Spread the love


संखुवासभा
कोरोना संक्रमण नियन्त्रणको लागि संखुवासभामा नेपाल सरकारले पठाएको स्वास्थ्य सामाग्रि चोरी भएको खबर प्राप्त भएको छ ।


संखुवासभाबाट हाम्रा सहयोगि पत्रकार मेनुका दर्नालले पठाएको समाचार अनुसार हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसन बाट बिहिबार राती १५लाख रुपैंयाँ बराबरको स्वास्थ्य सामाग्रि हराएको भनि त्यहाँ आइसोलेसनका मेसु सुन्दरश्याम झाले बताएका छन ।
तोडफो गरि ७० थान पिइ सेट,प्यासेण्ट मनिटर।सक्सन मेसिन,अक्सिजन मेशिन,अक्सिजन डिभाइडर लगायतका सामाग्रि चोरी भएका हुन । अस्पताल प्रशासन प्रमुख दिेपेश श्रेष्ठका अनुसार ३ जना कोरोन संक्रमितलाई त्यहाँ उपचार भई रहेको छ ।
सामाग्रि चोरी पश्चात अन्यत्रबाट समान जुटाएर बिरामीको उपचारमा कमी हुन नदिएको र चोरी गर्नेको खोजिकार्यमा प्रहरी लागि रहेको समाचारमा जनाइएको छ ।