Spread the love
alt

“हेल्लो म इलाका प्रहरी कार्यालय इटहरीबाट बोल्दै छु । तपाईंहरुको जफत गरेको सामान लिन आउनुस् ।’’ नाताले मेरो मामा पर्ने अमरजित गोश्वमीलाई फोन आयो । अनुसन्धानको लागि भनेर हामीले भर्खर उत्पादन शुरु गरेको हेन्ड सेनिटाइजर केही दिन अघि प्रहरीले ऐन मिचेर जफत गरेको थियो । सामान फिर्ता आउने सुनेपछी खुशी हुँदै हामी इप्रका गयौ। हामी त्यहाँ पुगेपछी डिएसपिको आदेशमा हामीलाई थुन्न लगाइयो । हामी अचम्ममा थियौ, बिना पक्राउ पुर्जी र कसुर नै नभनी हामीलाई थुनिएको थियो । त्यहाँका प्रहरीलाई सोध्दा जेल गएपछी थाहा हुन्छ भन्थे । नेपाल औषधी ऐन २०३५ र औषधी अनुसन्धान तथा निरिक्षण नियमबली २०४० का अनुसार कुनै पनि औषधीजन्य बस्तुको छापा हान्ने अधिकार औषधी निरिक्षकलाई मात्र हुन्छ तर डिएसपी धर्मराज भण्डारी र ईन्स्पेक्टर मान प्रसाद श्रेष्ठ मिलेर गैरकानुनी रुपमा मेरो उद्योगमा छापा हानेका थिए । २०७७ चैत्र ९ गते भन्दा अगाडी हेन्ड सेनिटाइजर सरकारले औषधीको क्यटागोरी अन्तर्गत राखेको थिएन , तर चैत्र ९ गते सुचना निकालेर ३ महिना भित्र दर्ता गर्न चहानेले दर्ता गरिसक्न भनेको थियो र म पनि त्यही प्रक्रियामा थिए ।

Gopal Shrestha को फोटो।


  प्रहरीले हिरासतमा रहदा मसंग बयान लिँदा बयानका क्रममा पनि मैले यही बयान दिएको थिए तर प्रहरीले तयार गरेको बयानपत्रमा यो कुरा मैले उल्लेख गरेको भेटिन । प्रहरीको यो व्यबहार हेर्दा नियोजित ढंगले हामीलाई फसाउने काम यि दुई प्रहरी अधिकारी मिलेर गरिरहेका थिए भन्ने भान हामीलाई परिसकेको थियो । हामी बिबश थियौ के पो गर्न सक्थ्यौ र ? भोलीपल्ट संचारपटी डट कम मा “नक्कली सेनिटाइजर बनाउने पक्राउ“ भनेर हाम्रो फोटो सहित समाचार आएछ । पछी पो बुझियो यो समाचार पनि नियोजित नै रहेछ । संचारपटी डट कमका संचालक तथा पत्रकार मित्र धुर्ब ढकालले बिना दर्ताको डेकर कस्मेटिकको सेनिटाइजरको डिलर लिएका रहेछन । जसमा उत्पादकमा डेकर कस्मेटिक प्रा.लि लेखिएको छ । कस्मेटिक उद्योगले औषधीजन्य सेनिटाइजर उत्पादन गर्न मिल्छ ? के उत्पादन र बिक्री वितरण गैरकानुनी हैन र ? राज्यको चौथो अङ्गले बिना दर्ताको सामन बेच्ने अनी एउटा अधिकार सम्पन्न फार्मेसी सहायकले बनाएको सामान चै नक्कली हुने ? मेरा मित्र संचारकर्मी ढकाल लाई मेरो प्रश्न छ । मेरो अर्को प्रश्न छ मेरा मित्र ढकालजीलाई मैले उत्पादन गरेको सेनिटाइजर नक्कली हो भन्ने प्रमाण र आधार तपाँई कुन आधिकारीक निकाय दियो ? समाचार भने झै नेपालको प्रचलित कानून अनुसार दर्ता भई भ्याट कारोबार गर्ने उद्योग कसरी अवैध भयो ? जसलाइ कानुनले नै केमिकल उत्पादन गर्ने अधिकार दिएको छ, उसले चैत्र नौ गते अघिसम्म केमिकलमै राखेको सेनिटाइजर उत्पादन गर्दा कसरी अवैधानिक भयो ? एउटा असल पत्रकार र सहि सूचना सम्प्रेशण गर्ने संचारमाध्यले प्रहरीले जे सूचना दियो,त्यसैलाइ विश्वास गरेर समाचार बनाउँछ कि कम्तीमा क्रस चेंकसम्म गर्छ ? यो प्रश्नको जवाफको पखाईमा छु, यतिबेला म ।
अझ मलाई अचम्म लागेको कुरा त के हो भने ईन्स्पेक्टर मानप्रसादले उद्योग बाणिज्य, संघ इटहरीका एक जना पदाधिकारी कै अगाडि हामीलाई, “एक्लै एक्लै खान खोज्छौ अनी पक्रिदैन त पुलिसले“ भनेका थिए । यसबाट थाहा हुन्छ कि प्रहरीलाई हामीले घुस नदिएकै कारणले हामीलाई फसाइएको थियो । हाम्रो परिवारसँग उनिहरुले हाम्रो मुद्दा मिलाउन एक करोडको माग गरेका थिए ।
कानुनले त सबैलाई एकै नजरले हेर्छ भन्ने मेरो बुझाइ थियो । तर,त्यसो होईन रहेछ । हामी हिरासतमै हुँदा इटहरीकै एक जना अर्का सेनिटाइजर उत्पादकलाई पनि आधा घण्टा प्रहरी कार्यालयमा बोलाएर हामीलाई देखाएर धम्की दिएर चार लाख लिएको थाहा भयो । उनी पनि बिना दर्ता आफ्नो कस्मेटिक उद्योगको नाममा सेनिटाइजर उत्पादन गरेर बजार निर्वाध रुपमा बिक्री वितरण गरिरहेका थिए । उनले प्रहरीमा उद्योग वाणिज्य संघकै जिम्मेवार पदाधिकारी मार्फत पैंसामा कुरा मिलाएपछि झन खुलेरै अवैधानिक रुपमा सेनिटाइजरको कारोबार गरे । अहिलेपनि बजारमा उनले बिक्री गरेका सेनिटाइजर पाउन सकिन्छ । उनलाई चाँही पैंसा दिएको भरमा कुनै कानूनी कार्वाही नगरी छोड्नु र हामीलाई चाँही मागेजति पैंसा नदिँदा थुनामा राखेर नानाथरीको मुद्धा लगाएर दुःख दिनुले पैंसामा कानून बिक्री हुँदो रहेछ भन्ने स्पष्ट हामीलाई भयो । प्रहरी भनेको कानुनको पालक हो , तर कुरामा मात्र सिमित रहेछ भन्ने हाम्रो घटनाले प्रमाणित गरिदिएको छ । पैंसामा कानून बिक्री गर्ने प्रहरी अधिकारीलाई कार्वाही हुन्छ कि हुँदैन ? भन्ने आशमा हामी बसेका छौं ।

