अब पाकिस्तान होइन बनारस जाने सुझाव दिन्छु
- 45 Views
–सोमनाथ भट्टराई
डिक बहादुर जी, तपाईको २०७० मार्ग ९ गते आइतबार निस्केको बढी महत्वपूर्ण मान्छे की गाई ? भन्ने प्रश्नबाचक मनोवाद “सैनामैना” मा छापिएको लेख पढें । तपाईको आक्रोश गाई र ब्राह्मण जातमा भएको पाएँ । तपाईलाई पनि ब्राह्मण पुजारी जस्तै भएर सबैलाई गोडामा ढोगाउन मन लागे जस्तै पाएँ । मन्दिर, जसले बनाउँछ, त्यसैले नै पुजारीको व्यवस्था गरेको हुन्छ । जुन समाजले मन्दिर बनायो, त्यसैले कसलाई पुजारी बनाउने हो भनी पुजारीको निर्धारण गर्छ । नारायणस्थानको मन्दिर राणाहरु र क्षेत्री–बाहुनहरुको सहयोगले बनेको हुँदा त्यँहा ब्राह्मण पुजारीको निर्धारण गरेको हुनाले त्यही परम्परा अहिलेसम्म चल्दै आएकोछ । गोर्खामा र अन्य शक्तिपीठहरुका मन्दिरहरु मगरहरुले बनाएको हुनाले त्यँहा अहिले पनि मगर पुजारी हुने परम्परा चलेकोछ । बसडिलवा लुम्विनी विश्वकर्मा मन्दिर कामी र सुनारहरुले बनाएका हुँदा त्यहाँका पुजारी अवश्य पनि कामी नै होलान् भन्ने लागेकोछ ।
हिन्दु धर्म र संस्कृतिलाई अपव्याख्या गरेर प्रहार गर्ने मान्छेहरुको कमी छैन । तिनीहरुमध्ये अर्को पात्र तपाइ पनि जानी– नजानी थपिँदै हुनुहुन्छ । गोमेधयज्ञलाई गाईको मासु काटेर नै खुवाउने हो भनी अपव्याख्याको पुष्टि गर्दै हुनुहुन्छ । शब्द “गो” हो गच्छति इति गो अथवा गौ । गो–मेधाको समास भएपछि “गोमेध” बन्दछ । मेधाको अर्थ अत्यन्त फुर्तिलो बुद्धि हो । गो को अर्थ पृथ्वी हो, गो को अर्थ इन्द्रिय हो । गोमेधको अर्थ गाईको मासु काटेर खाने होइन । ज्ञानेन्द्रीय पाँच र कर्मेन्द्रीय पाँच गरेर दश इन्द्रिय मन, बुद्धि, अहंकार जस्ता अन्तस्करणलाई समेत स्वस्थ, स्वच्छ र निरोग बनाउने खालका जडिबुटीहरुको अन्वेषण गर्ने कामलाई“गोमेध यज्ञ” भनिन्छ । यस्तो पवित्र कर्मलाई अपव्याख्या गर्ने हिन्दु धर्म र संस्कृतिका दुश्मनहरुको व्याख्यालाई लिएर नबुझिकन हावामा उड्नेको कुनै आधार हुँदैन । जहाज र हेलिकप्टरमा उड्नेको कहिले–कहिले मात्र दुर्घटना हुन्छ भने हावामा उड्नेको सधै दुर्घटना हुन्छ । तपाईमा न त संस्कृत भाषाको आधारछ न त हिन्दु संस्कृतिको नै आधारछ । न त तपाईमा लघु कौमुदीको ज्ञानछ, न त सिद्धान्त कौमुदीको नै ज्ञानछ । न त शब्दको ब्युत्पत्तिको नै ज्ञानछ र न त महाभाष्यको नै ज्ञानछ । उक्त वस्तुको ज्ञान गर्न मन छ भने बनारसमा गएर संस्कृत विश्वविद्यालयमा भर्ना भएर अझै १५ वर्ष अध्ययन गरे पछि मात्र तपाईले हिन्दु धर्म र संस्कृतिको अलिकति ज्ञान गर्न सक्नुहुन्छ । तपाईको लेखले धनबहादुर वि.क. र डिक बहादुर वि.क. तथा अन्य धर्म मान्ने बाहेक ९० प्रतिशत हिन्दुहरुलाई निकै चोट पु¥याएकोछ ।
