हिन्दूअगुवालाई दलितको सुझाव
—डिक बहादुर विश्वकर्मा
(अबका दलितको भनाइ छ, ‘यदि दलितले हिन्दूसमाज संग छुट्टिएर इनार, मन्दिर बेग्लै बनाउनु पर्ने हो भने दलितहरु विस्तारै रक्तबीज बन्नेछन् । जनजातिहरुको अवस्था पनि त्यस्तै छ । यस्तो अवस्थामा नेपालमा शान्ति हुन्छ कसरी ? मनुस्मृतिको घेराबाट बाहिर निक्लेर मानवाधिकारवादी परिवेशमा नढल्ने हो भने अब हिन्दूसमाज संकटापन्न अवस्थामा छ । )

विगत २०६२÷०६३ को जनक्रान्तिले हिन्दू राजतन्त्र फ्याँकेर देशलाई गणतन्त्र र धर्मनिरपेक्ष बनाई त्यही अनुरुपको संविधान तयार पार्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको अवस्थामा हिन्दूधर्म पक्षधर केही राजनैतिक एवं धार्मिक अगुवाहरुले नेपाललाई फेरि पुरानै अवस्था अर्थात् हिन्दूराजा र हिन्दूराष्ट्रको रुपमा फर्काउने सपना देखिरहेकाछन् । छिमेकी भारतका हिन्दूवादी प्रधानमन्त्री नरेन्द्र मोदीले केही महिनाअघि राजकीय भ्रमणमा यहाँ आउँदा नेपालमा गणतान्त्रिक संविधान बनाइनु पर्ने ठोकुवा गरेपछि हिन्दूराजाको लागि भारतको समर्थन देखिएन र त्यो मुद्दा अचेल हराएर गयो । तर हिन्दूराष्ट्रको मुद्दाले भने अभियान कै रुपमा जोर पक्डिरहेकोछ । त्यसै सन्दर्भमा सो अभियानका अगुवाहरु समक्ष हिन्दूधर्मले ुअछुतु बनाएका, अचेल ुदलितु भनिने समूहको तर्फबाट यो पंक्तिकारले निम्न दुइटा सुझाव प्रस्तुत गर्दछ ।
१ः—. संसारैलाई थाहा छ कि जसरी क्रिश्चियनको मूलथलो इजरायलको जेरुसेलम हो । बौद्धको मूलथलो नेपालको लुम्बिनी हो, मुसलमानको मूलथलो अरबको मक्का र मदिना हो, त्यसैगरी हिन्दूधर्मको मूल जन्म र कर्मथलो भारत हो । त्यसैकारण संसार भरिका हिन्दूहरु मर्ने बेलामा भारतका काशी, गयाजी, वृन्दावन, मथुरा, हरिद्वार आदि विभिन्न तीर्थस्थलमा अन्तिम बास गर्न चाहन्छन् । तर नेपालको पशुपतिनाथ, मुक्त्तिनाथ आदिमा मर्ने इच्छा लिएर भने त्यहीं वरपरका बाहेक अन्य देशका कुनै हिन्दू आउँदैनन् । बरु नेपालकै पुगीसरी आउनेहरु भारतका उनै तीर्थस्थलहरुमा अन्तिमबास बस्न गैरहेकाछन् । हिन्दूधर्मका राम, कृष्ण आदि देवता र जगद्गुरु आदिशङ्कराचार्य समेतको जन्मथलो र कर्मथलो पनि भारत नै हो । शङ्कराचार्यका ४ मठ जगन्नाथपुरी, काँचीकामकोठी, बदरीकाश्रम, र द्वारका पनि भारतमै छन् भने अन्य जगद्गुरुहरुको जन्म र कर्मथलो पनि भारत नै हो । झन्डै सवा अर्ब जनसंख्या भएको भारत सबभन्दा धेरै हिन्दू भएको देश पनि हो । यस्तो अवस्थामा हिन्दुराष्ट्र बन्न र बनाउन भारत भन्दा उपयुक्त्त देश संसारमा अर्को हुनै सक्दैन । तसर्थ हिन्दू अगुवाहरुले त्यो अभियान सर्वप्रथम भारतमा चलाउनु अत्युत्तम र पिण्डस्थाने पिण्ड हुने निश्चितछ ।
