राष्ट्रिय झण्डा जलाएको प्रति आदिवासी जनजाति संगठनहरूकोगम्भीर ध्यानाकर्षण
itahari
नेपाल देशको राष्ट्रिय झण्डा जलाएको क्लिपसहित गेल्जेन दोर्जे तामाङको समूहले र्याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको बहसप्रति आदिवासी जनजाति संगठनहरूकोगम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष जगतबहादुर बराम , तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् अध्यक्ष रेशम गुरुङ , नेपाल तामाङ घेदुङ महासचिव महित कुमार तामाङ,
थारु कल्याणकारिणी सभा महामन्त्री, प्रेमीलाल चौधरी, नेवाः देय् दबू अध्यक्ष नरेश ताम्राकार,
नेपाल मगर संघ अध्यक्ष नवीन रोका मगर , किरात याक्थुङ चुम्लुङ अध्यक्ष योगराज वनेम लिम्बू , नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पा र किरात राई यायोक्खा महासचिव जनक राईले प्रेस वक्तव्यमा कोभिड–१९को विरुद्ध सबै एकजुट हुन हार्दिक अपील सहित यसो भनेका छन ।
अपुरो र अधुरो वर्तमान नेपालको विभेदकारी संविधानले राष्ट्रिय जनावर–गाई, राष्ट्रिय रंग–सिम्रिक, राष्ट्रिय फूल–लालीगुराँस, राष्ट्रिय पक्षी– डाँफे हुने व्यवस्था गरेको छ । तर, ती चिह्नहरूले नेपालका जात, जाति, भाषा, धर्म, संस्कृति, भूगोलले सिँगारिएको विविधतायुक्त र बहुल राष्ट्रियतालाई समेटेको छैन । राजाकालीन, राणाकालीन हुँदै पञ्चायतकालीन शासन व्यवस्थासम्म लामो समय एकात्मक, केन्द्रीकृत, हिन्दू राज्य सञ्चालनले स्थापित गरेको एकलकाँटे विम्ब र प्रतीकहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा बद्लिनुपर्छ भन्ने सवाल आदिवासीलगायत अन्य न्यायपूर्ण आन्दोलनले निरन्तर उठाउँदै आएको अवगत नै छ ।
झण्डा जलाउनेले भन्दा झण्डा हल्लाउनेबाट देशको यो अवस्था सिर्जना भएको र इतिहासका कालखण्डहरूमा बारम्बार राष्ट्रघाती तुच्छ कार्यहरू भएको कुरा सबैमा जगजाहेर नै छ । पूर्वराजा, प्रधानमन्त्री, सेलिबे्रटिलगायत बाट नै देशको नक्सा, झण्डालाई अपमानजनक ढङ्गले दुरुपयोग गरिनु र यो पछिल्लो झण्डा जलाउने घट्ना सबै निन्दनीय कार्य हुन् जसको हामी खेद व्यक्त गर्दछौं ।
उल्लेखित घट्नाका सम्बन्धमा राज्यले सबैलाई समान ढङ्गले कारबाही गर्नुपर्नेमा पछिल्लो घट्नाका दोषीलाई मात्र कार्बाही प्रक्रिया अगाडि बढाउनु राज्यको अन्यायपूर्ण र असमानजनक व्यवहार हो । यस किसिमको गलत गतिविधि गर्नेहरूमाथि राज्य समान रुपमा प्रस्तुत हुन आग्रह गर्दछौं ।
राज्य सरकार र जिम्मेवार नागरिकले विभेद, अपमान, अत्याय, अत्याचारको प्रतिकारको रूपमा प्रकट हुने जुनसुकै विषय र घट्नालाई गम्भीरतापूर्वक लिएर सबै वर्ण, वर्ग, नश्ल, जात, जाति, भाषा, धर्म, संस्कृति र भूगोलका नागरिकको भावनाको सम्मान हुने र प्रतिविम्बित हुने गरी राष्ट्रिय चिह्नहरूको नयाँ निर्माण नगरेसम्म समाजमा द्वेष र घृणा फैलाउने अतिवादी तत्वहरूले ठाउँ पाइरहने समेत ध्यानाकर्षण गर्न गराउन चाहन्छौं
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



