Spread the love

हाम्रो संचार डट्कमका पूर्व प्रधान संम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको छ ।

सिवाको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो । केही दिन पहिला उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

करिब ३५ वर्षको उमेरमै उहाँको निधन भएको छ । कोरोना पुष्टि भएपछि सिवा होम आइसोलेशनमा बस्दै आएनु भएको थियो । कोरोना संक्रमणको गम्भीर लक्षण देखा परेपछि सिवालाई साँस फेर्न गाह्रो भयो । हातखुट्टा काम्न थाले । यस्तो अवस्थामा मृत्यु हुने दिन बिहानै हाम्रो सञ्चार डट कम का संचालक प्रदीप नेपालीलाई सिवाले मोबाइब मेसेजमा मलाई गाह्रो भयो । अस्पताल लैजाने व्यवस्था मिलाउनु पर्याे भनि हात कमाउदै मेसेज गरेका थिए । तर संचालक नेपालीले गाउँमा दशैं मनाउन गएको अवस्था भएकाले त्यो मेसेज हिजो बेलुका मात्रै थाहा पाएको पहिलो सन्देशलाई बताउनु भयो । मृतक सिवालाई कुनै दीर्घ रोग थिएन ।

उनले हाम्रो संचार डट्कमको स्थापना कालदेखि नै प्रमुख भूमिकामा रहँदै अनवरत योगदान गर्दै आउनु भएको थियो ।

पत्रकारिताकै क्रममा सूचना तथा समाचार संकलन, सम्प्रेषण गर्दा उच्च सतर्कता अपनाउनुपर्ने अनिवार्यतालाई कोही पत्रकारले उपेक्षा नगरेको अवस्थामा मात्र कोरोना जस्तो घातक वायरसबाट सुरक्षा प्राप्त हुनसक्नेतर्फ सबैको ध्यान जानु आवश्यक छ ।

कोरोनालाई हल्का रुपमा लिनुनै दुर्घटनाको शिलान्यास हुनसक्छ । सबैले हेक्का राख्नु जरुरी छ । व्यक्ति सुरक्षित रहे समाज सुरक्षित हुन्छ । सतर्कता अपनाऔं, समाज बचाऔं ।

पूर्व प्रधानसंम्पादक निधन प्रति हाम्रो संचार डट्कम परिवारले गहिरो दुख व्यक्त गर्दै यस दुखद घडीमा उहाँको परिवामा धैर्यधारण गर्ने शक्ति मिलोस भनि कामना समेत गरेको छ ।
यस्तै दलित नेता भिमलाल गहतराजको पनि कोरोना रोगले देहबसान भएको छ।मोरङ उर्लाबारी निबासी गहतराज नेपाली काङ्रेस पार्टीको भात्री सस्था नेपाल दलित सङ्को केन्दृय सद्स्य हुनु हुन्थ्यो।उहाको निधनले पुर्ब मा दलित आन्दोलनलाई निक्कै नै असर परेको उहाका शुभचिन्तकहरुको भनाइ छ।दलित नेता हरि दियालिले बिर्तामोडबाट आफ्नो फेसबुकमा लेखेका छ्न ।हाम्रा नेता गहतराजको निधनले सिङो पार्टी मर्महात भएको छ।