कोबिड बिजेता पत्रकारलाई प्रेस युनियनले घरमै टक्रयायो टोकन मनि

इटहरी
सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो । कोरोना लागेका सुनसरीका २० जना पत्रकारहरुलाई घरमै गएर दश हजार रुपैँया हस्तान्तरण गरिएको हो ।
‘बीमा गरेको रकम भुक्तानी हुनका लागि केही समय लाग्ने भएका कारण हामीले अहिले दुई लाख रुपैँया ऋण काढेर दश–दश हजार रुपैँया हस्तान्तरण गरेका हौँ,’ अधिकारीले भने, ‘अहिले दशैँको समयमा मिडिया हाउसले पनि तलव दिन नसकिरहेको अवस्थामा तत्कालको खर्चका लागि भनेर सो रकम घरमै गएर सहयोग गरेका हौँ ।’
उनले पछि बीमा बापतको आएको एक लाखबाट दश हजार कटाएर ९० हजार रुपैँया दिने बताउँदै तत्कालको बिषम् परिस्थितिमा उक्त रकमले घरखर्च जोहो हुने हिसाबमा युनियनले रकम दिएको बताए ।
सुनसरीको इटहरी, धरान, दुहवी लगायतका क्षेत्रमा रहेका २० जना पत्रकारहरुलाई दश हजारका दरले दुई लाख रुपैँया दिईएको उनको भनाई थियो । अधिकारीले भने, ‘हामीले अहिलेको परिस्थितिमा पत्रकारको घरमै गएर यो रकम दिईएको हो, यतिबेला अफ्ट्यारो परेको समयमा हामीले यो रकम दिदाँ पत्रकारहरुका लागि केही भएपनि रकम खर्च होस् भन्ने उदेश्यले यो रकम दिएका छौँ ।’
कोरोना पीडित धरानका सक्रिय पत्रकार केदार बस्नेतले भने युनियनले यो समयमा सहयोग गर्नु प्रशंसनीय काम रहेको बताए । उनले भने, ‘समस्याका बाबजुद पनि प्रेस जगतमा काम गर्नेहरुले न्यूनतम पारिश्रमिक समेत नपाईरहेको अवस्थामा पत्रकारको संरक्षणका लागि युनियनले चालेको कदम उदाहरणीय छ ।’ श्रमजीवि पत्रकारहरुले न्यूनतम रकम समेत नपाएको अवस्थामा उक्त रकम दिनु उदाहरणीय काम रहेको बताए ।
दुहवीका पत्रकार आशिष यादवले युनियन सुनसरीले अहिले समस्या भईरहेको समयमा दश हजार रुपैँया दिनु सराहनीय काम रहेको उल्लेख गरे । यादवले भने, ‘अहिलेको कठीन समयमा पाएको यो रकमले ठूलो राहत भएको महसुस भएको छ ।’
यसअघि प्रेस युनियन सुनसरीले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालन गरेको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



