दलितमाथि जातीय दुष्चक्रः कम्युष्टि सरकार के गर्दै छ ?
इटहरी
प्रकाश ब्याकुल
देशमा जनतालाई समृद्ध पार्ने र सुखि राख्ने गफ दिएर कम्युनिष्ट नामको ओली सरकार छ । झण्डै दुईहिाई छ भनेर दम्भ देखाउंदै बेलाबखत मनमौजी भाषण गर्न सरकारी कम्युनिष्टहरु पालैपालो थरीथरीका अनुहार र रंगबिरंगका भेषमा जता ततै मान सम्मानका साथ देखिन्छन । कम्युनिष्टले मान्छेलाई सानो,ठूलो उच्चो निच्चो भन्दैन भन्छन । सबैलाई समान ब्यबहार गर्ने भन्छन । भेदभाब धनि,गरिव,जातजाती,लिंग,क्षेत्र,रुप ंरंग इत्यादीमा बिभेद गर्नु हुंदैन भन्छन । कानून पनि त्यस्तै बनाएको भन्छन । तर जातजाती र सानो ठूलो अथवा छुत र अछुतको नाममा मान्छेले मान्छेलाई राक्षेस भन्दा तुच्छ किसिमले ब्यबहार भई रंहदा,ज्यान मारिइ रंहदा,उठीबास भई रहंदा,बेइजज्ताका सृंखलाहरु च्लिरहंदा यो दुई तिहाइको बामपन्थी ओली सरकार कहाँ छ ? भन्दा आर्थिक लुट र कमिशन तन्त्रमा ब्यस्त छ । पदको हानाथाप,धनीवानीलाई सुख्ख सयल,मोज मस्ती,आफन्त जनको श्रीबृद्धी,जनतालाई महंगीको भार,भोक

रोग,पीर,ब्याथा,बेरोजगारीको भार अनि निर्दोष र निमुखालाई दण्ड सजाय दिन ब्यस्त छ । एकै देशमा एउटै माटोमा एउटै मूलको पानी खाने र एकै आकासको सास फेर्ने दाजुभाईलाई अछुत दलितको बिल्ला भिराएर सरकार सोझासिधालाई आपसमा फुटाएर यो कम्युनिष्ट नामको अतिबादी एकल जातीय नष्लबादी अंहकारी मान्छेहरु सरकारमा बसेर खुलेआम रजाईं गरिरहेका छन ।
लोकतन्त्रको नाममा यो दोस्रो खाले राणा शासन नभए के हो ? त । बिगतमा दलित समुदाय उपर चरम आर्थिक शोषण र शारिरीक दमन चक्रले पिरोली रहेका घाउहरु गणतन्त्र आएपछि सेलाउला भन्ने आसा राख्दा राख्दै गणतन्त्रको नाममा आएका छद्यमभेषी शासकहरुको जाल झेल र षडयन्त्रले एक पछि अर्को घटना गराएर जातको आधारमा मान्छे मार्ने क्रमले दलित समुदाय मर्महात भएको छ। रूकुम चौरझारीमा ठूलोजातकी छोरी ताक्ने भनेर नबराज बिक लगायतको सामुहिक नरसंहार काण्ड,रुपन्देहीको अँगीरा पासीलाई बलत्कार पछि हत्या,धनुषाका राजु सदाको हत्या, क्वारेन्टाइनमा औषधी उपचारको अभावमा भएको मृत्यु ,जनकपुरमा शम्भु सदाको प्रहरी हिरासतमै हत्या,महोतरी रामगोपालपुरमा बोल्न नसक्ने ३५बर्षीय मुसर महिला माथि सामुहिक बलत्कार,सप्तरी बोद्देबरसाईन न पा १०मा दलितलाई सार्वजानिक रुपमा कुटपिट भएर आधा दर्जन भन्दा बढीÞ दलित समुदायका (राम)हरु अँगभँग भई घाईते,मोरंग बुढीÞगँगा गा पा को मुसहर बस्तीमा गुण्डाहरु द्वारा कूटपिट र पिडीत पक्षकी यूबती लाई त्रास देखाई आत्महत्या गर्न बाध्य गराईएको जस्ता घटनाले सिंगो नेपाल बद्नाम छ ।

