सुनारेहरु होसियार , राम्रो छाला भएकी म्यामको खत्तम चाला
काठमाडौं ……नयाँबानेश्वर बस्ने नाम परिवर्तन) सुमनले लकडाउन खुलेसँगै आफ्नो सुन व्यवसाय पनि सुचारू गरे । एकजना युवती आइन् । देख्दा सम्पन्न परिवारको जस्तो देखिने ती युवतीले पसलमा आएर डेढ तोलाको एउटा सिक्री चाहिएको बताइन् । पसलमा लगभग १ घण्टा बस्दा उनको बोलिचाली, हाउभाउ हेर्दा खानदानी छोरीजस्ती देखिन्थिन् ।
ती केटीले बनाइराखेको सिक्री छानिन्, उनले भनेजस्तै डेढ तोलाको सिक्री पाइन् । सुमनले त्यो बेलासम्म उनलाई राम्रै सम्मान पनि गरे । चिया खुवाए, चिसो खुवाए । उनलाई लाग्छ, ग्राहक भगवानका रूप हुन् ।

पैसा दिने बेलामा आफूले क्यास (नगद) ल्याउन भुलेकाले चेक मिल्ने भए चेक दिने बताइन् ।
उनले सहजै स्वीकारे, देख्दा सम्पन्न लाग्ने केटीको बैंक खातामा पैसा त पक्कै होला ! सुमनले चेक स्वीकारे ।
ती युवती सिक्री लिएर आफ्नो गन्तव्यतर्फ लागिन् सुमन तत्कालै बैंकमा गए । बैंकमा पुगेपछि थाहा भयो, पैसा नभएको खाताको चेक दिएकी रहिछन्, चेक बाउन्स भयो ।
उनी छाँगाबाट खसे जस्तै भए । चेक बाउन्स भएपछि उनले तत्काल महानगरीय अपराध महाशाखामा उजुरी दिए ।
बन्दाबन्दीभन्दा अगाडि न्युरोडको एक गहना पसलमा एक युवती आइन् । घाँटीमा र हातमा सुनका गरगहनाले सजिएकी ती युवतीले आफूलाई हिराको औंठी चाहिएको बताइन् ।
पसलमा रहेका कामदारहरूले उनलाई हिराको औँठी छानीछानी देखाए । उनले केही समय लगाएर एउटा औँठी छानिन् । त्यति बेलासम्म पसलेले उनलाई चिया, चिसोलगायत खुवाइसकेका थिए ।
उनले औँठी किनेपछि पैसा दिने बेला क्रेडिट कार्ड र पैसा ल्याउन बिर्सेको भन्दै चेक लिने भए औंठी लैजाने बताइन् ।
हेर्दा सम्पन्न परिवारको जस्तो देखिने उनीसँग चेक लिँदा फरक नपर्ने लागेर पसलेले चेक लिएर उनलाई औँठी दिए । अन्य समयमा पनि अन्य ग्राहकहरूले पनि चेक दिएर सामान लैजाने गरेका थिए ।
सोही दिन चेक साट्न जान पाएनन् । अर्को दिन अन्य चेकहरूसँगै एकमुष्ट बैंकमा हालिदिए ।
तेस्रो दिन बैंकले एउटा चेक बाउन्स भएको खबर गर्यो । त्यो चेक तीनै युवतीको थियो । पसलले सम्पर्क गर्न खोज्दा फोन सम्पर्क पनि भएन् ।
त्यसपछि लकडाउन भयो, उनीहरूले प्रहरीलाई उजुरी दिन गएका थिएनन्, प्रहरीले एक जना युवतीलाई पक्राउ गर्यो अरू कोही ठगिएको भए सम्पर्कमा आउनु भन्दै फोटो सार्वजनिक गर्यो ।
फोटो देख्नेबित्तिकै उनले चिनिहाले, तिनै युवती थिइन् ।
सुन पसलमा गएर चेक दिने र सुन पसलेलाई प्रभावमा पारेर ठग्ने युवती थिइन्, झापा शान्तीनगर नगरपालिका वडा– ६ की २९ वर्षीया शारदा मगर ।
काठमाडौंको सानो गौचरनमा फ्ल्याट लिएर बस्दै आएकी २९ वर्षीया मगरले सुन पसलेलाई प्रभावमा पारेर ठग्ने कुरालाई नै आफ्नो पेशा बनाएको पाइएको अपराध महाशाखाले जनाएको छ ।
उनले विभिन्न समयमा गरेर ४ लाख ३६ हजार रुपैयाँ बराबरको सुन ठगेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाले साउन २८ गते बेलुका ८ बजे ज्ञानेश्वरबाट पक्राउ गर्यो ।
सुन ठगेर ज्ञानेश्वरमा महंगो फ्ल्याट लिएर बस्ने गरेकी शारदालाई प्रहरीले उनी बस्ने फ्ल्याटबाटै पक्राउ गरेको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए ।
विवाह भएर एक सन्तानकी आमा शारदाको श्रीमानसँग भने सम्बन्धविच्छेद भइसकेको छ ।
उनले विभिन्न ठाउँका गहना पसलमा जाने, आफूलाई सम्पन्न परिवारको जस्तो देखाउने र सुन ठग्ने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता कार्कीले बताए ।
एसपी कार्कीका अनुसार उनले एउटा पसलबाट ठगेको सुन अर्को पसलमा लगेर बेच्ने वा धितोमा राखेर पैसा ल्याउने गरेको खुलेको छ ।
त्यही काम गरेर उनले काठमाडौंमा महँगो फ्ल्याटमा बस्ने र हाइफाइ लाइफ बिताउने गरेको पाइएको छ ।
उनले विभिन्न समयमा गरेर डेढ तोलाको सिक्री एक थान, ४५ लालको सुनको लकेट १ थान, १ तोला ५२ लालको सुनेको ब्रासलेट, एउटा हिराको औँठी र ३५ लालको सुनको औँठी ठगी गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।
मगरलाई मुलुकी अपराध (संहिता) ऐन–२०७४ को दफा २४९ (३) (ग) अनुसार सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने महाशाखाले जनाएको छ ।नेपाल सुन चाँदी खबर
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



