Spread the love


धरान
आनन्द श्रेष्ठबाट
सुपरमेक्स नामको हातमा लगाउने पन्जाको थोक विक्रेता धरान पुरानो वजारको सर्जिमेट डिस्टिव्युटर्स नामक थोक विक्रेताले ४सय मुल्य पर्ने एक डिव्वा लाई १ हजारमा व्यापारीहरुलाई विक्रि गरीरहेको छ । ग्राहकले भने सो एक डिव्वाको १२ सय मुल्यमा खरीद गर्न वाध्य भएका छन । कोरोनाको महामारीमा सवै भन्दा वढि विक्रि भईरहेको सेनिटाईजर र हातमा लगाउने पन्जाका थोक विक्रेताहरुले मनपरी ढगले भाउ वढाएर वजारमा विक्रि गरीरहेको थाहा हुंदा पनि प्रशासनले केही कदम चालेको छैन ।
मलेशियामा वनेको सो पन्जा एक डिव्वामा एक सय थान हुन्छ । एक महिना अधि सम्म एक डिव्वा पन्जाको साढे ३ सयमा हामीले थोक विक्रेता वाट किन्थ्योै तर अहिले हामीले नै सर्जिमेट वाट एक हजारमा किन्नु परीरहेको छ । विल माग्दा पनि दिदेैन वीपी प्रतिष्ठान गेटका एक औषधी पसले वताउछन । किन उसै वाट किनेको त ? भन्दा नेपाल अधिराज्य भरीकै लागी धरानको सर्जिमेट डिष्टिव्युटर्सले आयत गर्ने अधिकृत विक्रेता भएकोले उ सग नकिनि त सुखै छैन भनि वताछन ।
सोहि व्यापारीले अप्रेशसनको वेला प्रयोग गर्ने स्विचर धागोमा पनि अत्यधिक नाफा राखेर विक्रि गर्ने गरेको स्थानिय औषधी व्यापारीहरु वताउछन । नेपालको भन्सारमा आउदा १५० रुपैया पर्ने सो धागोलाई उनले एक हजारमा विक्रि गरीरहेको छ । चेतन अग्रवाल र पवन अग्रवाल नाम गरेका व्यापारीको सो डिष्टिव्युटर्सले धरानको वीपी प्रतिष्ठानका डाक्टरहरुलाई पचास प्रतिशत सम्म कमिशन दिएर सो धागोको प्रयोग गर्न लगाउने गरेको व्यापारीहरु वताउछन । डाक्टरले नै त्यो धागोको नाम लेखेर पठाउछ अनि हामीले के गर्नु ?जति महगो भएनी दिनै पर्यो । सो धागो किन्दा पनि व्यापारीहरुलाई विल नदिने गरेको वताउछन । यस वारे जानकारी लिन थोक व्यापारी चेतन अग्रवाल सग टेलिफोन सम्पर्क गर्न खोज्दा उपलव्ध हुन नसकेको सकेत आउथ्यो । भारत वाट निर्यात हुने सो स्विचर धागोको एमआरपी भारतमै मेटाएर कम मुल्यको स्टिकर टासी नेपालको भन्सार छलेर ल्याईने कुरा पनि भन्सारवाट निर्यात हुने सामान र मुल्यको सुचि हेर्दा स्पष्ट थाहा हुन आएको छ ।
नेपालमा कोरोना सक्मणको शुरुवाती दिनमा वजार अनुगमन गर्न गएको धरान उपमहानगर पालिकाका उपमेयर मन्जु भण्डारीको टोलीले तिनै व्यापारी चेतन अग्रवालकोे वीपी गेटमा रहेको गार्जेन्ट औषधी पसलवाट ५ हजार थान माक्स लुकाएर राखेको अवस्थामा फेला पारेर कार्वाहि गरीएको थियो ।
यसै गरी वीपी प्रतिष्ठानका प्राय सवै औषधी तथा स्वास्थ्य सामग्रीहरुको आपुर्ति गर्ने ठेकदार चेतन अग्रवालले प्रतिष्ठानलाई पटक पटक औषधी तथा सामग्रीहरुमा वढि मुल्य लिएर कमसल सामान आपुर्ति गरी प्रतिष्ठानलाई हानि पुर्याएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढेड करोड विगो वरावरको माग दावी गर्दै विशेष अदालतमा मुद्धा पनि दायर गरेको छ । उनी लगायत वीपीका ७ जना पदाधिकारी माथी दुई वर्ष अधि चलाएको सो मुद्धाको फैसला अझै हुन सकेको छैन । वीपी प्रतिष्ठानको उपकुलपति लगायत सवै माथिल्लो तहका पदाधिकारीहरुको नियुतिm सरुवा वढुवा समेत गराउन हैसियत राख्ने अग्रवालको कारण प्रतिष्ठानले करोडौको नोक्सानी व्यहोर्नु परेको प्रतिष्ठानका कर्मचारी वताउछन ।
यसै गरी हाल वजारमा विक्रि भईरहेका अत्यधिक सेनिटाईजरहरु नक्कली र मापदण्ड नपुगेका कारण त्यसले उल्टो स्वास्थ्यमा हानि पुर्याएको गुनासो वढि रहेको छ । नक्कली सेनिटाईजर लगाउने वितिकै हात चिलाउने ,एलर्जी हुने समस्या व्यापकरुपमा देखिन थालेको स्वास्थ्यकर्मीहरु वताउछन । धरान भित्र पनि धेरै ठाउनमा मापदण्ड विपरीतको सेनिटाईजर वनाईने गरेको थाहा हुन आएको छ । यस वारे स्थानिय निकायले यथासिध्र वजार अनुगमन गरी त्यस्ता उत्पादकहरुको कारखानामा निरीक्षण गर्नु पर्ने उपभोतmाहरुले वताएका छन ।