Spread the love

हरेक तरकारीमा आफ्नो आफ्नो गुण हुन्छ । सबैले आ-आफ्नो काम गर्छ र हरेकको आफ्नै महत्व छ त्यसैगरी भन्टा हेर्दा जति आकर्षक र राम्रो लाग्छ, स्वास्थ्यका हिसाबले पनि उत्तिकै आकर्षक र उपयोगी मानिन्छ । भन्टा प्राचिन समयमा भारतमा जंगलीफलको रुपमा परिचित थियो इशापूर्व पाँचौ शताब्दिमा चीनमा पहिलोपटक खेतीगर्न थालिएको इतिहास छ ।

यो अफ्रिकामा मध्ययुगतिर पुग्यो भने त्यसपछि युरोपतिर फैलिएको पाइन्छ । आजकाल इटाली, टर्की, इजिप्ट, चीन र जापानमा यसको खेति प्रमुखताका साथ गरिन्छ ।

यस्ता छन् फाइदा भन्टाका

भन्टाले मधुमेह नियन्त्रणमा राख्छ र फाइबरको महत्वपूर्ण स्रोत भएकाले ब्लड सुगरलाई नियमित राख्न र ग्लुकोजलाई नियन्त्रण राख्न मद्धत गर्छ । यसले गर्दा टाइप टु डाइबिटिज लाग्नबाट बचाउँछ । मुटुरोग लाग्नबाट बचाउँनुका साथै नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ ।

यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।

दिमागलाई स्वस्थ पनि राख्छ यसमा पाइने फाइटोन्युट्रियन्टका कारण दिमागको सेल मेम्ब्रेनलाई हुने सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पुर्याउन सहयोग गर्छ । यसबाट स्मरण क्षमतामापनि वृद्धि हुन्छ । आइरनको उत्पादनमा पनि सहयोग पुर्याउछ र हाम्रो दैनिकजीवनलाई सहजपार्न शरीरमा आइरनको तत्व पनि आवश्यक हुन्छ ।

चाहिनेभन्दा बढी आइरन पनि शरीरलाई हानिकारक हुन्छ । भन्टामा पाइने नासुनिन तत्वले शरीरबाट अनावश्यक आइरन हटाउन मद्धत गर्छ । यसले हृदयाघातको खतरा पनि घटाउछ ।

तौल नियन्त्रण गर्न पनि मद्धत गर्छ, यसमा पानीको तत्व बढी हुनाले यसबाट क्यालोरीपनिकम प्राप्त हुन्छ । यहीकारण यो सबैभन्दा उत्कृष्ट खाद्यपदार्थ भएको छ । यसैले भन्टाको नियमित सेवनले तौल नियन्त्रण गर्नपनि सहयोग गर्छ ।

पाचनप्रक्रियामा सहयोग गर्नुका साथै यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुकासाथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ । दीर्घरोगबाट बचाउँछ र नियमित सेवनले मुटुको रोग र स्ट्रोक हुने सम्भावनालाई कम गर्छ ।

धूमपान हटाउन सहयोग गराउछ थोरै मात्रामा निकोटिन हुन्छ । जसले बिस्तारै धूमपान हटाउन सहयोगी भूमिका खेल्छ ।

एन्टी ब्याक्टेरियल र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जुन एन्टीभाइरल र एन्टी ब्याक्टेरियलको प्रभावकारी स्रोत मानिन्छ । छालाका लागिउपयोगी भन्टा मिनरल्स, भिटामिन र डाइटरी फाइबरको उच्च स्रोत हो । यसमा पानीको मात्रापनि धेरै हुन्छ ।

त्यसैले यसले छाला सुख्खा हुन दिँदैंन र चम्किलो बनाउँछ । यसका साथै यसले छालाको क्यान्सर पनि रोकथाम गर्छ । कपालका लागि भन्टामापाइने पानीले कपालको जरालाई पोषण दिन्छ र कपालपनि बढाउँछ ।

यसकारण पूर्ण सन्तुलित आहार

भान्टामा न्यून कयालोरी हुन्छ । जसको नियमित सेवनले तौललाई सन्तुलित राख्नमा सहयोग पुग्छ । त्यसैले पनि होला यसलाई तौल न्युनीकरणको आहारको रुपमा पनि लिने गरिन्छ ।

यसमा आहार जन्य रेसा अर्थात फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचनजन्य समस्या त ठिक पार्छ नै शरिमा कोलेस्ट्रोल र चिनीको मात्रालाई पनि नियन्त्रण गर्ने काम गर्छ । यसको सेवनले कब्जियतको जोखिम पनि कम हुन्छ ।

भान्टामा भिटामीन ए, सी, ई, के, वि ६, नायसीन, फोलेट र कोलीनको मात्र प्रचुर हुन्छ । पोटासियम, क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस, जिंक, कपर, म्याङगानीज सेलेनियम जस्ता खनीज तत्वहरु पनि सबाट प्राप्त गर्न सकिने भएकाले यसलाई पूर्ण सन्तुलित आहारको रुपमा लिने गरिन्छ ।

भान्टाको नियमित सेवनले जीवनशैली जन्य मधुमेह, मुटु रोग, शरिरमा बोसोलाग्ने जस्ता जोखिम न्यनिकरण गर्छ । यसमा पाइने भिटामीन बि-६, सी, पोटाशियम, बनस्पतिजन्य पोषणले मुटुजन्य समस्या न्युनिकरणको लागि सहयोग पुर्‍याउँछ ।

