गौरादह नगरपालिकाको सवारीसाधनमा ब्रहमलुट
झापा
गौरादह नगरपालिका झापाले खरिद गरेको नयाँ र पुराना गरि २१ थान मोटरसाइकलमा कर्मचारी र जनप्रतिनिधीको रबैयाले ब्यापक लुट जस्तै देखिन्छ । निर्वाचित जनप्रतिनिधिहरु आएपछी हरेक वडा तथा विषयगत शाखा कार्यालयमा वितरण गरिएका मध्ये ४ वटा मोटरसाइकल पुराना र १७ वटा नयाँ रहेका छन । गत आर्थिक वर्षको अन्त्यमा कृषि शाखा हेर्ने महिला कर्मचारीको लागि १ थान स्कूटी तथा प्राबिधिक कर्मचारीहरुको लागि भन्दै ६ थान गरि जम्मा ७ वटा बाइक खरिद गरेका थिए ।४ वटा मोटरसाइकल निजि नम्बर प्लेटमा

नगरपालिकाले नगरको पैसा खर्चेर किनेपछि केही ब्यक्तिले निजी नम्बर प्लेट हालेर कुदाएका छन । ४ वटा मोटरसाइकलमा निजी नं. प्लेट किन राखियो भन्ने आश्चर्यजनक छ । सरकारी सवारी साधनमा निजी नं. प्लेट राखेर चलाइदै गर्दा नगरपालिकाले उक्त सवारीसाधनको कर कसरी तिर्दैछ भन्ने तथ्यमा समेत प्रश्न चिन्ह तेर्सिएको छ । ती ४ वटा मोटरसाइकल पुरानै हुन् । उक्त गाडीहरु नगरपालिकाकै नाममा रहेको भएता पनि अहिलेसम्म सरकारी नम्बर प्लेट हालेकै पाईंदैन । रहस्यपुर्ण कुरा त के भने नगरपालिकाको अधिनमा रहेका मोटरसाइकलहरुको लागत समेत राख्न सकेको छैन । नगरपालिकासंग हालसम्म कतिवटा बाइक छन् र कुन कुन अवस्थामा छन् भनेर बुझ्न खोज्दा नगर कार्यालयमा जिम्मेवारी लिने कर्मचारी नै भेटिदैन । जिन्सी शाखा हेर्ने भनिएका कर्मचारी अर्जुन भाईदाहालसंग मात्र बुभ्mदा बताउन चाहेनन । नगरपालिकाको कम्प्युटरमा मोटरसाइकल सम्बन्धि कुनै डाटा नै छैन ।सरकारी काम काजमा प्रयोग हुने बाइकहरु सस्ता र बलियो ब्रान्डका खरिद गर्नुपर्नेमा महंगा र सरकारी काम काजमा प्रयोग गर्न नसुहाउने विलासी खालका रहेको स्थानीय एक ब्यक्तिले बताए ।
सामान्य मोडलका मोटरसाइकलमा इन्धन पनि कम खपत हुने र राजस्व समेत कम तिर्नुपर्ने जानकारी हुँदा हुँदै विलासी प्रबृत्तिका हेवी मोडेलका मोटरसाइकल खरिद गर्नु आर्थिक अनियमितताको एउटा बलियो उदाहरण भएको सरोकारवालाको आरोप छ ।
संघिय सरकारले शनिबार र बिदाको दिनमा सरकारी सवारी साधन प्रयोगमा रोक लगाएको भएता पनि गौरादह नगरपालिकाले त्यो नियमलाई उलंघन गरेको छ ।जनताका अत्यावश्यक काममा मात्र प्रयोग गरिनुपर्ने सरकारी सवारीसाधनहरुको जथाभावी प्रयोग हुने र व्यक्तिगत काममा प्रयोग गर्नेहरुको अचाक्ली बढला समेत प्रमुख प्रशासकीय अधिकृत मुक दर्शक छन । मेयर र उपमेयरले प्रशासनिक उदासीनतालाई टुलु टुलु हेर्नु बाहेक अरु केही गर्न सकेका छैनन ।
जिन्सी शाखाका कर्मचारी अर्जुन भाइ दाहालले झुटको खेती गर्दै पत्रकारलाई उल्लु बनाउने काम गरेका छन ।सबै वडालाई मोटरसाइकल दिएको भनेता १ नम्बर वडालाई नगरपालिकाले मोटरसाइकल दिएको छैन । वडा अध्यक्ष नगेन्द्र भण्डारीले बाइक सुबिधा नपाएको बताए । ९ नम्बर वडालाई पनि नगरपालिकाले मोटरसाइकल नदिएको वडा अध्यक्ष सीताराम भट्टराई बताउछन् ।जिन्सी शाखाका दाहालले नगर पशुशाखालाई पनि मोटरसाइकल दिएको भनी प्रतिक्रिया दिएका थिए । तर मोटरसाइकल नगरपालिकाको नभई जिल्ला पशु कार्यालयले उपलब्ध गराएको शाखा प्रमुख सन्तोष भण्डारी बताउंछा । वडा नम्बर ८ वडा अध्यक्ष भूमिराज पोख्रेललले पनि मोटरसाइकल नलिएकोे जानकारी दिए । ७न वडा अध्यक्ष बलराम खरेललले पनि मोटरसाइकल नलिएको बताए ।
फोहोर उठाउने गाडी अलपत्र
मोटरसाइकल बाहेक नगरपालिकाले ४ पांग्रे सवारीसाधन समेत पटकपटक खरिद गरेको बुझिएको छ । खरिद गरेर नगरपालिका अगाडि १ वर्ष देखि पार्किङ गरिएको मिनी ट्रीपर प्रयोगविहिन अवस्थामा राखिएको छ । कोरोना महामारीमा राहत वितरण होस वा अन्य कुनै अत्यावश्यक प्रयोजनमा होस् नगरपालिकाले भाडाकै गाडी प्रयोग गर्ने गरेको देखिन्छ । आन्तरिक श्रोतलाई यथेष्ट प्रयोग गर्दै नगरबासीको सेवामा जुट्नुपर्नेमा नगरप्रशासन सबारी साधनमाथिको दुरुपयोगबारे बेखबर छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