तान्त्रिक ज्ञानमा उच्चाटन, त्राटन, मारण, वशीकरणजस्ता अनेक मन्त्रहरु हुन्छन् । शस्त्र र ज्ञानको आर्जन भनेको जनकल्याणको लागि हुन्छ तर जनहत्याको लागि हुँदैन । त्यस्तै शम्बुकले मारणमन्त्र सिद्ध गरेपछि त्यो मन्त्र उसले ऋषि बालकमा प्रयोग ग¥यो र मा¥यो । धन बहादुर वि.क.ले जस्तै अपराध शम्बुकले गरेको हुनाले अपराधीलाई राजाले दण्ड दिनैपर्ने हुनाले रामले शम्बुकलाई मारेका हुन् । प्रजाको पालन गर्नु राजाको धर्म हुनाले रामले आफ्नो धर्मको पालन गरेको हुन् । खानपान र विवाह गर्नु भनेको मानवाधिकारभित्र पर्ने व्यक्तिगत इच्छा हो । उसले चाहे जसले छोएको पनि खान सक्छ र उसले चाहेमा अन्तर्जातीय विवाह गर्न पनि सक्छ । उसले नचाहे कसैले छोएको दिएको नखान पनि सक्छ । उसले नचाहे अन्तर्जातीय विवाह नगर्न पनि सक्छ । यी दुई कुरामा कसैले पनि करकाप गर्नु हुँदैन । मानवाधिकार हनन गर्न हुँदैन । छुवाछुत भन्ने कुरा अपराध हो । मानवले मानवलाई अछुत मान्न हुँदैन । हिन्दु धर्मले गाईलाई मात्र होइन, सम्पूर्ण प्राणीहरुलाई आफ्ना–आफ्ना स्थानमा सम्मान गर्दछ । व्यक्तिगत कुरा छोडेर सामाजिक काममा ब्राह्मणहरुले सबै जातिको सम्मान गर्दछ । मन्दिरको नीउमा पुजारीबाहेक अरु कुनै पनि बाहुन पस्न पाउँदैन । पुजारीले धेरै नियमको पालना गर्दछन् तर उनले समान रुपले कामी, दमै, सार्की, पोडे सबैलाई टीका पनि लगाइदिन्छन् र प्रसाद पनि दिन्छन् । यसमा भेदभाव गर्दैनन् ।
बाहुन जातिले त कामी, दमाई, सार्की, पोडे, च्यामे इत्यादि सबैलाई समान व्यवहार र माया गर्दछन् । तर यो कस्तो अचम्मको कुरो हो, एउटा दलित दमै–सार्कीले छोयो भने अर्को दलित भन्ने कामीले र सुनारले छिटो हाल्छ । बाहुनलाई दोष दिन्छ तर कामी र सुनारले सार्की र दमाईकी छोरीसंग विवाह गर्न सक्दैन । आफ्ना छोरा– छोरीलाई अब तिमीहरुले दमै र सार्कीका छोरा–छोरीसंग विवाह गर्नुपर्छ भनेर खै त डिकबहादुरजीले उदारता देखाएको ? अर्कालाई भन्न सजिलो हुन्छ तर व्यवहारमा उतार्न कामी र सुनारलाई पनि गाह्रो हुने कुरा ब्राह्मणलाई लादेर मात्र समाज सुध्रन्छ र ? “शनैः कण्था शंनैः पन्था शनैः पर्वत लङ्घनम्” भनेझैं सुस्त–सुस्त सबै काम हुँदै जान्छन् ।