यो तरकारीमा फ्याभोनाइड को मात्रा अत्यधिक हुने भएकाले एन्टी अकसीडेन्ट गुण देखाउँछ । एन्थोसाएनीन जस्ता वनस्पतिजन्य फयोभोसाइड भएका खानाको सेवनले मुटु रोगको जोखिमलाई कम गर्ने बैज्ञानिकहरुका विभिन्न अनुसन्धानले नै पुष्टि गरेको छ । यस्तो तत्वले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्छ । जसको कारण रक्तचाप नियन्त्रणमा रहन्छ ।

भान्टामा पाइने अर्को महत्वपूर्ण तत्व भनेको कोरोजेनिक एसीड हो । यसले रगतमा कम घनत्वको लीपो प्रोटिन उत्पादनमा मदत गर्छ । भान्टामा पाइने पोटाशियमले फेरि शरीरमा इलेक्ट्रोलाइटसलाई सन्तुलनमा राख्न मद्दत गर्छ । जसले गर्दा उच्च रक्तचापको जोखिम अति न्युन हुन्छ ।

यति मात्र नभएर भान्टामा भएका अनगिन्ति खनीज, भिटामीन र एन्टिअक्सिडेन्टले शरीरको छालालाई सफा, रसिलो र मुलायम गराएर राख्न मदत गर्छ । किनकी भान्टामा भएको अकसीकरणरोधी एन्थोसाइनिन्सले छालाको कोशीकालाई क्षती हुनबाट बचाउँछ । जसले गर्दा छाला च्याउरीने, थोप्ला देखिने, रंग वद्लिनेजस्ता समस्याबाट बच्न सकिन्छ । त्यतिमात्र होइन भान्टाको रस लगाउँदा कपालको जरा वलियो हुन्छ । भाण्टाको तरकारी नियमित खानाले कपालको वनावट मा सुधार आउनुका साथै चम्किलो भएर जान्छ ।

भान्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउने काम गर्छ । पोेलिफिनोलहरुले क्यान्सरको कोषीकालाई मार्ने तथा बिषाक्त कोषीका नष्ट गर्ने कमा गर्छ ।

भान्टाको बोक्रामा पाइने एन्थोसाइनीन फाइटोले मस्तीष्कको कोषिका क्षति हुनबाट बचाउँछ । यसले मस्तीष्क कोषिकाका झिल्लीहरुमा हुने बोसो संरक्षण गरिराख्न सघाउ पुर्‍याउँछ । त्यतिमात्र नभएर यसले मस्तिष्क कोषिकाको आवश्यक पोषण तत्व प्रवाहमा पनि गरि विषादीलाई हटाउने काम गर्छ ।

भण्टाको रसको सेवनले सहि समयमा पिसाव हुन्छ । जसले गर्दा शरीरवाट सजिलै बिषाक्त पदार्थ वाहिरिई मृगौला स्वस्थ रहन मद्दत पुग्छ ।

भान्टामा न्युन कार्बोहाइड्रेट तथा उच्च रेसा, फाइवर पाइने हुँदा मधुमेहको जोखिम कम हुन्छ । यसले रगतमा अप्रत्याशित रुपमा रगतमा ग्लुकोजको मात्रा बढ्न दिदैन ।

भिटामिन-के म्यागानीज, कपर जस्ता तत्वले हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ । किनकी मानिसको शरिरमा कपरको मात्रा कम भएमा हाड कमलो भई खिएर जाने गर्दछ ।

प्राकृतिक रुपमा पाइने फोलेट एउटा स्रोत भान्टा पनि हो ।यस्तो भिटामिनले शरीरमा कोशिका विभाजन तथा नयाँ कोषिकाको उत्पादनमा महत्वपुर्ण भुमीका निर्वाह गर्छ । यसले गर्भमा रहेको बच्चामा न्युराल टयुवमा हुने विकार रोक्न सहयोग गर्छ ।

खाने अनेक तरिका

यसलाई उमालेर, बाफीलो पारेर, तारेर, पिंधेर वा अचारलगायतका परिकार बनाएर प्रयोग गर्न सकिन्छ । यसलाई अन्य तरकारीमा मिसाएर प्रयोग गर्दा स्वादिष्ट मात्र हुँदैन अत्यन्तै स्वस्थवर्द्धक हुन्छ । यसलाई पूर्ण सन्तुलीत आहारकै रुपमा लिने गरिन्छ । यसमा एन्थो साइनीन जस्तो प्रोभोनाइट जस्ता तत्व अत्याधिक हुने हुँदा तरकारीमा विशेष रंग उत्पन्न गराउँछ गराउँछ ।

फलफूल खाने तरिका थाहा पाउनुहोस्

सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ ।

दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद खानुहुँदैन । बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो ।

शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम आवश्यकता हुन्छ । खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् ।

खाना खानेबित्तिकै फलफूल खानुहुँदैन । भरिएको पेटमा फलफूल खाँदा पच्दैन । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् । त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुपर्छ ।

पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ ।

बच्चाहरू प्रायः फल खान किचकिच गर्छन् । त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ । उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन् ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।