कर्मचारी संचय कोषको नयाँ शाखाबाट कार्यारम्भ
कर्मचारी सञ्चय कोषले जनकपुरको पेठीया बजारस्थित आफ्नो शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको छ । सेवा प्रारम्भको उद्घाटन यही जेष्ठ २१ गते कोषका प्रशासक तुलसीप्रसाद गौतमले गर्नु भएको थियो ।
जनकपुर शाखा कार्यालयले सिरहा, सप्तरी धनुषा, महोत्तरी, उदयपुर, सर्लाही, सिन्धुली, ओखलढुँगा तथा उपयुक्तता र सहजताको आधारमा आसपासका अन्य जिल्लाहरुका सञ्चयकर्ताहरुलाई समेत सेवा प्रवाह गर्ने छ ।
शाखा कार्यालयबाट त्यस भेगका लगभग एक लाख सञ्चयकर्ता लाभान्वित हुन सक्ने कोषको अनुमान छ ।
शाखा कार्यालयबाट विशेषतः विशेष सापटी भुक्तानी, परिचय पत्र समर्थन, फाँटवारी सँकलन लगायत सञ्चयकर्तासँग सम्बन्धित अन्य सेवा समेत प्राप्त हुने प्रशासक गौतमले बताउनु भयो ।
कोषले घर सापटी, शैक्षिक सापटी र सरलचक्र कर्जा जस्ता ऋण सुविधा र सामाजिक सुरक्षण अन्तर्गत दुर्घटना क्षतिपूर्ति, सुत्केरी स्याहार, काजक्रिया अनुदान र औषधि उपचार जस्ता सुविधा सञ्चयकर्तालाई प्रदान गर्दै आएको छ ।
सामाजिक सुरक्षणको क्षेत्रमा अग्रणी मानिएको कर्मचारी सञ्चय कोषले जनकपुर सहित सातै प्रदेशमा शाखा कार्यालय मार्फत आफ्नो सेवा प्रवाह गर्दै आएको छ । हाल कोषमा ५ लाख ५० हजार सञ्चयकर्ता सदश्य रहेका छन्, भने आ.व. २०७३/०७४ सम्म कोषले २ खर्व २५ अर्व रुपैयाँ बराबरको स्रोत परिचालन गर्दै आएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


