Spread the love

गोपाल ढुङ्गेल

मान्छेका क्रियाकलापमा अन्योनाश्रित तवरले यी भाव र विचार आउने जाने गरिरहेका हुन्छ्न…दिनभरिमा भावहरु यति मात्रामा आउंछन सबैलाई जोडेर देखाउने यदि आकारमा हो भने मान्छेको आकृति कुन खाले हुने थियो होला??आंकलन गर्न गाह्रो हुने थियो त्यसैले भनिदिन्छन “छाती चिरेर देखाउन मिल्दैन क्यारे”

गोपाल ढुङ्गेल को प्रोफाइल तस्वीर


भाव र विचार सुन्दा उस्तै उस्तै लागेपनि यी दुबैमा आकाश जमिनको फरक छ,भावहरु एकपछि अर्को शृङ्खलाको अवस्था पार गरेर आइरहेका हुन्छन जोडिदै र टुक्रिदै अलि लामो हुन पुग्यो भने आकार विहिन खोलाको पानी जस्तो हेर्दा त खोला छ तर निश्चित आकारमा कहिले नि नरहने त्यहि भावमा रमाउनेहरु जीवनलाई ढलपल ढलपल देखेर कर्कलोको पानीसंग तुलना गर्न पुग्छन…कसैलाई जीवनमा घटिरहने दैनिक समस्यालाई केन्द्रमा राखेर भाव व्यक्त गर्दछन र सुनाउंछन बेलिबिस्तारमा”जीवन फूल होईन कांडा हो”।कोहि एकैछिनमा “जीवन फूल हो” भन्छन समस्या उसले उत्पन्न गरेको भावभन्दा बाहिर गयो भने कांडा हुने यदि उसको सोच अनुसारको भावसंग हातेमालो गर्न पुग्यो भने उसको लागि जीवन फूल हुने हुंदो रहेछ।
यसरी अत्यधिक मान्छेहरु भावद्वारा निर्देशित हुने हुंदा भावहरु बदलिइ रहन्छन त्यसैले अत्यधिक मान्छेको बानी व्यहोरा व्यवहार बोली आदत खुसी हुने रिसाउने मात्रा पनि फरक फरक हुने हुंदा आँखा नाक कान मुख सबैको एउटै उस्तै देखिए पनि मान्छे सबै अलग अलग छन।विश्वमा रहेका करिब साढे सात अर्ब मान्छेहरु सबै कुनै न कुनै रुपमा यहि भाव पक्षले काम गरेको हुनाले सबै फरक देखिएका हुन।जतिनै भनुन “उ र म खुब मिल्छौं भनेर”तर ति मिल्नेहरु नै यहि अलग अलग उत्पन्न हुने भावको कारण अन्ततः छुट्टिन पुग्छन।
भाव एक भिड हो… यो क्षणिक हुन्छ …लामो
अवधिसम्मजांदैन।

भाव र विचारका श्रोत के हो त?कहाँबाट यी आउंछन?लाग्छ एउटै पाटो हो तर होईन…एउटा हवाइ कल्पनासंग सम्बन्ध राख्छ भने अर्को विचार पक्षले वस्तुसंगको तादम्यतामा अस्तित्व खोज्दछ।तर इन्द्रियजन्य अंगहरुबाट प्राप्त भावहरुलाई घनिभूत ढंगले नियालेर अति सूक्ष्म हेराईबाट निस्कने तरंगहरुको ठिक जोड घटाउ नै विचार हो।विचार लचकिने मोडिने हुंदैन यो रुढ हो तर देश काल र परिस्थिति अनुसार इन्द्रियहरुले छुट्टै भाव,त्यही वस्तु भए नि प्राप्त गर्ने हुनाले विचार श्रृङखलाको निर्माणमा फरक फरक दृष्टि हुन पुग्छ।

दैनिक क्रियाकलापमा भाग लिन्छौ जस्तो बस्ने उठ्ने हिंड्ने रुने खाने हास्ने नाच्ने अनेक क्रीडाहरु गर्ने जे जति गर्छौं ती सबै संपन्न गरुन्जेल भावहरु आइनै रहन्छन न निदाउन्जेल…ति भावहरु जो दैनिक उपयोगमा आउंछन ति सबै आदत बन्न पुग्छन जुन भावहरु व्यक्तिको दैनिकीमा मेल खांदैनन ति सबै उडन्ते कल्पनामा मिसिन पुग्छन तिनले विचार उत्पन्न गर्दैनन।कतिपय विचारहरु एक व्यक्तिको जीवनमा लागू नभएको नि हुन् सक्तछ त्यसैले त्यस्तो विचारको उ विरोधी हुन पुग्छ उ एक (अनुभववादी)भाववादी नै हुन जान्छ मात्र भावनामा बग्ने रमाउने उसंग आम मान्छेले गर्ने क्रियाकलाप मात्र रहन्छ उ विचारको तहसम्म पुग्दैन अन्ततः उ एक अध्यात्मवादी मात्र हुन पुग्छ।

भावहरुले व्यक्तिलाई सिमित र संकुचित बनाउछ,उ ठूलो फराकिलो दायरामा कुनै पनि वस्तु वा आयामलाई हेर्न चाहदैन,उसका आफ्नै जीवन चर्यादेखी बाहेक उ सोच्तैन, तिनैमा आफ्ना भावहरु र आफूलाई बांडिरहेको हुन्छ;म भएन भने केहि नि रहदैन जस्तो भावमा हुन्छ उसमा।उ बिर्सन्छ सूर्य चन्द्र आफ्नै गतिमा चलिरहन्छ।उ आफूले प्राप्त गर्ने इन्द्रिय जन्य सुख भोग वा पीडा नै जीवनको अन्तिम सत्य ठान्दछ।

विचार भने उडन्ते भावभन्दा बेग्लै अवस्था हो,यो हुन त आफ्नो इन्द्रियजन्य अनुभव अनि अरुको अनुभव पनि मिसेर देश काल परिस्थिति अनुसार आफूलाई ढाल्दै…एक खास अवस्थामा जिउने तरिका हो;यो ठोस हुन्छ!कुनै खास उद्देश्य वा लक्ष्यको निम्ति वस्तुगत अवस्थाको निरिक्षण परिक्षण एक लामो समयसम्म गरेर खास आकार लिएको एक ठोस भाव जो मुर्त हुन्छ!विचार मिश्रित भाव छ भने त्यो आम रुपमा सर्व स्विकार्य हुन जान्छ किनकी त्यो प्रमाणिक हुन्छ,जसले कुनै लक्ष्य बोकेको हुन्छ!विचारले ठोस वा मुर्त रुपमा आकार लिन थालेपछि भावहरु जन्मने प्रक्रिया सुरु हुन्छ,ति भावहरुकै सेरोफेरोमा विचार अझ घनिभूत हुँदै एक आकारमा विचारधारा वा वादमा फेरिन्छ जो सर्वग्राह्य हुन्छ,जुन उडन्ते भावहरु वा स्वच्छन्द भावहरुभन्दा बेग्लै एक परिश्कृत आकारमा हुन्छ।