“म दवावमा काम गर्दिन सबैलाई थाहा छ” :- कमल थापा
राप्रपा र राप्रपा संयुक्तका बिच एकिकरण हुॅदा सम्झौताको दफा (९) मा “पार्टीको चुनाव चिन्ह ६ महिना भित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ” भन्ने स्पष्ट र किटानीका साथ उल्लेख भएको छ। यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होईन। महिनौंको छलफल,विवाद र बहस पछि उक्त सहमति गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ।पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्न नेतृत्वले समयमा आबश्यक,उपयुक्त र साहसिक निर्णय गर्नेछ। कसैले भावुक बनेर पक्ष विपक्षमा वकालत वा मत बनाउनु पर्दैन, आबश्यक छैन।भोली सहमति र प्रक्रियागत ढंगबाट ‘गाई’ वा ‘हलो’ मध्य एक निर्णय हुने नै छ। यो विवादले पार्टी एकता टुट्दैन। ढुक्क भए हुन्छ। तर, चुनावचिन्ह प्राविधिक बिषय हो, जे चिन्ह राखेपनि हुन्छ भन्नेले राप्रपा नेपाल हुंदै राप्रपा सम्म आईपुग्दा गरिएको संघर्षलाई शायद बिर्सिएका छन् वा अनुभूत गरेका छैनन्। गाई चुनाव लिन पनि सदनदेखि सडकसम्म संघर्ष गर्नु परेको छ। संबिधान जारी भएपछि राष्ट्रिय जनावर र हिन्दु धर्मको प्रतिक ‘गाई’ चुनावचिन्ह दिन मिल्दैन भनेर ऐनको मस्यौदा गरियो। राप्रपाका सासंदहरूको जोडबलबाट पहिले पाईसकेको चिन्हका हकमा भने त्यो व्यवस्था लागु नहुने प्रवधान थप गरियो। ‘गाई’ चुनाव चिन्हमा राप्रपा कै ईतिहास मै अहिले सम्मको सर्वाधिक(समानुपातिकमा करिव करिव ७ लाख) मत परेको छ। अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानिय तहका प्रतिनिधि, एक संघिय सांसद र ३ प्रदेशसभा सांसद ‘गाई’ चिन्हबाट निर्वाचित छन्। ‘गाई’तुलनात्मकरूपले अत्यन्त लोकप्रिय चिन्ह हो। २०४७ साल जेठ १५ गते राप्रपा स्थापना हुॅदा दुई घटक मध्य एकको चुनावचिन्ह ‘गाई’ थियो। फेरी, राप्रपाको मुख्य एजेण्डा हिन्दुराष्ट्र हो। हिन्दुत्वको प्रतिक ‘गाई’ हो। यस्तो वास्ततिकता थाहा हुंदा हुंदै राप्रपा कै केही साथीहरू चुनावचिन्ह जे भएपनि हुन्छ भन्दै हिंडेको देख्दा दु:ख लाग्छ,चित्त दुख्छ।चुनाव चिन्हका वारे देखिएको विवाद सामान्य हो। यसलाई मैले धेरै महत्व दिएको छैन। यो समाधान हुन्छ। तर, पार्टी एक भएर व्यक्तिहरू एकठाउॅमा उभिंदैमा राप्रपाको पक्षमा आकाशबाट ‘भोट’ बर्षा हुने हैन। पार्टी एकिकरण भएको करिव ६ महिना पुग्दैछ। तर, एकताको भावना अनुसार किन गति लिन सकेको छैन ? कंग्रेस कम्युनिष्ट असफल भएर जनताले विकल्प खोजिरहेको बेला किन हामीले आफूलाई भरपर्दो विकल्पका रूपमा प्रस्तुत गर्न सकेका छैनौ? हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनमत र आकर्षण बढिरहेको बेला हामीले आफ्नो उपस्थिति किन देखाउन सकेका छैनौ? यी र यस्ता बिषयमा हाम्रो बहस र चिन्तन केन्द्रित हुनुपर्छ। चुनाव चिन्हको विवादले एकता रोकिंदैन, अडकिंदैन। तर, त्यसबाहेकका अन्य महत्वपूर्ण बिषयमा समयमा ध्यान गएन भने एक भएर पनि गन्तव्यमा पुग्न सकिन्न। पार्टी संगठन र पार्टीको बिचारको प्रभाव बिस्तार यान्त्रिकढंगबाट हुंदैन। त्यसका केही अनिवार्य पूर्वशर्तहरू छन्। त्यता पट्टी हाम्रो ध्यान जानु आबश्यक छ। निश्चय पनि पार्टीको एकतालाई कायम राख्न हामी कुनै कसर बांकी राख्दैनौं। ‘बोल्ड’ निर्णय गरेर पनि पार्टी एकता जोगाउने छौं। तर, गैर जिम्मेवार कुरा गर्ने, राप्रपा भित्रै छिद्र पार्ने वा मिर जाफर प्रवृत्ति कायम गर्ने कार्यले भने परिणाम उल्टो हुनसक्छ। म दवावमा काम गर्दिन सबैलाई थाहा छ।–
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



