Spread the love

तारा पोखरेल

इटहरी ५ को सत्संङ टोल बिकास अन्तर्गत अतिरुपा मार्ग बनाउन त्यहिका बासिन्दालाइ समेटेर एउटा अतिरुपा मार्ग उपभोक्ता समिती बनाइयो । त्यसको अध्यक्ष गोपाल भनिने हरि प्रसाद पोख्रेललाई बनाइयो । बाटो निर्माणका लागि पुर्बाधार बिकश कार्यक्रम अन्तर्गत प्रदेश १ कार्यलयबाट २४ लाख रुपैया आएछ ।

स्थानियबाट ७५६२४० रकम उठाइयो र ३१५६२४० जम्मा भयो । उपभोक्ता समितिका अध्यक्षको भनाइ अनुसार समितिमा उहीँ इटहरी ५ का भीष्म कुमार घिमिरेले १६५०००० मात्र आयो भनी त्यही अनुसार रकम समितिमा भनिएपनी खातामा २४००००० फरफारक हुदा जम्मा हुने गरि बनाइयो। तर उपभोक्तालाइ २४००००० आएको सायद थाहा रहेनछ । यो कुरा अध्यक्षलाई पनि थाहा भएको हुनुपर्छ ।

बाटो बनाइ फरफारक गर्ने बेलामा माइन्युट गर्दा ( जुन सेतो कागज छ ) जति पैसा आएको भनिएको थियो त्यतिकै र उपभोक्ताबाट उठाएको समेत जोडेर अर्थात १६५०००० र ८४०००० गरि २४९०००० मा २३६४००० खर्च भएको माइन्युट गरि उपभोक्तालाई देखाइयो भने उता अर्को माइन्युट समितिका केही ब्याक्ती मिलेर नक्कलि माइन्युट तयार गरि २४००००० र उपभोक्ताबाट उठाएको रकम ७५६२४० देखाइ फरफारक गरेकोलाई वडा कार्यलयबाट सिफारिस लिइ प्रदेशबाट रकम मिलाएको कागजात पठाइयो ।

त्यसो गर्दा ८ लाख भन्दा बढी रकम गोलमाल भएको प्रष्ट यो प्रमाणले देखिन्छ । यो बारेमा उपभोक्ता समितिका अध्यक्षसंग रकम हिनामिना किन भयो भन्दा यो भीष्म घिमिरेलाइ थाहा छ म केही जान्दिन भन्दैछ्न ।

अध्यक्ष भएर थाहा छैन त भन्न पाइदैन मिलेमतो चाहिँ हुन सक्छ । अध्यक्ष चाहिँ भीष्म घिमिरेलाइ मैले ३१८००० आफैले चेक काटेर दिएको भन्छ्न । चेक काटेर पैसा बैकमा दिन्छु भन्दा बैक भित्र होइन बाहिर लिन्छु भनेका थिएरे ।

१५०००० चाहिँ अर्कै प्रोजेक्टको तिर्न बाकी यो प्रोजेक्टबाट निकालेर गिटि ढुङ्गाको दिएको भन्ने अध्यक्षको भनाइ छ र अध्यक्ष भिष्मले मलाइ फसाए भनी गुनासो गरेको सुनियो । अर्को कुरा उक्त ३१८००० प्रदेश कार्यलयका कर्मचारिलाइ घुस खुवाउन लागिएको हो भनी भीष्म घिमिरेले मलाइ भनेका थिए भनी अध्यक्षले हामिलाइ भने ।