Spread the love


इटहरी


कोरोना भाइरसलाई आफनो वडामा फैलन नदिने उद्येश्यले इटहरी उप माहानगर पालिका वाड नम्बर ८ स्थित हाम्रो टोल बिकास संस्थाले सेनिटाइजर छर्कने काम गरेको छ ।
आफनो टोलमा रहेका प्राय मान्छेको जमघट भईरहने गल्ली तथा हमेसा ब्यस्त रहन चौेकमा सेनिटाइजर छिटेर टोलबासी जनतालाई सुरक्षित रहन सचेत गराउने मनसायले साथिभाईहरुको साथ सहयोगमा सेनिटाइजर छिटेको कुरा ब्याबस्थापनमा सहयोग गर्ने स्थानीय यूवा ब्यबसायी तथा हाम्रो टोलबिकास संस्थाका सदस्य युबा सनोज पौडेलले बताएका छ

न । सामाजिक काममा हौसला सहित आबाश्यक सामाग्रि उपलब्ध गराउन केही रकम खर्च गर्ने कमल मैनाली,रामचन्द्र आचार्य चन्द्र अधिकारी चित्र सिक्देल ,लक्षमण पराजुली, राजन पौडेल ,खगेन्द्र कार्की ,गायत्री भट्टराई ,सन्तोस बिमली लगायत सम्पुर्ण सक्रिय महानुभावको चौतर्फि रुपमा उत्साहजनक सहभागिता रहेको सेनिटाइजर छिटने यूवा ज्ञानेन्द्र पान्डले बताएका छन । पाण्डेका अनुसार टोलबिकास अध्यक्ष दिनेश रिसालको अगुवाईमा काम भएको थियो ।

छिटदाछिटदै आकासबाट पानी आएपछि कार्यक्रम अधुरो रहयो । अब भोली कुनैबेला काम हुन्छ पाण्डे भने । टोल बासिहरुलाई आफनो आफनो तरिकाले महामारीको बिरुद्ध सजग रहन अध्यक्ष रिसालले आग्रह गर्दै सामाजिक अभियान्तालाई जनस्वास्थ्यको खातिर जाग्रित यूवाबर्गलाई धन्यवाद दिएको सहभागि यूवा चित्र सिग्देलले बताएका छन ।