जाँतेमा फुड बैंक मार्फत विपन्नलाई खाद्यन्न तथा औषधि वितरण
डम्बर सिन्चिउरी
जाँते २२ भदौ
लेटाङ्ग ९ जाँतेका कोभिड १९ को कहरमा परी विहान बेलुका हात मुख जोर्न सकस परिरहेका स्थानिय ४० परिवारलाई आज फुड बैंक मार्फत खाद्यन्न तथा केही औषधि समेत वितरण गरिएको छ ।

उक्त अवसरमा स्थानिय विपन्नहरुलाई अन्दाजी ५ किलो चामल , एक(एक किलो नुन र दाल, आधा लिटर तेल र एक पावा स्वयाविन र साधरण ज्वरो को औषधि वितरण गरिएको लियो क्लव अफ् लेटाङ्गका अध्यक्ष एवं अभियन्ता राजेश ढकालले जनाएकाछन् । अध्यक्ष ढकालले आफुहरु सँग विभिन्न दिर्घरोगको औषधि भए पनि कसैबाट चिकित्सकले दिएको प्रेस्किप्सन कागज नआएकोले आज आफुहरुले उक्त औषधि भने कसैलाई वितरण गर्ननसकिएको बताए । उनका अनुसार सो वितरण कार्यक्रममा उपस्थित हुन नसकेका सुत्केरी तथा अशक्तहरुलाई अभियानका सहयोगी युवाहरु मार्फत घर( घरमै सहयोग प्याकेज पुर्याईएको जनाईएको छ ।
कहरका कारण सकारी तवर बाट गरिएको पटक(पटकको बन्दा बन्दीले दैनिक ज्यालादारी गरी छाक टार्ने अति विपन्नहरुको निभेको चुल्हो बाल्न सहयोग गर्ने उद्देश्यले नै आफुहरुले यस्तो कार्य गरेको फुड बैंक अभियन्ता एवं लायन्स क्लव अफ् लेटाङ्गकी संस्थापक अध्यक्ष शान्ति गुरुङ्ग पाख्रिनले जनाएकीछन् । स्मरण होस पाख्रिन यस अभियानकी सुत्रधार साथै लायन्स् क्लव अफ् लेटाङ्गकी संस्थापक तथा वर्तमान अद्यक्ष समेत रहेको जनाईएको छ ।
“सहजतामा दिएर जाऔं, अभावमा लिएर जाऔं , आफू बचौं र अरुलाई पनि बचाऔं“ भन्ने मुल नाराका साथ संचालन गरिएको उक्त फुड बैंक स्थानिय पारुहाङ्ग चौकमा सम्पन्न गरिएको थयो । नारामा भनिए झैं आफुहरुले आफू सँग भएको नभै मनकारी दाताहरुबाट प्राप्त जिन्सी वा नगद बाट खरिद गरिएका सामाग्रिहरु नै फुड बैंक मार्फत वितरण गर्दै आएको अभियान संयोजक अनिष ढकालले जनाए । यस अभियान मार्फत अहिले सम्म लेटाङ्ग बजारका सयौं विपन्नहरुलाई खाद्यन्न तथा औषधि वितरण गरीसकिएको र आगामि दिनहरुमा पनि मनकारी दाता या संघ संस्था बाट सहयोग प्राप्त भए सम्म यो अभियान जारी राखिने संयोजक ढकालेु वताए । उनी भन्छन् “आज को वितरण कार्यक्रममा पनि हामीलाई स्थानिय समाज सेवी सुनिता तिंसिनाले वितरण स्थल मै एक कार्टुन तेल प्रदान गर्नु भएको थियो । आगामी दिनमा पनि हामीलाई यस्ता मनकारी दाताहरुको अति खाँचो रहेको छ “ ।
कार्यक्रम लियो तथा लायन्स क्लव अफ् लेटाङ्ग को आयोजना मा सम्पन्न भएको थियो । उक्त वितरण कार्यक्रममा प्रदेश सभासद माननीय उपेन्द्र प्रसाद घिमिरे लगायत स्थानिय वडाध्यक्ष कृष्ण प्रसाद लुईंटेल , अस्थाई प्रहरीचौकी प्रमुख हरि राजवंशी साथै स्थानिय सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । अभियानले आफ्ना अति विपन्न वडा बासीहरुको निभेको चुल्हो केही दिन मात्र भए पनि बाल्न सहयोग गर्नु भएकोमा अभियानकर्मीहरु प्रति स्थानिय वडाध्यक्ष कृष्ण लुईंटेलले हार्दिक आभार व्यक्त गर्नु भएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



