प्रधानमन्त्रीलाई “खुलापत्र”सप्तरी घटनाको छानबिनमा दबाब
बिमला तिम्सिना
ईटहरि
सुनसरिशैशव मञ्च नेपालकाे प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखन तथा वाचन प्रतियोगिता समापन समारोह साथै छलफल कार्यक्रम सम्पन्न भएको छ ।शैशव मञ्च नेपालको आयोजनामा सस्टेनिबिलिटी वीक काठमाडौँ , लालपरी अभियान साथै तेह्रथुम युवा तथा बाल सञ्जालकाे सहकार्यमा बाल दिवसको दिन भएकाे बर्बर सप्तरी घटनालाई प्रसङ्ग बनाई उक्त प्रतियोगिता समापन समारोह सम्पन्न भएकाे हो।कार्यक्रममा प्रमुख अतिथि २ न.प्रदेशका मुख्य मन्त्री मोहम्मद लालबाबु राउतको भिडियो सन्देश मार्फत भर्चुअल उपस्थिति रहेको थियो । उक्त भिडियो मार्फत राउतले बाल दिवसको दिन आफ्नो प्रदेशकाे सप्तरी जिल्लामा भएकाे बलात्कारको घटनाले आफू र समस्त २ न. प्रदेश आहात भएको जनाउँदै मृतक किशोरी प्रति समवेदना व्यक्त गरे। साथै पिडितकाे पक्षमा सरकार रहेकाे उल्लेख गर्दै प्रहरी-प्रशासन प्रदेश मातहत नरहेपनि बलात्कार गर्नेलाई उचित कानुनी दण्ड दिन प्रदेश सरकारले कानुनी माहान्यायधिवक्ता मार्फत तत्काल कानुनी प्रकृया अगाडि बढाएकाे जानकारी दिए।मन्तव्यमा राउतले तिनै तहकै सरकार बलात्कार विरूद्ध एकजुट हुँदै, समाजमा रहेका आपराधिक मानसिकता भएका व्यक्तिले घटना घटाउने गरेको भन्दै नेपालकाे संविधान संशोधन गरेर नै भएपनि बलात्कारीलाई सजाय स्वरुप झुण्ड्याउनु पर्ने कुरामा समेत जाेड दिए।अन्तमा उनले शैशव मञ्च नेपालले गरेको यो कार्यक्रमकाे प्रशंसा गरि यस्ता कार्यक्रमहरु निरन्तर गर्दै जान शुभकामना दिए ।कार्यक्रममा विशिष्ट अतिथि राजविराज नगरपालिकाकी उप- प्रमुख साधना झाले नेपालमा बलात्कार विरूद्वकाे कानुन भए पनि कार्यान्वयन पक्ष फितलो रहेको र पिडक खुलमखुल्ला समाजमा हिँडिरहेको तर पिडितले समाजमा सहज तरिकाले जिवन यापन गर्न समेत समस्यामा परेको बताईन। स्थानिय तहले नै सचेतना मूलक कार्यक्रम गरि बलात्कार विरूद्धमा सबै एकजुट हुन अपिल गर्नुका साथै सप्तरी घटनाको दाेषीलाई कानुनी कारवाहीकाे प्रक्रिया अघि बढाइएकाे र पिडित , प्रहरीसगँ आफू स्वयंले छलफल समेत गरिरहेकाे बताइन्।कार्यक्रममा विशेष अतिथि बाल तथा युवा अभियान्ता ग्लोबल टिन हिरो- २०१५ विपना शर्माले नेपालमा बलात्कार विरुद्धको कानुनी व्यवस्था बारे प्रकाश पार्दै कानुन भए तापनि घटनाको राजनीतिकरण हुने गरेको कारणले पिडितले न्याय पाउन मुस्किल रहेकोमा दु:ख व्यक्त गरिन् ।साथै फरक प्रसङ्गमा नेपालकाे संविधान र नेपालले हस्ताक्षर गरेकोे अन्तर्राष्ट्रिय सन्धि सम्झाैतामा नेपाल मृत्युुदण्डकाे विपक्षमा भएकाे कारण मृत्युदण्ड नै समस्याकाे समाधान नभई समाजिक व्यवहार र दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको औंल्याउँदै शैशव मञ्च नेपालले गरेकाे याे कार्यक्रम आफैंमा अनुकरणीय उदाहरण रहेको बताइन्।कार्यक्रममा शैशव मञ्च नेपालकी केन्द्रीय काेषाध्यक्ष काेपिला गिरिले स्वागत मन्तव्य दिएकी थिइन् भने मञ्चकी केन्द्रीय सदस्य दिपा पाैडेलले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिइन् । शैशव मञ्च नेपालका बागमती प्रदेश प्रमुख सुजन सापकोटा तथा २न. प्रदेश सप्तरी जिल्ला प्रतिनिधि अनिशा ठाकुरले संस्थाकाे तर्फ बाट मन्तव्य राखेका थिए ।

प्रतियोगिताकाे अन्तिम नतिजा निर्णायकमण्डलका संयाेजक रविन नेवाङ्गले सार्वजनिक गरेका थिए।प्रतियोगितामा दाेलाखाकी करूणा चाैंलागाई तृतीय , काभ्रेपलान्चोककी तारा तमाङ्ग द्वितीय र धनुषाकी शिल्पा यादव प्रथम भएका छन्। प्रतियोगितामा सहभागीहरूले भिडियोमार्फत पत्र पठाइ सहभागिता जनाएका थिए। विजयी प्रतियोगीहरुलाई नगद तथा प्रमाणपत्र र सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराइएको छ।कार्यक्रम शैशव मञ्च नेपालका केन्द्रीय अध्यक्ष दिवस कार्कीकाे अध्यक्षतामा सम्पन भएको थियाे। कार्यक्रमको अन्त्यमा अध्यक्ष कार्कीले बालबालिका अन्यायमा पर्दा शैशव मञ्च नेपालले आवाज उठाएर बालबालिकाकाे संविधानमा उल्लेख गरिएका हक अधिकार प्रत्याभूत गराउने कार्य गरेको र आगामी दिनहरुमा पनि यस्ता बालबालिकाका हक अधिकारसम्बन्धी कार्यहरुका निम्ति शैशव मञ्च नेपाल सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्तो बर्बर बलात्कारकाे घटना विरूद्व आवाज उठाउन सहयाेग गर्न सम्बन्धित सबैमा अनुरोध गर्दै कार्यक्रम समापन गरेका थिए ।देशका विभिन्न जिल्लाका बालबालिका, महिला अधिकारकर्मी,संचारकर्मि,राष्ट्रिय महिला अधिकार मंच सुनसरि, युवा अभियान्ताहरूकाे उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम सञ्चालनको जिम्मा भने शैशव मञ्च नेपालका केन्द्रीय प्रवक्ताले लिएका थिए । कार्यक्रममा प्रमुख अतिथिको श्रव्यदृश्य संस्थालाई उपलब्ध गराउन सहयाेग गर्ने ज्याेति साह, कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने तेह्रथुम युवा तथा बाल सञ्जाल , सस्टेनिबिलिटी वीक काठमाडौँ र लालपरी अभियान लगायत सम्पूर्णलाई शैशव मञ्च नेपालले संस्थाकाे तर्फबाट धन्यवाद ज्ञापन गरेको छ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


