Spread the love


पीबी दियाली

Pb Diyali को प्रोफाइल तस्वीर


सत्तामा यतिखेर नेकपा अर्थात नेपाल कम्युनिष्ट पार्टी छ । तल्कालीन माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष खडगप्रसाद ओली (अहिले जो प्रधानमन्त्री पनि छन) ।यी दुईजनाको नेतृत्व रहेकाबेला दुई पार्टी एकिकरण गरेका थिए । अनि संघीय चुनाबमा राम्रो खाले बहुमत पाएर ओली नेतृत्वको सरकार बनेको छ ।सरकारी कम्युनिष्ट( यिनीहरुले) कहिले काही झण्डै दुईतिहाई छ हामीसंग भनेर गफ दिने गरेको पनि सुनिन्छ । नेकपा बाहिरका केही एकाध सिटवालालाई सत्ता समिकरणमा मिलाएपछि सरकारकारी कम्युनिष्टलाई दुईतिहाई गफ दिन सजिलो भयो । सत्ता आएपछि सबैखाले समस्या हल गर्छौ भन्ने कम्युनिष्ट नामको सत्तासिन पार्टीले सबै खाले समस्या समाधान गर्नु त परै जाओस सबै खाले समस्या खडा गरेर जनतालाई झुक्याई रहेको छ । जालझेल र छलछाम गर्न कम्युनिष्टले भन्दा अरुले जान्दैन भन्ने आभास जनताले पाई सके । सरकारी भनिएका यावत कामकाजहरु जनताकालागि प्रिय हुन सकेका छैनन । चाहे कोरोना महामारीको पीडा होस चाहे किसानलाई मल होस, अनुदान होस,बैंकको रिन होस,राहत होस, निशुल्क भनिएको औषधी उपचार होस चाहे जे सुकै क्षेत्र होस। यो सरकार पारदर्शी र जनताले संझी रहने खालको छैन । बिद्यार्थी भाईबहिनीहरुको भबिष्य बेठेगान छ ।भोक,रोग,अशिक्षा,बेरोजगारि,भेदभाव,नाताबाद,कृपाबाद,महंगी,कालोबजारी,कमिशन तन्त्र,ढिला सुस्ती जस्ता काम गराईमा सरकारका मन्त्रीहरु प्रायः दुर्गन्धित छन । कोरोन रोगको कारण बिदेशबाट आफनो देश फर्कने गरिव पीडित,बिल्लीबाठ भएकाहरुलाई यो कम्युनिष्ट नाम रहेको पार्टीको सरकारले कुनै होलो खुकुलो काम गरेन । भोकै तिर्खै नांगै पनि जनता आउन बिबस छन । देशमै केही गरेर बस्ने बसाउने बारेमा यो कम्यनिष्टनामको एकजातीय कुल घरानाको नस्लवादी सरकार फिटिक्कै योजना ल्याउंदैन । ल्याउन जान्ने मान्छेलाई निकायमा नियुक्त गर्न पनि मान्दैन । आफनो भजन कृतन गर्ने लम्पसारबादी चाटुकरहरुलाई सरकारी दानापानी खुवाएर पाल्न पटी लागेको छ । कोरोना नाममा कमाउ धन्दामा लिप्त ओली सरकारका उपप्रधानमन्त्री रहेका रक्षामन्त्री इश्वर पोखरेलले बिबादमा पर्ने थुप्रै काम गर्दै छन ।आफनै पार्टीका केही दमदार मान्छेले तिमी काम गर्न सक्दैनौ बेकामे हौं ,पद छोड भन्दा पनि ङिच्च गरेर टांस्सिइ रहने अंहंकारबादी ओली सरकारका मन्त्री ईश्वरले देखादेखि गतिछाडा कर्म गर्न थालेको छताछुल्ल हुंदा पनि सरकारी कम्युनिष्ट चुं बोल्दैन । कम्युनिष्ट सरकारका नाइके खडग प्रसाद ओली जनबिरोधी कर्म गरे बापत उल्टै ढयाप मार्दै काखि च्याप्छन। अर्का पार्टी अध्यक्ष प्रचण्ड पनि इश्वार पोखरेलका