Spread the love

विर्तामोड

नेपाल प्रेस युनियन १ नं प्रदेशका अध्यक्षहरुले सञ्चारकर्मी र सञ्चारगृहका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।
नेपाल प्रेस युनियन सुनसरीको समन्वयमा १ नं प्रदेश अध्यक्षहरुको भर्चुअल संवादमार्फत सम्पन्न बैठकले कोरोना महामारी र यसबाट सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुमा पुगेको असरबारे छलफल गर्दै विभिन्न नौबुँदे माग अघि सारेको हो । बैठकपछि संयुक्त हस्ताक्षरित विज्ञप्तिमार्फत सरकार र सरोकारवाला निकायसँग माग अघि सारिएको हो ।
बैठकले कोभिड–१९ को परीक्षण दर बढाउन, प्रदेश राजधानी र जिल्लामा कार्यरत पत्रकारहरुलाई कोरोना पुष्टी भए तत्काल आइशोलेशन सेन्टरमा भर्ना गरी उपचार गर्न, कोभिड–१९ का कारण आर्थिक संकट भोगिरहेका पत्रकारहरुका लागि सरकारी तथा गैरसहकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रबाट पारदर्शी र सहभागितामूलक लेखनवृत्ति कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।

This image has an empty alt attribute; its file name is union-696x325.jpg


कोरोना भाइरस संक्रमणका कारण बन्द भएका र सञ्चालनमा समस्या भएका अनलाईन, रेडियो र टि.भी. जस्ता सञ्चार गृहका लागि ‘सफ्ट बैंक लोन’ र अन्य कल्यणकारी योजना ल्याउन, वर्तमान विषम परिस्थितिमा अंक नपुगेपनि प्रेसकाउन्सिलले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनबाट बञ्चित नगर्न र ग्रेडिङमा समावेश गर्न माग गरिएको छ ।
प्रेस युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरेको प्रमुख आतिथ्य र सुनसरी अध्यक्ष पवन अधिकारी, मोरङ अध्यक्ष कुमार लुइटेल, झापा अध्यक्ष इन्दु पूर्वेली, इलाम अध्यक्ष विप्लव भट्टराई, पाँचथर अध्यक्ष भीम बास्कोटा, ताप्लेजुङ अध्यक्ष सन्तोष पुर्कुटी, धनकुटा अध्यक्ष हिमा चेम्जोङ, तेह्रथुम अध्यक्ष टि.आर. लिम्बू, उदयपुर अध्यक्ष पर्शुराम थापा, खोटाङ अध्यक्ष उत्तम चम्लागाई लगायत सहभागी रहेको बैठकले महामारीका बेलामा सुरक्षित हुँदै पत्रकारिता गर्ने उपायका विषयमा नेपाल पत्रकार महासंघद्वारा भर्चुअल तालिमको व्यवस्था गर्न , धेरै पत्रकारको गुमेको रोजगारी पुनस्थापित गर्न रोजगार बैंकको स्थापना गर्न, देशभरका पत्रकारका लागि कोरोना वीमाको प्रबन्ध गर्न र प्रदेश अन्तरगतका जिल्लामा राष्ट्रिय मिडियामा कार्यरत पत्रकारले लामो समयदेखि पारिश्रमिक नपाएकाले तत्काल पारिश्रमिक उपलब्ध गराउन महासंघ र युनियन केन्द्रीय समितिलाई पहल गनर्, तथा पत्रकार महासंघको सदस्यता नविकरणमा छुट दिन पनि माग गरेको छ ।
वैठकले कोरोना पुष्टी भएका पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज पत्रकार बलराम बानियाप्रति श्रद्धाञ्जली पनि ब्यक्त गरिएको छ ।