Spread the love

HealthAugust 28, 2020News DeskLeave A CommentOn आत्माबल दरो पार्नुहोस,को रोनासंग डराउनु पर्दैन, भान्छामै पाइने सामग्री को रोनाको औषधि

आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला को रोना–१९ सँग ल’ड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग ल’ड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवले भन्नुभयो, “हामीले भान्छामा प्रयोग गर्दै आएका सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाविरुद्ध ल’ड्न सहयोग पुग्छ ।”

डा यादवका अनुसार जडिबुटीको प्रयोगले कोरोनाबाट बच्न सकिन्छ । विशेष गरी उमेर पुगेका पाका ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई कोरोनाको जोखिम बढी हुने भएकाले गुर्जोको सेवन अमृत समान हुन्छ । गुर्जो ज्येष्ठ नागरिकमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । “गुर्जो तीतो हुने हुँदा यसलाई सेवन गर्दा र’क्त’चाप घट्छ भन्ने आम धारणा छ, तर त्यो गलत हो”– डा यादवले थप्नुभयो, “यसले उच्च र’क्त’चाप बढाउने वा घटाउने अनि मधुमेहलाई बढाउने कुनै पनि गर्दैन, र’क्त’चाप सही राख्न र मधुमेहका लागि उपयोगी छ ।”

कोरोना हुँदा श्वासप्रश्वासमा अप्ठेरो पर्ने भएकाले यस्तो समस्या हुनै नदिन असुरोको पातको काँडा बनाएर सेवन गर्दा रोगसँग ल’ड्ने क्षमता बढ्ने उहाँको अध्ययनले बताउँछ । “कोरोना पोजेटिभ देखिएका बिरामीसँग भौतिक दुरी कायम राखे हो, तर भावनात्मक दुरी नजिक हुनुपर्छ”, डा यादवले भन्नुभयो, “सङ्क्रमितलाई ढाडस र साहस प्रदान गरेर बिरामीको सँधै मनोबल उच्च राख्नुपर्छ ।”

उहाँको रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुने हुँदा फ्रिजमा राखेको खानेकुरा नखाने, सकेसम्म ताजा बनाएर खाने बानी बसाल्ने, भान्छा प्रयोग हुने ७० प्रतिसतभन्दा बढी मसलामा औषधिजन्य गुण हुने भएकाले त्यसको प्रयोग गर्नेआदि गर्नुपर्ने उहाँको सुझाव छ ।

कोरोना महामारीपछि स्यानिटाइजरको प्रयोग ब्यापक बनेको छ । तर, घर र कार्यालय जहाँ साबुन पानी पाइन्छ । त्यस्ता ठाउँमा स्यानिटाइजर प्रयोग गर्नुभन्दा सकेसम्म साबुन पानीले हात धुने बानी बसाल्नु उपयुक्त हुने डा यादवको सुझाव छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बेलायतको बर्नमाउथ विश्वविद्यालयको सहयोगमा आयोजना गरेको कार्यक्रममा डा यादवले आयुर्वेद वैज्ञानिक विधि भएको र त्यसको प्रयोग गर्नु उपयुक्त हुने बताउनुभएको हो ।

डा यादवका अनुसार हालसम्म कीर्तिपुर अस्पतालमा २९६ जना बिरामी आएकामा २०९ जनाको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका बिरामीलाई पुनः एक सातापछि अर्को परीक्षण गराउने गरिएको छ । त्यसमध्ये ठीक भएर नेगेटिभ रिपोर्ट आएर १८४ जना घर फर्किसकेका छन् । डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले आयुर्वेदको प्रयोगले चीनमा पनि कोरोना नियन्त्रणमा ठूलो भूमिका निभाएकाले नेपालमा पनि यसको प्रयोग गरी फाइदा लिन सकिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको सुनाउनुभयो ।