र पनि यो कम्युनिष्ट नामको कमाउबादी ओली सरकारलाई केही मत्लब छैन । यतिबेला भएका जातीय भेदभावका घटना हेर्दा मधेशी दलितहरु खपिनसक्नु आंतकमा छन । राज्यद्वारा पाउनु पर्ने संरक्षणवाट बन्चित भई रहेकै बेलामा सिरहाको ईटहरबाका राभजन सदा लगायत अन्य ४र५जना मुसहरहरु कथित ठूलोजातको शिवजी यादवद्वारा बन्धक भई भारतमा नै श्रम शोसणमा परेकोमा बिरोध शुरु भएपछि हाल हाल ती दलितहरु बेखबर रहेको र मानव तस्करको नाइके शिबजी यादबलाई कुनै निकायले पनि कार्बाही नगरेको घटना सार्बजानिक भएको छ । क
मुसहर जनकल्याण परिषद नेपालले हालै यो घटना सार्बजानिक गरेको छ । मयूरपाटी डिजिटल पत्रिकाका अनुसार कालिकोटमा जातीय विभेद गरी कुटपिट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुभकालिका गाउँपालिका ८ निवासी पदम कामीको २२ वर्षीय छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गर्ने स्थानीय चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताए ।
पक्राउ पर्नेमा शुभकालिका गाउँपालिका ५ निवासी २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं ६ निवासी २२ वर्षीय अर्जुन शाही, वडा नं ८ बस्ने १९ वर्षीय दिनेश सेजुवाल रहेका छन ।उनीहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता गरी जिल्ला अदालत कालिकोटबाट १५ दिन म्याद थप गरिएको छ । घटनाको बारेमा विस्तृतरुपमा अनुसन्धान सुरु गरिएको डिएसपी ओलीयाले बताएका छन । शुभकालिका गाउँपालिका ७ मच्चेबारीमा रहेको मष्टो धवलपुराको मन्दिरमा साउन २६ गते पूजा पूजामा दर्शन गर्न जाँदा बीच बाटोमा दलित भएर देवताको दर्शन गर्न जाने भन्दै दुव्र्यवहार गरी कुटपिट गरेको डिएसपी ओलीयाले बताए ।घाइते पंखका बुवा पदम विकले दिएको जाहेरिका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । थाहा अनलाइनका अनुसार २०७७ भाद्र ७ गते कैलालीको घोडाघोडीमा दलित युवा महिलाहरुमाथि पनि निर्घात कुटपिट थता संघातिक आक्रमण भएको छ । कैलालीको घोडाघोडी नं पा.६ बछुरिया स्थिति आदर्शनगरटोलमा जातीय गालिगलोज गर्दै सोही गाउँका गैरदलित समुहले दलित वस्तिमा आई ६गते शनिबार रातिको समयमा दलित युवा महिला दिदिबहिनीहरुमाथि पनि निर्घात कुटपिट तथा संघातिक आक्रमण भएको छ । पिडित दलित युवाहरु विकास वि.कको टाउमा गम्भिर चोटलागेको र घोडाघोडि अस्पतालबाट नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ । अनि सुनिल वि.कको खुट्टामा, भिम बि.क,करण वि.क,अनिल वि.क र नबराज वि.क लगायतका दलित युवा माथि निर्मम आक्रमण भएको छ । आक्रमण गर्ने ललित भण्डारी, दल बहादुर भण्डारी, देवबहादुर भण्डारी,नुृप भण्डारी र गोपी साउद र डम्मर साउद लगायतको समुह रहेको बताइएकोछ । उक्त समुहले यी वि.क जाति दलित डुमहरुले के गर्न सक्छन भन्दै यिनिहरु बचे नत्र यिनिहरुलाई सिध्याउने सोच थियो भन्दै थर्काउने र धम्काउने गरेको पिडित नबराज वि.क ले बाताउनुभएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



