीले आत्म आलोचना गर्नु पर्छ कि पर्दैन? धेरै पटक भो यिनले यस्तो गैर जिम्मेवार अनि दुष्ट खाले बोली बोलेको र पनि यिनलाई कुनै कार्बाही सार्बाही केही गर्दैनन किन? ठुलाबडाले चाहिँ पार्टी विधि पद्द्तीमाथी सामन्ती चरित्रले लात बजार्दै मन खुसी बोल्दा छुट हुने हो भने ने क पा नामको पार्टी कुनै हालतमा कम्युनिस्ट होइन।कम्युनिस्ट्ले साना र गरिब दुखीलाई मह्त्व दिनु पर्नेमा उल्टै सिद्याउने तर ओली स्तरका ठुला बडालाइ केही न गर्ने यो जनता प्रतीको बैमान हो।कम्युनिस्टको बदनाम गर्दै सत्ता समातेर लुट्ने काइदा हो । ओली प्रधानमन्त्री भएको नेपाल सरकार कम्युनिष्टको नामबाट चुनावमा अलि बडी मत ल्याएर बनेको हो । नेपाल कम्युनिष्ट पार्टी नाम राखेर तत्कालीन माओवादी पार्टी र एमालेले एकता गरेका थिए। कम्युनिष्टले सबैखाले समस्या हल गरेर जनतालाई सुख्ख दिन्छ भन्ने द्येय पालेका नेपाली जनताको मन ओली अत्याचार देखि मर्न थालेको छ । ओलीराजले कोरोना भाइरसबाट संक्रमितलाई गर्नु पर्ने निशुल्क उपचार गरेन । सर्बोच्च अदालत समेतको आदेश नमानेर रोगीलाई उपचार गर्दिन भन्नु कम्युनिष्टको अपराधिक कर्म हो । खान नपार दुख पाएकाहरुलाई केही मनकारीहरुले काठमाण्डौमा सार्बजानिक ठाउंमा भात पकाएर खुवाउंदै थिए ओली सत्ताले त्यो कार्य रोक्न लायो । काठमाण्डौ सहरको बेइज्जत भो भनेर महानगरका मेयर मार्फत ओलीले खान दिन रोक्ने आदेश दिए। भोका जनतालाई आफै खर्च गरेर दुख्ख पीडामा साथ दिनु पर्नेमा कम्युनिष्ट सरकार भनिने ओली शासनले उल्टै गरिबको गाँस खोसिदियो । कोरोनाको नाममा औषधी ल्याउंदा देखादेखि दलाली गरेर आफनो फाइदाको लागि ओम्नी नामको कम्पनी अघि सार्ने ओलीका बिश्वासिला उपप्रधान मन्त्री इश्वर पोखरेल,सेक्युरिटी प्रेस किन्दा अरव खान खोज्ने तत्कालिन संचार मन्त्री गोकुल बास्कोटा लगायतका मान्छेहरुको मुद्धालाई ढिसमिस गर्न ओली आफै लागि परे। पर्टी नीति मिचेर सरकार चलाउने ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डको अधिकारमाथि धावा बोल्दै मनपरि गर्दै छन । स्थायी समितिको मिटिंगमा पनि नजाने निर्णय पनि नमान्ने भनेर ठाडै अराजकता मच्चाई रहेका छन । भारतले मिचेको सिमाबारे सुरुमा ठूलै कुरा गरि ओलीले राष्ट्रियताको जामा लाउन खोजे । अहिले भारतको र नामको गुप्तचर प्रमुख सामन्त गोयललाई सरासर आफनो किचनमा ल्याई भारतसामु लम्पसार भए । पार्टीका कसैलाई पनि सोधेनन । यो नेपाल ओलीको बिर्ता होइन नी ? तिनको ससुरालीले दिएको उपहार पनि होइन । परिवर्तनकोलागि ज्यानको बलि दिने नेपाली सहिद र शोसित पीडित जनताले लडेर ल्याएको गणतन्त्र हो यो । ओलीले आफनो मनखुसि गर्न पाउंदैनन। कम्युनिष्टको कुनै पनि आचारसंहितासंग नमिल्ने क्रियाकलाप गरिरहेका ओलीलाई सत्ताबाट छिटो हटाए मात्र कम्युनिष्टको बचेखचेको इज्जत अरु केही समय रहला नत्र यो पाराको ओली शानले कम्युनिष्टको बद्यनाम हुंदैछ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