  हामीलाई लगाएको अर्को मुद्दा कलाबजारीको थियो, जसमा उल्लेख कसुर भनेको एमआरपि बढी कायम गरेको भन्ने थियो । प्रहरीले त्यही एमआरपी बराबरको अरु कम्पनीको सेनिटाइजर किनेर प्रयोग गर्दा कलोबजारी नहुने तर मेरो चैँ कसरी भयो ? कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार सरकारले मुल्य तोकेको बस्तुको तोकेको मुल्यभन्दा बढी मुल्य लिए, मुल्य नतोकेको बस्तुको एम आर पि भन्दा बढी मुल्य लिएर बेचेमा र मुल्य भन्दा कम बिल काटेमा कालोबजारी ठहर्छ तर हामीले बजारमा अरु सेनिटाइजर बराबर नै मुल्य राखेर पुरा मुल्यकै भ्याट बिल समेत काटेर सामान बिक्री गर्दा कसरी कालोबजारी ठहर्छ ? डिएसपी भण्डारी र ईन्स्पेक्टर श्रेष्ठले हामी मात्र हैन अरुलाई पनि यसरी नै फसाएर रकम उठाउने गरेका रहेछन । यतिसम्म कि डिएसपी भण्डारीले हामीलाई तर्साउन चोरी मुद्दामा पक्राउ परेका इटहरी २ का अभिशेक गिरीलाई पाइपले ८ पाइप हानी यतना दिएका थिए । त्यसरी यतना दिनु मानवता विरुद्धको अपराध हो । यस्तो अपराध गर्ने प्रहरी अधिकारीलाइ के कस्तो कार्वाही होला ? हेर्न र सुन्न मन छ, मलाइ । पछि थाहा भो कि यी सबै हर्कत उनले हामीलाइ तर्साएर पैसा असुल्न गरेका रहेछन् । पैसा नपाएपछी अन्तत उनले हामीलाई हुँदै नभएको कालोबजारी मुद्दा लगाएर हामीले दिएको बयान भन्दा फरक बयानपत्र तयार गरी जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएका थिए । यसबाट के स्पष्ट हुन्छ भने प्रहरीले पैंसा नपाउँदा फसाउन आफु अनुकुलको बयान बनाएर जो कोहीलाई दुःख दिदै आएको रहेछ ।
१६ दिन थुनामा रहदा डिएसपी भण्डारी र ईन्स्पेक्टर श्रेष्ठले बेला बेला आएर धम्काउने, कालोबजारी भनेर होच्याउने, तिमीहरुलाई फासी दिनुपर्ने भन्दै गाली गर्ने र अपशब्द समेत प्रयोग गर्ने गर्थे । केही समय अगाडि डिएसपी भण्डारी ब्यबस्थापनमा नेपालमै अब्बल प्रहरी ठहरिएर पुरस्कृत भएको समाचार पढेको थिए, तर त्यो त बोक्रा मात्र रहेछ, गुदी त कुहिएकै रहेछ ।
                                                                                                                             यस लेखमा अभिव्यक्त विचार लेखकका नीजि हुन् । -सम्पादक pradesh portel bat