Spread the love

इटहरी
नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले आफ्नो साहित्य श्रृंखलाअन्तर्गत दलित आन्दोलनका प्रणेता टीआर विश्वकर्माको ३० स्मृतिदिवशको अवसरमा नेपाली समाजको परिवर्तनमा टीआरको भूमिका विषयक कार्यक्रम आयोजना गरेको छ ।
प्रष्ठिानका महासचिव तथा सो कार्यक्रमका संयोजक सरोजदिलु बिश्वकर्माका अनुसार प्रतिष्ठानका अध्यक्ष रणेन्द्र वरालीको अध्यक्षतामा शुक्रबार साँझ भएको भर्चुअल प्रमुख अतिथीमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन हुनुहुन्थ्योे ।


कार्यक्रममा अध्यक्षले टीआर ब्यक्तित्वको वारेमा चर्चा गर्दै विषय प्रवेश गर्दै शुरु भएको कार्यक्रममा प्रमुखअतिथि अमिक शेरचनले टीआरजीले पंचायतमै रहेर पनि वामपन्थी विचार नत्याग्ने भनेको स्मरण गर्दै उहाँ दलित आन्दोलनलाई वैज्ञानिकरण गर्दै लाने अग्रणी नेता भएको बताउनु भयो । टीआरजीले जातीय मात्र होइन वर्गीय मुक्तिालाई समेत संगै जोडेर लैजानु भएको मान्नसकिन्छ भन्नुभयो । पुष्पलालसमेत टीआर पञ्चायतमा जाकिनुभयो उनलाई निकाल्नु पर्यो भनेर बढो चिन्ता लिनुहुन्थ्यो भनेर गण्डकी प्रदेश प्रमुखले राजनैतिक इतिहास बताउनुभयो ।

प्रमुख बक्ताकारुपमा टीआरका सहकर्मी ओमप्रकाश भिकेले टीआरको राष्ट्रिय र अन्तर्राष्ट्रिय भूमिका वारेमा चर्चा गर्दै उहाँ दलितको हितमा अन्तरआत्माबाटै लाग्ने ब्यक्ति भएको र दलित आन्दोलनलाई ७५ जिल्लामा जोड्ने ब्यक्ति मात्र नभएर दक्षिण एशियामा दलित मुद्दालाई पुर्याउने पहिलो अन्तर्राष्ट्रिय दलित नेतासमेत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ः दलितलाई आरक्षणको ब्यवस्था र दण्डनीय करारको मुद्दा उठाएर आजको समावेशीकरण र विभेदविरुद्धको कानुनको माग गर्ने सुत्रधार ब्यक्ति उहाँ नै हो, यतिमात्र नभई कम्युनिष्टहरु दरवारलाई पटकपटक विन्तीपत्र हालेर राष्ट्रिय पञ्चायत सदस्यमा पस्न चाहन्थे, टीआर मैले दरवार जानुपर्ने ? वरु दरवारले खोज्नुपर्छ भनेर अडान राख्नु हुन्थ्यो र पछि दरवारले खोजेरै उहाँलाई रापस बनाएको हो ।

अर्का अतिथि हिरा विश्वकर्माले टीआरको योगदानको जति चर्चा गरे पनि सकिदैन भन्दै पंचायती ब्यवस्थाभित्र स्वतन्त्रता र अधिकारका वारेमा कोही वोल्ननसकिने अवस्थामा समेत उहाँले दलितको अधिकार र स्वतन्त्रता लागि लेख्नुबोल्नु कम आँकको कुरा होइन, र आफ्नै खर्चमा देशका विभिन्न भागमा गएर आन्दोलन उठाउने र २०४७ पछि शिर्षस्थ नेताहरुलाई दलितको मुद्दामा ध्यानाकृष्ठ गराउने पहिलो ब्यक्ति टीआर नै भएको बताउनुभयो । नागरिक अगुवा मोतीलाल नेपालीले जातीय मुक्ति र वर्गीय मुक्तिको निर्देशन टीआर दिनुभएको हो, हामी त्यसकै सेरोफेरोमा आन्दोलनलाई हाँकीरहेका छौं भन्नुभयो ।

पुर्वसांसद खेम नेपालीले टीआर युगको आवाजलाई बोक्ने एउटो युगिन नेता हुन्, जसको वारेमा धेरे अध्ययन गनुपर्दछ र नेपाल कम्युनिष्ट पार्टीको निर्माणकर्ता मध्येको एक रहनुभएको बताउनु भयो । उहाँ राष्ट्रिय पंचायभित्र गएर दलित आन्दोलन घाटाभन्दा नाफा नै बढी भयो र उहाँको वैचारिक सौन्दर्यलाई नै हामीले र सिंगो दलित आन्दोलनले बोक्दै आएका छौं, टीआरको वारेमा उहाँको भनाई थियो ।

अर्का नेता गणेश विश्वकर्माले टीआरको वारेमा धेरैपछि मात्र बुझ्न सकेको बताउदै उहाँको चर्चा परिचर्चा सुन्दा उहाँलाई भारतको अम्वेडकरको रुपमा अथवा दलित आन्दोलनको एकताको सुत्रकारुपमा हेरिनु राम्रो होला भन्नुभयो । टीआरका सहकर्मी त्रिलोकनारायण विश्वकर्माले टीआरजी र हिरालालजी विचार र चरित्रमै फरक हुनुहुन्थ्यो अन्ततः विचारमा टीआरले जित्नुभयो र हामी पछि लाग्यौं भन्दै टीआरका वारेमा लेखेका कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा देशविदेशबाट जम्मा ३३ जनाको सहभागिता रहेको थियो ।