उनीहरुले प्रचार गरेझैंं त्यस अभियानको लागि उपयुक्त्त ठाउँ नेपाल हुँदै होइन । नेपालका हिन्दू शासकहरुले नै लेखे÷लेखाएका इतिहास साक्षी छन् कि यहाँका सबै हिन्दूका पुर्खा, विदेशी विधर्मी आक्रामकहरुको मारबाट बच्न भारतका चित्तौड, कन्नौज, कुमाउँ आदि विभिन्न प्रदेशहरुबाट भागेर शरणार्थीको रुपमा विभिन्न कालखण्डमा नेपाल छिरेका थिए । उनिहरुको आगमन अघिसम्म यहाँका हिमाल–पहाडमा तिब्बतीमूलका मङ्गोल र तराईमा थारु समुदायको एकछत्र रजाईँ थियो । रहँदाबस्दा तिनै शरणार्थी आगन्तुकले पूरै नेपाल कब्जागरी मनुस्मृतिको आधारमा एकछत्र हिन्दू शासन चलाए । तबदेखि मात्र यहाँ हिन्दूधर्म मौलायो । यहाँका पशुपतिनाथ, गोरखनाथ, बराहक्षेत्र, आदि हिन्दूधामहरु त्यै शासनकाल दौरानका उपज हुन । त्यत्तिका आधारमा, गणतन्त्र भैसकेको यो देशलाई, हिन्दूराष्ट्र बनाउने हो भने हिन्दूधर्मका मूलदेवता शिवको मूल बासस्थान भनि मानिएको कैलाशपर्वत र मानसरोवर झिल रहेको तिब्बतलाई पनि हिन्दुराष्ट्र बनाउनु पर्छ । बहुसंख्यक नेपाली हिन्दू भएकोले नेपाल हिन्दूराष्ट्र हुनु पर्ने तर्क अभियानकर्ताले गरेकाछन् । यदि त्यसो हो भने फिजीमा भारतीयमूलका नागरिकको बाहुल्यता छ । साइप्रसमा दशकौं वर्ष अघि नै रामप्रसाद शर्मा नामक व्यक्त्ति राष्ट्रपति थिए । यस अवस्थाका फिजी र साइप्रसमा बहुसंख्यक हिन्दू पक्कैछन् । ती दुइटा देश पनि हिन्दूराष्ट्र बनाइनु पर्छ । त्यसो गरेमा इसाई, मुसल्मानी, बौद्ध धर्मी राष्ट्रहरु धेरै भए जस्तै विश्वमा हिन्दूराष्ट्र पनि धेरै हुनेछन्, जस्ले हिन्दूहरुको शान झन बढ्नेछ ।
यहाँका तत्कालीन हिन्दूशासकले नेपाललाई विश्वको एकमात्र हिन्दूराष्ट्र भनेर गर्व गर्थे । वास्तवमा त्यो अवस्था, झन्डै १ अर्ब जनसंख्या भएका संसारैभरिका हिन्दूहरुको लागि, गर्वको न भै लाजमर्दो थियो । यदि चीनको कब्जामा रहेको भनेर तिब्बतलाई छुन सकिन्न, धार्मिक दङ्गा भैरहने देश भनेर भारतलाई छुन सकिन्न, फिजी र साइप्रसलाई छुने हिम्मत छैन भने वास्तविक हिन्दू स्वयं अल्पसंख्यामा रहेको गणतन्त्र नेपाललाई हिन्दूराष्ट्र बनाउने सपना देख्नु मृगमरिचिका हुने निश्चित छ । राजाको निरङ्कुश शासन छँदासम्म नेपाली जति सबै हिन्दू थिए । तर १० वर्षे माओवादी जनयुद्ध र लगत्तैको जनक्रान्तिले देश गणतन्त्र र धर्मनिरपेक्ष भएपछि त्यो अवस्था रहेन । हिन्दू अगुवाहरुले नेपालमा ८०÷९० प्रतिशत हिन्दू छन् भनी जतिसुकै फलाके पनि यहाँ पक्का हिन्दू भनेका खस–आर्यवंशी मात्रै हुन् ।
हिन्दू शासकहरुकै जनगणना तथ्याङ्कअनुसार खस–आर्यको संख्या अधिकतम् ३० प्रतिशत मात्र देखाइएकोछ । बाँकी ७० प्रतिशत रहेका बाहुनक्षेत्री बाहेकका मधेशी, जनजाति, दलित, र अन्य पिछडिएका वर्गमा पर्ने सबै जसो या त बौद्ध, ईसाई र मुस्लिम छन् या चेतनाहीन, अशिक्षित छँदासम्म मात्रै हिन्दू छन् । चेतनशील हुनासाथ उनिहरुले हिन्दूधर्म छोड्ने पक्का छ । मेरै दृष्टान्त लिउँः— पाल्पाको हुमिनगाउँमा जन्मेको म, धर्मभिरु पिता सेते सुनारको प्रभावले बालकैदेखि भगवान् विष्णुको भक्त्त थिएँ । वि.सं.