कर्तुतबारे बोल्दैनन । ७० करोड अनाबाश्यक सरकारी रकम हिनामिना गर्न खोजेका गोकुल बास्कोटालाई त ओलीले घरमै राखेर पालेका छन । उनी संचार मन्त्री थिए । सेक्युरिटी प्रेस खरिद प्रकणमा बास्कोटाले त्यत्रो बदमासी गरेको अडियो रेकर्ड बाहिर आएपछि उनी मन्त्रीबाट हटेर ओलीको घरमा बसेका छन । त्यहाँबाट असनको साँढे डुक्रे जस्तो गरि बेलाबखत जनता बिरुद्ध बोलेर ओलीको बिष्टयाईंगिरी गरि रहेका छन । ब्यपारिक घरानाहरुसंग चोचोमोचो मिलाएर राष्ट्रको सम्पतीमाथि जवर जस्ती पजनी गर्ने इश्वर पोखरेलले यति समुहलाई सरकारी जग्गा जथाभाबी मिलाए। कोरोना नियन्त्रण सामाग्रि चाइनाबाट ल्यांउदा ओम्नी नामको कम्पनी अघि सारेर बदमासी गरे । त्यसमा उनका छोराको लगानी रहेको कुरो आयो । सेनालाई जिम्मा दिएको फाष्ट ट्रयाकमा पनि आफनो हित अनुकुल काम गराउन टुप्पिदेखि पैतला सम्मको बल लगाउने इश्वर पोखरेल नै हुन । स्वास्थ्य क्षेत्रमा भान्जीलाई नियूक्ति, भाईछोरालाई ठेक्का पटटा, बिभिन्न कुटनीतिक नियोग,संस्थान देखि बिभागहरु सबैतिर फाइदाका काममा यी इश्वर ज्यान फालेर राज्यको ढुकुटीमाथि रजाई गर्दै छन । अहिले सम्धि रहेका बिराटनगरका उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैंकमा अध्यक्ष बनाउने दाउमा लिप्त छन । के गणतन्त्र इश्वर पोखरेलहरुलाई मनपरी गर्न आएको हो ? उपेन्द्र कोइरालाले यस अघि महेन्द्र मोरंग क्याम्पसको चिफ,उच्चमाध्यमिक शिक्षा परिषदको प्रमुख, नेपाल आयल निगमको प्रमुख, बिश्वबिध्यालयको प्रमुख हुंदै अहिले बैकको प्रमुखमा आउने चर्चा छ । के यो मुलुकमा यति धेरै बुद्धि भएका उपेन्द्र मात्रै छन ? के इश्वर पोखरेलले सम्धीलाई मात्रै पोष्ट बाँडन यो गणतन्त्र आएको हो ? अरु कोही उपेन्द्र जस्ता मान्छे छैनन ? यो मुलुकमा कम्युनिष्ट भनाउदाले गर्ने काम यति हो ? यी जहाँ जहाँ काममा लागे त्यहाँ त्यहाँ बिबादमै आएका मान्छे हुन । कम्युनिष्ट हुं भन्ने ओली र इश्वरले यसै गरि सरकार चलाउंंदा नेकपा किन बोल्दैन? के नेकपा भनेको ओली, पोखरेल,बास्कोटा,कोइराला लगायत अन्य कथित उच्चहरुको बिर्ता हो ?हजारौं जनताका छोराछोरी मरेर,घाइते भएर,जेलबसेर,कुटाई खाएर,दुख्ख पाएर यातना भोगेर आएको गणतन्त्र हो । एका दुई ओली,पोखरेल,बास्कोटा लगायत एकाधिकारवादीहरुको हितकोलागि होइन । त्यसैले मनमौजि सत्ता चलाउनेहरुलाई जनताले ख्याल गर्दै छन । राष्ट्रिय झण्डा त्यतिकै जलेको छैन यहाँ? राष्ट्रिय जनावर त्यतिकै काटिएको छैन यहाँ? जातीय भेदभाबको नारा त्यतिकै घन्किएको छैन यहाँ ? बिप्लबहरुको बिद्रोह त्यतिकै चलेको छैन यहाँ ? यो मुलुकमा जातीय एकाधिकारले गर्दा जनता ब्याकुल भई सके । सम्बन्धीतहरुको बेलैमा बुद्धि पुगोस ।