प्रहरीकै संरक्षणमा सुनसरीमा तस्करीको लाइन सञ्चालन

देवानगंज
कोरोना महामारी सुरु भएपछि नेपाल–भारत सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरी मानवीय गतिविधि बन्द गरेको बेला सीमासँग जोडिएका सुनसरीका सडकहरु तस्करीका लागि प्रयोग हुन थालेका छन् । विगत लामो समयदेखि औपचारिक रुपमा तस्करीको लाइन सञ्चालन नभएको दक्षिणी क्षेत्रमा तस्करीजन्य गतिविधि एकाएक बढेको छ ।
विगत एक महिनायता तस्करी धन्दा बढोत्तरी हुँदै चरम अवस्थामा पुगेको छ ।नेपालबाट विशेष गरी हरियो र सेतो मटर, कालो मरिच,सुपारी, फेरन लवली, घरेलु जाड रक्सी, मदिरा लगायत ठुलो मात्रामा सुनसरीको भुटाहा बस्मतिया, घुस्की घुरणा, कप्तानगंज फुलकाहा, सिमानाकाबाट तस्करी गरेर भारत लैजाने गरेको छ।
भारतबाट ठूलो परिमाणमा सुर्ती,लत्ताकपडा विभिन्न किसिमका किराना खाद्यान्न, दशै तिहार नजिकै गर्दा पटका, लागूऔषध आदि नेपालतर्फ दैनिक ५ लाख भन्दा वढीको ल्याउने काममा सीमावर्ति सडक र नाकाहरु प्रयोग भइरहेका छन् ।
सुनसरी जिल्लाको दक्षिणी सिमानाकाबाट दैनिक विगत एक महिनादेखि हजारौं मेट्रिक टन मटर भारततर्फ तस्करी गरेर लगिएको छ । सीमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले बेला बेला दुई चार बोरा खाद्य मल र अन्य सामान बरामद गरेपनि दैनिक ठुलो मात्रामा मटर , मदिरा भारत जाने गरेको सीमा क्षेत्रका स्थानीयहरुले जानकारी दिएका छन् ।
स्थानीयले प्रहरीसँगकै मिलेमतोमा तस्करी सुरु भएको दावी गरेका छन् । सुनसरीको शिशुवा , नरसिंह, घुस्की कप्तानगंज र लौकही नाका औपचारिक रुपमा तस्करीमा प्रयोग भएको पाइएको छ ।
शिशुवा धर्मपुरसडक खण्डमा नेपाल प्रहरीको प्रहरी चौकी छ भने नजिकै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट(बिओपी) अवस्थित छ ।
तर, तस्करहरुले सुरक्षाकर्मीको पर्वाह नगरी दिनहुँ दजर्नौं गाडीमा मोटर, सुर्ती र लत्ताकपडा र लागूऔषध लगायतका सामान तस्करी गर्दै आएको स्थलगत रिपोर्टिङका क्रममा पाइएको छ । घुस्की ६ का स्थानीयबासी जावेद आलमले विगत एक महिनादेखि नियमितरुपमा तस्करीको लाइन चलिरहेको बताउनुभएको छ ।
दिसो साईकल र मोटरसाईकमा ‘साँझ पर्नै हुँदैन ७ बजेदेखि दर्जनौं ट्रयाक्टर , पिकव , अटो लाइन लाग्छन् र ओसार्न थाल्छन्,’ आलमले भन्नुभयो ‘रातभरी ट्रयाक्टरको आवाजले गाउँलेहरु सुत्न सक्दैनन् ।
तस्करहरुको मुख्य केन्द्र भुटाहा, हरिनगरा, घुस्की, देवानगंज र कप्तानगंज बजार रहेको छ। नेपालबाट भारत लाने घरेलु जाडरक्सी, मदिरा,मटर, सुपारी,कालो मरिच, दाल र फेरन लवली यही बजारहरुबाट लिएर भारत लाने गरेको एक व्यापारीले बताए ।
तस्करहरुले भारतबाट ल्याउने सुर्ती,लत्ताकपडा, विभिन्न खाद्यान्न किराना सरसमान,पटका र लागूऔषध यही बजारमा र तस्करहरुले आ९आफ्नो घरमा भण्डार गरि सुनसरीको इनरुवा ,झुम्का, इटहरी, दुहबी र धरान समेतको शहर बजारमा पुर्याउने गरेको छ।
उनीहरु रातिको समयमा मुख्य सडक भुटाहा देखि इनरुवा हुँदै विभिन्न बजारहरुमा तस्करको समान पुर्याउने गरेको समान पुगाउने एक लेवरले आफ्नो नाम नउलेख गर्न सर्तमा बताए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



