Spread the love


pb diyali

सरकारले कोबिड१९(कोरोना) रोगको महामारीबाट पीडितलाई निशुल्क उपचार नगर्ने जनबिरोधी कुरा गरेको छ । संबिधानमा स्पष्ट लेखेको आधारभुत उपचार निशुल्क गर्ने राज्यको दायित्वलाई ओली सरकारले उंलघन गरि जनपिराहा काम गरेकोमा सर्बत्र बिरोध भएको छ । सुरु सूररुमा कोरोना रोगको महामारी भित्रदाको समयमा सरकारले डाँडै थर्काएर भन्यो रोगिलाई लाग्ने उपचार खर्च सबै सरकारले ब्यहोर्छ । तर अहिले पनि त्यही सरकारका तिनै मन्त्रि भन्दै छन । सरकारले उपचार गर्दैन आफै गर्नु । दुई तिहाई नजिकको बलशाली कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी आलीलाई लाज पनि लाग्नु पर्ने हो । यस्तो अलोकप्रिय निर्णय गर्न । उनी आफै निकै चोटी बिरामी भएर राज्यको पैसा खर्च गर्दै बिदेशमा उपचार गरेर बाँचेका मान्छे हुन । अहिले पनि बिदेशी दवाई मात्र होइन खानपानका सबै आधारभुत चिजहरु राज्यकै पैसाबाट खाई रहेका छन । लोककल्याणकारी समाजबाद उन्मुख भन्ने नारा दिएर कम्युनिष्ट भन्दै जनता झुक्यार सत्तामा पुगे
क ओली सिंगो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पनि हुन । कम्युनिष्ट भन्ने बितिक्कै जनताकोलागि राम्रो काम गर्ने भन्ने भाव पस्एिको पार्टीनै बद्नाम हुनेगरि यो सरकारले जेजे गतिबिधी गर्दैछ ती सब जनताप्रति गद्यारी हो । जनताले आसा र भरोसा गरि कठोर जिन्दगी सहेर हजारौं बीर सहिद ,घाइते,जेल,मारपिट अपमान दुख्ख पिडा सहेर ल्याएको गणतन्त्र धोक्का साबित हुंदै छ । सर्बहाराको नाम लिएर सत्तामा पुगेका ब्यक्तिबिषेशले यस्तो कुसाशनको नमुना योग्य कामहरु दोहोरयाउंदै गरेको सृंखला बढेको बढेकै छ । नाता,गोता,आसेपासे,भाइ,भतिज,भान्जाभान्जी,संम्दी,सासु ससुराहरुलाई खोजीखोजी पद भिडाउने र राज्यको पैसामा रजाईं गर्न उनीहरुले एक समय आफनो दुश्मन घोषणा गरेको पार्टी कांग्रेसलाई समेत उछिनी सकेका छन । राज्यको सेवासुबिधा लिन देखि लिएर अरर्बौका ठेक्कापटटामा कमिशन दलाली गर्ने कम्युनिष्ट नामको ओली सरकारले यस्तो महामारीको बेला कारोना उपचार निशुल्क नगर्ने जुन कुरो गरेको छ । त्यो खेदजन्य र भर्तसना योग्य कुरो हो । जनताको दुख्खपीडामा निर्दयी कुरा गर्ने शासक चाहिदैन । जनता यस्तै भन्दै छन । क्रान्तिमा होमिएर जनताकोलागि यस्तो र उस्तो संघर्ष गरें भन्ने नेताहरु यहि पार्टीमा अझै जिंदै छन । हेरुं ओलीको जनपिराहा कामकुराको बिरोध गरि सच्चिन भन्छनकी नाई ?