इटहरी ९ रंगशालामा आइसोलेसन निर्माण चाडै संचालनमा
इटहरी
इटहरीमा सय वेडको आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,शशस्त्र र नेपाली सेनाका प्रतिनिधि,उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरि निर्माणलाई तिव्रता दिइने निर्णय भएको हो ।

इटहरीमा समेत संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । खानेपानी,विद्युत लगायतका विभिन्न निकायहरुको सहयोगमा खानेपानी र विद्युतिकरणको कार्य भइरहेको छ । आइसोलेसन निर्माण र संचालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसस्था र दाताहरु सँग सहयोगको आग्रह गरिएको छ । वैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फवाट तीन महिनाकालागि खादयान्न समाग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । गोर्खा वेलफेयरले पाँचसय लिटर क्षमताको पानी टंयाङ्गकी जडान गरिदिएको छ ।आइसोलेसन संचालनका लागि प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा मुल ब्यवस्थापन समिति निर्माण गरिएको छ । यसैगरि वडाध्यक्षहरु भूपेन्द्र वरालको संयोजकत्वमा वडाध्यक्षहरु चन्द्र भटटराई,दिपक गौतम,शिव नारायण चौधरी,मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार,उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल,महासचिव पिताम्वर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ । यसअघिनै शिक्षा महाशाखाका अधिकृत फाल्गुनी काफले संयोजकत्वको निर्माण समिति सक्रिय छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