हाल छुवाछुत कम भएकोछ । अब सुस्तसुस्त अरु कुरा पनि हराउँछन् । तपाईलाई मैले तल्ला जातको एकीकरणमा लाग्ने सुझाव दिएको थिँए । तपाईले दमै, कामी, पोडे, च्यामे, सार्की, पासवानको एकीकरण महोत्सवमा कहिले हामीलाई निमन्त्रणा दिनुहुन्छ भनेर प्रतीक्षा गरिरहेकोछु । तपाईले एकीकरण गर्ने बित्तिकै मैले पनि बाहुन, क्षेत्री, ठकुरी, हमाल, मगर, गुरुङ्ग, राई, लिम्बुको एकीकरणको महोत्सवमा निमन्त्रणा दिउँला भनी प्रतीक्षा गरिरहेकोछु । तपाई नजानी नजानी हावामा उड्नुहुन्छ भन्ने प्रमाण अर्को प्रस्तुत गर्दैछु । तपाईलाई कालको गति पनि थाहा रहेनछ । अहिले वि.सं. २०७० हो भने कलियुगको ५११४ वर्ष बित्यो । कलिको समय ४३२००० वर्ष र द्वापरयुग ८६४००० वर्ष हुन्छ । त्रेता युग १२९६००० वर्ष हुन्छ तथा सत्य युग १७२८००० वर्ष हुन्छ । राम त्रेता युगका हुन् भने रामले कलिको २५०० वर्ष पछि जन्मने बुद्धलाई कसरी गाली गरे अथवा आफूभन्दा कैयौं लाख वर्षपछि जन्मने बुद्धलाई कसरी गाली र निन्दा गरे त ? डिकबहादुर जी, यसरी हिन्दु धर्म, गाई, ब्राह्मणको अपव्याख्या गर्नेहरुको प्रदूषित हावामा नउड्नुहोस् । ब्रिटीस नागरिक मैक्स मुलरले संस्कृत विश्वविद्यालयका प्राध्यापकहरु संग बसेर पहिला संस्कृत व्याकरण चारै वेद र पुराण कैयौं वर्ष लगाएर अध्ययन गरेर सायणको भाष्यको आधारमा बेदलाई ६४ खण्डमा व्याख्या गरेका थिए । पहिले मैले तपाईलाई गाईको मासु खान पाकिस्तान पठाएको थिएँ भने अहिले मैले तपाईलाई पाणिनीय व्याकरण, वेद, धर्मग्रन्थ, हिन्दु दर्शन, हिन्दु संस्कृति पढ्नको लागि बनारसको संस्कृत विद्यालयमा पठाउँदैछु, कृपा गरेर जानुहोला । त्यसपछि आएर ब्राह्मण ,गाई, हिन्दु दर्शनको बारेमा लेख लेखेर विश्व हिन्दु महासंघमा समावेश हुन आउनु होला । त्यति बेलासम्म बाँचे भने तपाईको स्वागत गर्न माला लिएर म बस्नेछु । मेरो अन्त्यकाल आएछ भने पनि मेरा अनुयायीलाई हिन्दु दर्शन पढेर आएका डिकबहादुरलाई फुलमालाले स्वागत गर्नु भनी निर्देशन दिएर जानेछु ।
कृपया हिन्दु दर्शन, ब्राह्मण र गाईलाई फुलको आँखाले हेर्ने गर्नुहोस्, काँडाको आँखाले कहिले पनि नहेर्नुहोस् । सुनार र कामीदेखि तलका सबै जातको एकीकरणमा भने तुरुन्त लाग्नुहोस् । नत्र भने मलाई पनि माथिल्ला जातको एकीकरणमा ढिलाई हुनेछ । तल्ला जातको एकीकरण गरेर मात्र बनारसमा व्याकरणदेखि सर्वदर्शन पढ्न जानुहोला । अर्को कुरा अबदेखि मैले तपाईका लेखको उत्तर दिन र सुझाव दिन आवश्यक ठान्नेछैन । आफूले गर्नुपर्ने काम केही नगर्ने अखबारले लेखको पैसा दिन्छ भनेर म भन्दा जान्ने कोही छैन भनेर जथाभावी लेखेर मान्छेलाई चिढाएर मात्र सन्तोष हुन्छ भने मैले तपाईलाई केही भन्नु छैन । सल्लाह गरेर मैले उत्तर दिन्न भनेको छु, नजानेर लेखेन भनेर नफुल्नु होला ।
(अध्यक्ष, विश्व हिन्दु महासंघ, जिल्ला शाखा रुपन्देही, रविपथ, सिद्धार्थनगर—८ भैरहवा)
(सैनामैना दैनिक –२०७०।०९।०९,बुटवल)
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


