Spread the love


इटहरी उपमहानगरपालिका वडा नं ५ घर भएका ताराप्रसाद पोखरेलले घरमा जोडेको खानेपानीमा लेदो आएको गुनासो गरेका छन ।


तस्वीरमा आफनो फिल्टरको पानीको फाटो राख्दै पाखरेलले फेसबुकमा यसो भनेका छन । मेरो घरमा जोडेको खानेपानीको धारोबाट निस्कने पानीको गुणस्तर (धमिलो)यस्तो छ । मेरो घरको मात्र हो कि अरुको घरको पनि हो ?मैले केही भन्न सकिन । मैले फिल्टर र बाल्टिमा धाराबाट सोझै हालेको थिए यस्तो भयो । सबैले यसरी चेक गरौ । यस्तो गुणस्तरहीन छ कि छैन ? यस्तो नै हो भने हाम्रो इटहरीको खानेपानी राम्रो छैन भन्ने प्रष्ट हुन्छ । हामीले यस्तो फोहोरका कण र रातो मानी मिसिएको पानी खाइरहेका रहेछौ । पानी जीवन हो , प्रत्येक नसा नसामा पानी चाहिन्छ । यस्ता खाले पानी शरीरमा गए के होला ? मोटो रकम तिरेर पनि यस्तो पानी खानु पर्ने भयो भने खानेपानीको के अर्थ ? सबैले आआफ्नो ठाँउबाट स्वस्थ सफा पानी देओ भनी आवाज उठाउन किन ढिला?


खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईंले एडिबी प्रोजेक्ट अनुसार खानेपानीको बिस्तार गर्दा नै यो पानी एशियाली मादण्डको शुद्ध खानेपानी भन्दै उपभोक्तासंग धरौटी मागेका थिए । अहिले पानी उपभोक्ताको कसैको घरमा पनि एकतलामाथि पानी चडदैन । धेरैले पानी कहिले काही धमिलो आउन,स्पीडमा नआउने कहिले काही निश्चित समयमा नआउने गुनासो गरेका छन ।