मेरंगमा नेकपाका पुराना नेता दाहालको दर्घटनामा मृत्यु
- 50 Views
Spread the love
इटहरी साबिक सुन्दरपुर गाउंपालिका अध्यक्ष भएर जनता सामु राम्रो छबि बनाएका हाल सुन्दरहरैंचा ६ निबासी कृष्णप्रसाद दाहालको आज दिंउसो सुनसरीको सोनापुर भन्ने ठाउंमा सडक दर्घटनामा परि देहान्त भएको छ ।
स्थानीय क्षेत्रमा अब्बल इटहरीको सप्तकोशी एफएमका पूर्ब अध्यक्ष एबं प्रबन्ध निर्देशक रहेर मिडिया उद्योमी भई सकेका दाहाल गछियाको सुन्दुपुरबचत तथा ऋण सहकारीका अध्यक्ष रहेर काम गरि रहेका थिए । नेकपा मोरंगका जिल्ला सदस्य दाहाल समाजमा निक्कै सकृय र अनुभवी नेता थिए । दर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भई रहेको र बिस्तृत जानकारी केहीबेरमा दिने प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ ।