म्याक्स टिभीले मान्छे ठग्यो ः वाइफाईको नाममा कमाई
इटहरी
इटहरी ४ पशुपति चौक नजिक नेत्र खातीले बालबच्चाको अनलाइन क्लास हुने हल्ला चलेपछि १४ हजार खर्चेर नेट लाइन जोडे ।
गत जेठ २५ गते इटहरीको भोजपुरे टोलमा अफिस रहेको म्याक्स टिभी नामक कम्पनीका मानिस हेम भन्नेले राम्रो हुन्छ भनि गफगाफ दिएपछि बिश्वासले पैसा तिरेका खातीलाई ती हेमले नेट लाइन काटिदिएर तनाव दिएका छन । छोराछोरीलाई स्कूलले अनलाइनमा पठाउने भनेर खर्च गरेको एकदिन पनि राम्रो चलेन। घरी स्लो हुने घरी नेटवर्कले काम नगर्ने हैरान भयो । खातीले भने । पहिले देखिनै कम्पेलेन गर्दागर्दा हैरान भएका खातीलाई यो झमेलाले इटहरी थाना सम्म पुरयायो । थानाका प्रहरीले हाम्रो काम छैन र यस्तो केस हेर्नु भन्दै हप्कीदप्की गरेपछि खाती निरास हुंदै हेमचन्द्र पौडेललाई भेटन अफिस गएर । पहिला टेकमाइण्ड कम्पनी भनेर फर्म भराएका हेमले पछि म्याक्स टिभी भनेर जोडन लगाएकोमा पनि संका थियो खातीलाई । चटयाङ परेको राती देखि राउटर राउटर सबै बिग्रियो अनि मर्मतकोलागि कुरा राख्दा हेमचन्द्रले धाकधम्की सहित निक्कै सताएका थिए । पछि बल्ल बल्ल ४५ सय काटेर १० हजार फिर्ता गरेको भएपनि सो कुरामा चित्त नबुझेको खातीको भनाई छ । सेवा दिन नसक्दा किन जनतालाई गफ दिनु ,किन पैसा लिनु ? सेवा फिर्ता गर्दा पैसा सबैं फिर्ता गर्नु पर्ने हो
किन ठग्यो ? प्रहरीले किन वास्ता गरेन ? यसरी लुट मच्चाउन पाइन्छ । खातीले गुनासो गरे । मेरो घरमा सेवा प्रभाबकारी भएको र कम्पलेन सुन्वाइ गरेको भए म त्यही जोडन तयार छु तर किन ठग्छ ? यो कुन खाले कम्पनी हो? नेट सप्लाई गर्ने अधिकार म्याक्सलाई छ की छैन? कानूनी हो की गैर कानूनी हो ? बुझि दिनु परयो खातीले भनेका छन । यस बारेमा हेमचन्द्र पौडेलसंग सम्पर्क गर्दा आफनो घर धरान भएको र सेवा सही भएको दाबी गरेका छन । ग्राहकलाई चित्त बुझाउन नसके पछि अतिरिक्त पैसा किन लिनु भएको भन्दा त्यो आफुले पहिले लिएको होइन टेकमाइण्डले लिएको होला भनेका छन । सो ठाउंमा अरु सेवा नरहेको र ग्राहक खातीको नेट राम्रोसंग नचलेको स्वीकार्दै पौडेलले भने हामी खातीजीसंग बसेरै हिसाब गरि चित्त बुझाएर सेवा बन्द गराएको र उहाँले फिर्ता पाउने लिएर गएको बताए । अनि एक महिना बराबर १५ सय तिर्नु परयो भन्ने गुनासो छ नि भन्दा पौडेलले भने हेर्नुस हामी सेवा दिन्छौं धैर्य गर्नु, चटयांगले हानेको हो अब बिस्तौ मर्मत गर्छौ भन्दा अलि बढी कराउन भयो । हाम्रो डिभाइस लगायत सबै कुराको सवाल हुन्छ त्यति त लिनै परयो नी ? पौडेलको भनाई छ । पौडेलले मकालु टिभीलाई पनि आफनै कम्पनीले सेवा दिएको बताउंदै भने हामी क्लियर छौं ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


