Spread the love


इटहरी
इटहरी अस्पताललाई इटहरी उपमहानगरपालिकाले दुई वटा एम्वुलेन्स प्रदान गरेको छ

Image may contain: 1 person, standing and outdoor

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष तथा ९ न वडाध्यक्ष भूपेन्द्र वराललाई एउटा एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नु भएको छ ।

मेयरका प्रेस संयोजक लीलाराज भटराईका अनुसार उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मालाई अर्को एम्व्ुालेन्सका चावी हस्तान्तरण गर्नुभयो ।

Image may contain: 2 people, people standing and outdoor

यी एम्वुलेन्सको प्रयोगवाट अहिलेको विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज वनाउन सहयोग पुग्ने प्रमुख द्धारिकलाल चौधरीले अपेक्षा गर्नुभएको भटटराईको रिपोर्टमा उल्लेख छ । कोभिड संक्रमित विरामीलाई आइसोलेसन सम्म पुरयाउन तथा अस्पताल लैजान एम्वुलेसन्स प्रयोग गरिने प्रमुख चौधरीले वताउनुभयो ।

Image may contain: outdoor

आवश्यक प्रक्रिया पूरा गरेर एम्वुलेन्स चाडै प्रयोगमा ल्याइने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले जानकारी दिनु भएको छ ।