Spread the love


इटहरीpb diyali

  कोरोना संक्रमणले इटहरी उपमहानगरपालिका वडा नं ९लाई बढी जोखिम पारेको स्थानीय तथ्याङकलाई ख्याल गर्दै यहाँका यूवा तथा समाजसेवीहरुको पहलमा मुख्यमुख्य चोक एबं गल्लीमा सेनिटाइजर छर्किने साथै जनचेतना अभियान फैलाउने काममा वडा नं ९मा रहेको अस्पताल टोलकिास संस्था अघि सरेको छ ।
   शुक्रबार अपरान्ह कोशी कलेज नजिक रहेको आंखा अस्पताल अगाडी एक कार्यक्रमको आयोजना गरि टोलबिकास संस्थाका अध्यक्ष तथा यूवा समाजसेवी बिजय केसीले कोरोना संक्रमणले गर्दा इटहरीको ९ न वडा बढी प्रचारमा आएपछि जनमानसमा नैरस्यता बढेकोले केहीमात्रामा नियन्त्रणको उपायस्वरुप लकडाउनको बेलापनि मनकारी महानुभावहरुको सहयोग एबं उत्साहमा सेनिटाइजर छर्कने काम थालेको बताउनु भयो । कोरोना बिरुद्ध लडौ नामक नारा दिएर टोलबिकास संस्थाले समाजसेवी,राजनीतिज्ञ,जनप्रतिनिधी,स्वास्थ्यकर्मी,शैक्षिक बुद्धीजीबी,पत्रकार तथा समाजका सकृय यूवाभाईबहिनीहरुलाई उत्साहित गरेर खासगरि सहरी क्षेत्रको मुख्यमुख्य गौंडाहरु जहाँ मानिसहरुको बढी चहलपहल हुन्छ त्यहाँ सेनिटाइजर स्प्रे गरि कोरोना भाइरसस नष्ट गर्ने पहल थालेको अध्यक्ष केसीको भनाइ थियो । समाजमा लामो समय देखि सामाजिक अभियान मार्फत जनहितमा खटदै आएका केसीले यो अभियानकोलागि सोही वडाबासी जनप्रतिनिधी वडाध्यक्ष भुपेन्द्र बराल, उद्योगा बाणिज्यय संघ इटहरीका उपाध्यक्ष,दिबस पोखरेल,कोरोना संक्रमण जितेका स्थानीय ब्यबसायि कृष्ण खडका,मोरंगका ब्यबसायि यूवा किशोर कार्की,लिक अधिकारी,भविन खडका,दीपक ढकाल,गजेन्द्र ढकाल ,बिक्रम घिमिरे लगायतका महानुभावहरुबाट सहयोग लिएर काम गरेको बताउनु भयो । कार्यक्रममा वडाध्यक्ष भुपेन्द्र बराल ,नेपाली कांग्रेसको किसान नेता डिल्ली आचार्य,दिपक ढकाल,ध्रुबराज घिमिरे, पत्रकार महासंघ सुनसरीका पूर्ब नेता गोबिन्द घिमिरे लगायत समाजसेवी,बुद्धीजीवी लगायतको उपस्थिती रहेको थियो । स्वास्थ्य सामग्रिहरु उपलब्ध गराउने सबैलाई धन्यबाद दिदै कोरोना नासक स्प्रे मेशिन बोकाएर ३ जना यूवाहरु टोलटोलमा प्रबेश गराइएको थियो ।