Spread the love

माक्र्सवादी लेखक तथा साहित्यकार अनिल शर्मा विरही सुनसरीको धरानमा छन्
। सुगरले ग्रसित शर्मालाई इलाका प्रहरी कार्यलय धरानमा राखिएको छ ।
उनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भएकाले पक्राउ गरिएको बुझिएको छ ।  
उनले ले आफूलाई शौचालयमा समस्या भएको बताएका छन् । उनले आफ्नो ढाडको समस्याका कारण शौचालयमा बसेपछि हात टेकेर मात्र उठन सक्ने बताएका छन् ।

भदौं २३ गते धनुषा अदालातले धरौटीमा रिहा गरेका शर्मालाई प्रहरीले राती नैे सुनसरीको धरान पु¥याएको थियो । शर्मा २०७७ वैशाख २३ गते चितवनमा भ¥याङबाट लडेर गम्भीर घाइते भएका थिए । शर्मा उपचारका लागि चितवन जिल्ला अस्पताल पुगेका थिए । सोही समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लामो समयदेखि सुगरले ग्रसित शर्मालाई लडेर ढाडको समस्या थपिएपछि जीवन कष्टकर बन्दै गएको छ । उनले नेपाली जनताको मुक्तिका लागि जस्तो सुकै अवश्था सहेर भएपनि सङघर्षबाट विचलिन नहुने बताएका छन् । जनताको जित नजिक आएकाले  विचलित नभई एकीकृत जनक्रन्तिको बाटोमा लामबद्ध भएर अघि बढन शोषित, पिडित नेपाली जनतालाई हिरासतबाटै अपिल गरेका छन् । 

शर्मालाई हिरासत मुक्त गरेर तत्काल ंस्वस्थ्य उपचारको वातावरण मिलाउन देशभरिका सयौं लेखक, पत्रकार तथा साहित्यकारहरुले सरकारलाई माग गरेका छन् । पूर्वी नेपालका माक्र्सवादी स्रष्टाहरुको साझा मञ्च माक्र्सवादी लेखक सङघ, बिहानी जनसांस्कृतिक समाज,  दलित साहित्यकार मञ्च नेपाल, सिर्जनशील स्रष्टा अभियान र पूर्वी नेपालका दर्जनौ माक्र्सवादी लेखक, कलाकार र साहित्यकारहरुले शर्मालाई तत्काल हिरासतबाट रिहाइ गर्न माग गरेका छन् । शर्माको स्वस्थ्य उपचारको वातावरण मिलाउन समेत माग गरेका छन् ।