Spread the love


इटहरी
इटहरी उपमहानगरपालिका वडान १७मा आफनो श्रीमानको मृत्यू हुंदा पार्बता बस्नेत थापाले आफै टालो हालेर हिन्दु परम्परा अनुसार काजक्रिया थालेकी छन ।


मरंगको रतुमाई नगरपालिका सिजुवा घर भएका बिशु थापा छ बर्ष देखी इटहरी बस्दै आएका थिए । छातीको बिमारले च्यापेपछि ६ दिन अघि मृत्यु भएका थापाका दाजुभाईहरुले इटहरीनै आएर लास उतै लान्छौ उतै काजक्रिया गर्ने भन्न थालेपछि श्रीमती पार्बता बस्नेतले लास लान दिइनन । म

मेरो श्रीमानलाई मेरै घरबाट लास उठाउंछु । यही म आफै क्रिया बस्छु भनेपछि हामी छिमेकीहरुले पनि साथ दिनै परयो स्थानीय डम्मर खतिवडाले बताए । मृतक थापाका दाजुभाई,बाउआमा सबै सिजुवामै छन तर छोराको मृत्यूमा क्रिया बस्न मानेन । खोइ किन हो ? क्रियापत्री बसेकी श्रीमती पार्बताले भनिन । हामीबाट छोराछोरी भएनन भनेर होकी हामीले बिदेश बसेर कमायौ भनेर रिसले हो मर्दा


पनि यस्तो गरे .पार्बताले भनिन । हंङकङमा बसेर दुई बुढाबुढीले ब्यपार गरि इटहरीमा घर बनाएको र बुढालाई रोगले च्यापेपछि अहिले यस्तो भएको छिमेकीले बताए । महिलाले लोग्नेको क्रिया गर्दैछिन भनेर हेर्नेको भिड लागेको छ ।