Spread the love

pb diyali
इटहरी
इटहरी उपमहानगरपालिका वडा न ७ स्थित नेपाल टेलिभिजनको इटहरी प्रशारण कार्यालय जानेबाटोमा पर्ने गढीघाटचौकमा बर्षेनी बाढीले सताउंछ ।

जनता क्याम्पस अगाडीको नर्सरी पूर्ब पटीहुंदै सिटीइभिटी कार्यालय छेउ इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौंलागाईंको घर अगाडीबाट बग्ने सुकुमारी खोलालाई उपमहानगर पालिकाको लापरबाहि र भुमाफियाहरुको जालझेलले गर्दा पैनीमा परिणत गरेको कागजात बनाएका छन।


खोला मान्दा छेउछाउको जमिन मज्जाले मिच्न नपाइने हुंदा पैनि मानेपछि टन्नै मिचेर घडेरी बनाई मंहगो मुल्यमा बेचेर पैसा कमाउन पाइन्छ । त्यो पैसाको लोभमा परेपछि उपमहानगरका कर्मचारी,प्राबिधिक कर्मचारी जनप्रतिनिधी सबैले जथाभाबि सिफारिस गर्दा घडेरी किनेर घर बनाउनेहरु डुवानमा परेका छन । बाटो घाटो पनि सांगुरिएर डुवानमा परि रहन्छ ।

गडीघाट चौकमा एउटा जितमहान नामको मन्दिर पनि छ । सुकुमारी खोलाको किनारमै रहेको जग्गा ओगटेर यो मन्दिर बनाइएको हो। यसमा उपमहानगरपलिकाको निक्कै पैसा लागेको छ । यो मन्दिर अगाडी पिचबाटो क्रस गरेर सुकुमारी पश्चिम तर्फ बग्छ । त्यहाँ चाहिने पक्की दह्रो पुल नभएको कारण बर्षेनी आउनेबाढीले सडकलाई खोलो बनाएर जनताको घरघरमा डुवान हुन्छ ।यो बर्षौदेखिको समस्या हो । पुराना बासिन्दा तथा तत्कालीन माओबादीका बिध्यार्थी नेता भिमेश्वर खवासले यसै पालि नेतृत्व गरेको पूल निर्माण उपभोक्ता समितिले वडा कार्यालय इटहरी ७मा बिन्ति भाउ गरि यो बर्ष योजना पारित गरायो । इन्जिनियर भविन चौधरी आएर रुपरेखा कोरे,समितिको दर्जनौ पटक मिटिंङ बस्यो । वडाध्यक्ष नरबहादुर राई आए।

उपमहानगरपालिकाको मेन कार्यालयबाट अनुगमन आयो । सबै तयार भयो। असर भन्दा अगाडी उममहानगरले खाता खोल्न लगायो । छाप बनाउन लगायो तर अन्तिममा बजेट पुगेन १०लाख भन्दा माथिको उपभोक्तालाई दिइदैन भन्दै बजेट खोसिको अध्यक्ष खवास बताएकांछन । हामीले सुरुमा ८।९लाख बजेटले हुंदैन भन्दा तत्काल त्यतिले हुन्छ पछि बहुबर्षेमा पार्ने भन्दै खोसेर लगे त्यो बजेट कहाँ गयो ? खवास भन्छन ।

साडे १७ लाख बजेट निकालेर बनाउने तर उपभोक्ताले होइन भनेर एक इन्जियिरले लासलुस कुरा गरेपछि माइनोट साइनोट च्यातेर फाले खवासले भने । अब यो बर्ष डुवान भयो । जनताले दुख्ख पायौं । अब केके हुंदो रछ हेरौंला भन्दै छु हजारौं बिन्ति गर्दा पनि धेरै बर्ष देखि त्यहाँ पूल बन्न नसकेको खवास बताउंछन । उपमहागरले टालटुल पार्ने बजेट खन्याउने बनाए जस्तो गर्ने फेरि बाढी आउंछ बगाइ हाल्ने काम हुंदैछ । उपभोक्ता समितिका पदाधिकारी देबेन्द्र चौधरीले पनि गुनासो गरेका छन । उपमहागरले सुकुमारी खोलालाई दुहुनो गाई बनाएर बर्सेनी बजेट खर्च गर्ने गरेको छ । तटबन्ध गर्ने भन्दै खोला छेकेर साँघुरो पारि दिने कार्यले गर्दा बर्षामा ओभर फलो भई वरिपरि बस्ति घर घडेरीलाई डुवानमा पार्ने गरेको छ । खोलालाई खोलैको मापदण्डमा राखेर जग्गा छुटयाउने र नाप नक्शा गर्ने हो भने खोला फराकिलो हुने र जनतालाई समस्या नहुने थियो तर भुमाफियाहरुले जग्गा निकाल्दै प्लटिङमा गाभेर बेचबिखन गर्दा सुकुमारी खोलाले समस्या उत्पन्न गराउने अनि बर्षेनी उपमहानगरको पैसा बर्बाद हुने गरेको छ ।