२०११ देखि २०२२ सालसम्म तानसेनमा पढ्न बस्दा मैले रामायण, महाभारत, गीता, पुराण, इतिहास, आदि ग्रन्थहरु पढ्ने सौभाग्य पाएँ । पढेर, भगवान् रामले शुद्र तपस्वी शम्बूकलाई किन मारे, कृष्णले गीताको अठारौं अध्यायमा शूद्रलाई सताउन कस्तो व्यवस्था बताएका छन् आदि इत्यादि जानेपछि र सबै हिन्दूशास्त्रमा बाहुन र गाइलाई पूजा गर्न, शुद्रलाई घृणा गर्न सिकाएको हुनाले नै हिन्दूसमाजले दलितलाई घृणा गरेको रहस्य थाहा पाएपछि बल्ल मेरो घैंटोमा घाम लाग्यो । ुस्वधर्मे निधनम् श्रेय परधर्म भयावहःु श्लोकको सट्टा ुपरधर्मे सुखः शान्ति, स्वधर्म तु भयावहःु भन्दै तत्काल धिक्कारेर, थुकेर वि.सं. २०२३ साल देखि विधिवत् हिन्दूधर्म छोडेंं । मेरो जस्तै चेतनाको घैंटोमा घाम लाग्नासाथ दलितजातीले धमाधम हिन्दूधर्म छोड्दैछन् । त्यसैगरी बहुसंख्यक जनजाति र पिछडावर्ग पनि जाग्दैछन् । उनीहरुले अब फेरि नेपालमा हिन्दूराजा र हिन्दूराष्ट्रको कालो दिन फर्केर आउने मौका कदापि दिने छैनन् ।
२ः— आफूलाई उच्च कुलिन भनेर नथाक्नेहरुले गाई काटेर मासुखाने विदेशी विधर्मीलाई स्वजाति सरह मानी सनातनी रुपमा तिनका; आइमाइलाई बुहारी बनाई उनीबाट जन्मेका सन्तानलाई आफ्नै वंश गराइ नागरिकता दिलाएका छन् भने; पुरुषलाई आफ्नी छोरीबेटी सौंपेर ज्वाई बनाई सिलप्याक गरेको गाईको मासुका झोला सहितै आफ्ना घरभित्र हुलेका छन् । त्यस्ता बुहारी, ज्वाइलाई समाजले पनि सर्वस्वीकारेका छन् । तर तीनै व्यक्ति र समाजले, जुगजुग देखिका अंशियार र बिरामी हुँदा रगत दिएर आफूलाई बचाउने कथित दलितले आफ्नी छोरी लगेमा त्यसको ज्यानै लिने तथा छोराले दलितस्वास्नी ल्यायो भने ती छोराबुहारी र माइती समेतलाई पिटेर गाउँ निकाला गरिरहेकाछन् । वि.सं.२०७२ श्रावणको तेस्रोहप्ता नेपालका चर्चित अभिनेता राजेश हमालले लाख बिन्ती गर्दा पनि सिराहा जिल्लाको धनगढी गाविस–३ नयनपुरका डुम समुदायलाई सार्वजनिक इनारबाट पानी झिक्न स्थानीय हिन्दू समाजले दिएन । उल्टै त्यो समाजले डुमहरुको लागि सरकारले छुट्टै इनार बनाइदेओस् भन्ने माग ग¥यो । ठाउँठाउँमा दलितलाई मन्दिर पस्न दिइदैंन । त्यहाँ पनि त्यो समाजले दलितले छुट्टै मन्दिर बनाओस् भन्छ । अबका दलितको भनाइछः— यदि दलितले हिन्दूसमाज संग छुट्टिएर इनार, मन्दिर बेग्लै बनाउनु पर्ने हो भने दलितहरु विस्तारै रक्क्तबिज बन्नेछन् । जनजातिहरुको अवस्था पनि त्यस्तै छ । यस्तो अवस्थामा नेपालमा शान्ति हुन्छ कसरी ? मनुस्मृतिको घेराबाट बाहिर निक्लेर मानवाधिकारवादी परिवेशमा नढल्ने हो भने अब हिन्दूसमाज संकटापन्न अवस्थामा छ । यस्तो बेला ती अगुवाहरुले आफ्नो अमूल्य समय र शक्त्तिः नेपाललाई हिन्दूराष्ट्र बनाएर जनता बीच आपसमा सँधै झै–झगडा र काटमार जारी राख्ने अभियानमा खेर फाल्नु भन्दा, हिन्दू समाजलाई सुधारेर अघि बढ्नु श्रेयस्कर हुनेछ ।
(दैनिक पत्र बुटवल,०७ भदौ २०७२)
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


