Spread the love


प्रकाश ब्याकुल
इटहरी
इटहरी, इनरुवा,दुहबी तथा अन्य आसपासका पालिकामा दिनप्रतिदिन समुदायमा कोरोना बढ्दै गएपछि आइसोलेशन वार्डको आबाश्यक्तालाई ध्यामनमा राखि इटहरीमा खेलकुदकोलागि निर्मित रंगशालामा भएका संरचना प्रयोगमा लयाइने भएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेल तथा सुरक्षा निकायका पदाधिकारीहरुको बैठकले सुनसरीका विभिन्न ३ स्थानमा आईसोलशन वार्ड बनाउने निर्णय गरे अनुसार इटहरी९मा रहेको इटहरी रगंशालामा १ सय बेडको आईसोलेशन वार्डको काम शुरु भएको छ ।

कोरोना संक्रमित राख्न मिल्ने गरी आइसोलेशन बेड बनाउन लागिएको र करिब १० दिन भित्रमा काम सम्पन्न भई सञ्चालनमा आउने इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।

आईसोलेशन बेड बनाउन इटहरी लगायत आसपासका पालिकाको ३÷३ लाख साथै प्रदेश सरकारको लगानीमा बन्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
इटहरी रगंशालामा १०० जना , दुहबीको अरुण वनस्पति उघोगमा ५० जना र एसियनथईफुडारा संचालित रमपम उघोग अगाडीको खाली गोदाममा १५० जना अट्ने क्षमताको आइसोलेसन वार्ड बनाउने समेत निर्णय भएको छ ।
संक्रमण दिनानुदिन बढ्दै गए अन्य ठाउँमा पनि आईसोलेसन बेड बनाउन सकिने प्र.जि.अ. पोखरेलको भनाई छ । छुटाछुटै शौचालय, बाथरुम र सुत्नको लागी बेडको व्यवस्थापन गरिने बताइएको छ । गत चैत देखि साउन सम्म इटहरी उपमहानगरले ७सय बढी संख्यामा मानिसहरुलाई जनता क्याम्पसको क्वोरटाइनमा बस्ने ब्यबस्था,खाना सहित मिलाएको स्वास्थ्य बिभाग प्रमुख रामचरण चौधरीले बताए । १सय ५२ जना कोरोना पोजेटिभ देखिए पनि सबै निको भएर अब ४९ जना मात्र उपचारमा छन। सबैको अबस्था समान्य रहेको छ । ३२ जना होम क्वारेन टाइनमा छन भने १७ जना मध्ये कोही बिपी केआइएसएच धरान,कोही पूर्बाञ्चल बिश्वबिध्यालय गोठगाउं र केही कोशीअंचल अस्पताल बिराटनगरमा उपचार गर्दै रहेको इटहरी अस्पताल प्रमुख रामकुमार धमलाले बताए । धमलाका अनुसार २४ सय १८ जनाको पिसिआर टेष्ट भएको छ । दैनिक जसो १ सयको हाराहारीमा टेष्ट गर्न थालिएको धमलाको भनाई छ । उपमाहानगरपालिकाका कर्मचारीमा देखिएको संक्रमण पश्चात उपमहानगरले द्रुतगतिमा संक्रमण न्युनिकरण गर्ने अभियान चलाएको हो । संक्रमित कर्मचारीहरु सबैजना सामान्य अबस्थामा फर्किन लागेको बताइएको छ ।

जनता क्याम्पसमा भएको क्वारेनटाइनमा अहिले कोही पनि छैनन । पिसिआर टेस्टको काम भने त्यहीबाट भई रहेको रामचरण चौधरीले बताएका छन । उपमहानगर पालिका कार्यालयमा प्रमुखप्रशासकीय अधिकृत कृष्ण सापकोटा अम्बिका साहलाई निमित्त दिएर बिदामा छन। मेयर उपमेयर कार्यालय जादैनन । कर्मचारीहरु पुराना बाँकी कामका फायल पल्टाएर बसेको पाइयो । सामाजिक बिकास शाखाका महेश सुबेदीले कोठाको धुलो मैलो सफासुग्घर गर्दै थिए । नयाँ कुर्सि र टेवल किनेर बाहिर यत्रतत्र छरेर राखेका छन । प्राय कर्मचारीका कोठाहरुमा मोबाइल चलाउने गरेको दृष्य देखिन्छ । वडा कार्यालयहरु बन्द छन । सेवाग्राहीहरु कोही पनि देखिदैनन । लेखाअधिकृत बिकास पोखरेल अख्तियारको फन्दामा परेपछि राम खडकाले लेखा शाखा हेर्दै छन । कोरोना सम्बन्धी कुरामा के कति खर्च भयो? भन्नेबारे रिपोर्ट माग्दा पर्सि आउनु सबै दिन्छु खडकाले भनेका छन ।