Spread the love


सुनसरी
इनरुवा नगरपलिका वडा न ९ बबियामा रहेको सरस्वती विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भ्रष्टचार गर्न सजिलो हुने गरि प्रधानअध्यापक तेजनारायण यादवलाई हटाए पछि विद्यालयमा तनाव उत्पन्न भएको छ ।
विद्यालयलाई व्यवस्थापनमा सहयोग गर्ने र शैक्षिक गुणस्तर कायम गर्ने जिम्मेबारी पाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवले
विद्यालयमा आफ्नो छोराछोरी नपढाई स्वार्थ पुर्तीकालागि काम गरेको पाइएको छ
समितिको नीति, नियम, ऐन, कानुन र निर्देशिका समेतलाई तल्यादै शिक्षकहरुबीच फाटो ल्याउने गरि कनिष्ट शिक्षक उमेश यादवलाई प्रधानाध्यापक बनाएका छन ।
अध्यक्ष यादवले आफ्नो गल्ति , कम्जोरी र अनियमितताको ढाकछोप गर्नका लागि कथित सामाजिक परीक्षणको नाटक मञ्चन गरेको आरोप लागेको छ ।सहलेखापाल रमेश चौधरीका अनुसार अध्यक्षको छोराछोरीको आईएमएस प्रणालिमा नाम देखिएको छैन ।
शिक्षा विभागको २०७१ माघ ५ गतेको निर्णय अनुसार बिधालय व्यवस्थापन समितिका पदाधिकारी सम्वन्धमा विधार्थीको अभिभावकवाट छनोट भएका अविभावक कुनै पनि कारणवाट बिधालयमा नियमित रुपमा नरहेमा समितिका सदस्य वा पदाधिकारी भए सोतह पदमा नरहने भनिएको छ । निर्देशन अनुसार कुनै पनि कारणले विधार्थी बिध्यालयको नियमित विध्यार्थीको रुपमा नरहेमा त्यस्ता विध्यार्थीका अभिभावक नियम अनुसार बिधार्थीका नाताले विध्यालय व्यवस्थापन समितिको पदाधिकारी रहेको भए सो तह सो पदमा नरहने ब्यवस्था छ । यस अनुसार २०७६ सालको शैक्षिकसत्रमा विध्यालयको अभिलेखमा अध्यक्ष यादवको बिधार्थी नरहेको विधालय कार्मचारीले वताएका छन ।
बिध्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्वको लागि बिधार्थी भर्ना गर्ने तर उक्त विधार्थी विध्यालयको नियमित विध्यार्थी नरहेमा वा फर्जि विध्याार्थी ठहर भएमा त्यस्ता विध्याार्थीको अभिभावक समेत विध्याालय व्यवस्थापन समितिको पदाधिकारी रहन नपाउने कानुनमा रहेको छ ।
तर यसलाई धज्जि उडाई यादवले अध्यक्षमा रहेर कामकार्य गरिएका छन ।
विद्यालयका एक अभिभावकले अख्तियार दुरुपयोग अनुशंधान आयोग इटहरी कार्यालय सुनसरीमा समितिका अध्यक्ष यादव विरुद्ध उजुरी दिएका छन । विद्यालयमा भ्रष्टाचार भएकोले छानविन गरि कार्वाही सम्बन्धमा उजुरी परेको इनरुवाबाट हाम्रा सहयोगि पत्रकार लुकमान अन्सारीले पठाएको रिपोर्टमा उल्लेख छ । सो विद्यलायमा आईसिटी शिर्षकमा ६ लाख ५० हजार रुपियाँको कामै नगरी फर्जी विलभरपाई पेश गरेर फर्छौट गरेको, विद्यालयमा नेपाल दुर संचार प्राधिकरणबाट प्राप्त भएको २४ वटा कम्प्युटरलाई देखाएर इनरुवा नगरपालिकामा नक्कली विल भरपाईको भरमा आर्थिक अनियमिततामा अध्यक्ष यादबको भुमिका रहेको बताइएको छ । अख्तियारमा परेको उजुरीमा आर्थिक वर्ष ०७६।०७७ मा इनरुवा नगरपालिकाबाट ल्याएको ६ लाख ५० हजार रुपैयाको ल्यापटप, फिंग्र प्रिन्ट र आईसीटी फर्नीचर, वाईरिगंको काम र रगंरोगन रहेकोमा सबै काम नगरी फर्जी विल भरपाई बनाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्द यादवले पदको दुरुपयोग गरि भ्रष्चाचार गरेकोले सुक्ष्म अध्ययन गरि विल भरपाई जारी भएको पसल, व्यवसाय, व्यक्तिसम्मलाई समेत सोधेर अनि विद्यालयमा समेत स्थलगत रुपमा अनुशंधान र छानविन गरि कार्वाही गनुपर्ने, समितिको अध्यक्षले आफ्नो कार्यकालमा गरेको ८ वटा योजनामा करिव ९९ लाखको निर्माणको काममा समेत केही विल भरपाई र कागज समेत फर्जी बनाएको तथा इनरुवा ९ नम्बर कार्यालयको एक लाख रुपैयाको माटो पुर्ने काम समेत अधुरो गरि अख्तियारको दुरुपयोग गरेको, उतकृष्ट सिकाई उप्लब्धी भएका विद्यालयलाई सिकाई सुदृढिकण तथा विद्यालयलाई कार्यसम्पादनममा आधारित अनुदानको २००००० ।(दुई लाख रुपियाँ) समेतमा गैरकानुनि रुपमा कर्मचारीलाई तलबभत्ता खुवाई अख्तियारको दुरुपयोग गरेकोले छानविन गरी कार्वाही गर्नुपर्ने , माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन शिर्षकको ६५००००। ( छ लाख पचार हजार रुपियाँ) मा विद्यालयले खरिद तथा निर्माण प्रकृया पुरा नगरी नीति विपरित पेश्की लिएर अध्यक्ष यदुनन्दन यादवले पदमा बसेर अख्तियारको दुरुपयोग गरेकोले छानविन गरी कार्वाही गर्नुपर्ने ।
नीतिगत व्यवस्थामा खरिद इकाई गठन गर्नुपर्ने, सोको मूल्यकन गर्नका लागि मूल्याकन समिति गठन गर्नुपर्नेमा नगरी अख्तियारको दुरुपयोग गरेको छ ) ।
अध्यक्ष यादवले भने आफ्नो आयव्ययको विवरण सरोकारबालाहरुको विचमा सामाजिक परिक्षण समेत गरेको दावी गर्नुभयो । यादवले आफू योग्य अध्यक्ष भएको, अनियमितता नगरेको समेत जिकिर गर्नुभएको छ ।
सामाजिक परीक्षण गर्न एक समिति गठन हुनुपर्छ, प्रधानाध्यापकले सामाजिक परीक्षणका लागि भेला बोलाउनुपर्छ , परीक्षण समितिले आयव्यय सहित सम्पूर्ण विवरण अभिभावका बीच सार्वजनिक गर्नुपर्ने हुन्छ तर अध्यक्ष यादवले गैर अभिभावकलाई भेला गरि बिध्यालयमा जबरजस्ती गैरकानुनिकाम गरेको पुर्ब प्रअ तेजनारायण यादवले बताएका छन ।
तेजनारायणलाई छात्रवृति र पाठ्यपुस्तकमा अनियमितता गरेको आरोप अध्यक्षले लगाई बिबाद शुरु गरेपछि लफडा भएको बताइएको छ ।