जातीय बिभेद गर्नेलाई आतंककारी घोषण गर
पीबी दियाली
पश्चिम रुकुमको चौरहजीयामा त्यहाँकाकी सुस्मा मल्ल नाम गरेकी प्रेमिकाले बिहे गर्नकोलागि लिन बोलाएपछि साथिभाई सहित गएका नबराज बिक सहित १८ जनालाई कामी दमाई तल्लोजात भन्दै वडाध्यक्ष डम्मर मल्ल समेत लागेर सुस्माका बाउआमा लगायत आफन्तले गाउं उल्टाएर लखटीलखेटी कुटेर सुस्माका प्रेमी नबराज बिक सहित ६ जनाको निर्मम हत्या गरेको काण्डले नेपालमा जातीय बिभेदको चरम दुस्चक्र कायम रहेको पाइयो ।
कम्युनिष्ट नामधारी खडगप्रसाद ओली प्रधानमन्त्री रहेको यो अबस्थामा मान्छेले मान्छेलाई अछुत र छुत भनि गर्ने गरेको ब्यबहारबाट उत्पन्न घटनाहरु ग्नि साध्य छैनन । नयाँ ब्यबस्थाले नेपाली जनताबीच जातीय भेदभाब गर्दैन सबै मानिस उत्तीकै हुन भन्ने नारा जपाएर आन्दोलन गरि पुरानो राजा भएको शासन सत्ता फालिएर गणतन्त्र आएको हो । गणतन्त्रले सबै किसिमको बिभेदलाई अन्त्य गर्छ भन्दै अहिले सत्ताधारी नेकपा त्यस अघिका माओवादी,एमाले,कांग्रेस लगायतका राजनीतिक दलले जनतालाई आन्दोलनमा होमे । राजा राणा,पंचायत,राजासहितको संसदीय ब्यबस्था भएकोबेला जति मान्छे जातीय बिभेदको सिकार हुन्थे अहिले गणतन्त्र आएपछि त्यो भन्दा बढता संख्यामा जातीय बिभेदका कहाली लाग्दा घटना भएका छन । मधेशमा मधेशी दलित र पहाडमा पहाडे दलितमाथि उच्चजातको अंहकारीको समुहले आक्रमण गरि रहेको घटना बढि रहेका छन । कथित उच्च जातले घोर आतंककारी क्रियाकलाप गरि रहेका छन । सरकार चुपचाप छ ।कम्युनिष्टले शासन गर्न पायो भने बिभेद गर्दैन भन्नेहरु राज्य संचालनमा छन । ती मध्य खडग ओली त झन ठूलो क्रान्तिकारी भन्दै पुराने सत्ता फालेर नयाँ लयाउन १४ बर्ष जेल बसेर दुख्ख काटेको बताउने गर्दछन । अहिले उनै ओली सत्तामा भएकोबेला दलितहरुको मारिइने संख्या बढी छ। जहाँ पनि जताततै माथ्लो जात र तल्लोजातको बिषयले लफडा भई रहेको छ । जनकपुरमा दलित आन्दोलन चर्किई रहेको छ । सप्तरी,सिरहा, मोरङ,कालीकोट,जाजरकोट,कैलाली लगायतमा दलित माथि अक्रमण बढदो छ । मोरङको बुढीगंगामा यादबहरुले डुम समुदायमाथि जातको कुरा भिकेर गाउंले माथि नै अ्क्रमण गरे।एउटी चेलीले बिभृदकै कारण झुण्डिएर आत्म हत्या गरिन।काठमाण्डौमा दमाइ केटाले बस्नेतको छोरी बिहे गरेको भनेर जातको कुराकै कारण झुठो मुद्धामा केटोलाई जेलहाली उसका बाउआमालाई भागेर हिंडने बनाएका छन ।यस्तो अबस्थामा सरकारको प्रहरी प्रशासन दलितलाई मुद्धा लाउंछ। सरकार चुप बस्छ । अनि ओली सरकार जनकल्याणकारी र समृद्धी,न्याय स्वतन्त्रता जनमुखि शासनको कुरा गर्छ । नबराज बिक लगायत ६ जनालाई तल्लो जात भनेर दानबीय तवरले पशु मारे भन्दा पनि राक्षेसी पाराले मारेर भेरी नदीमा बगाउंदा सरकारको खम्बा मानिने नेकपाको त्यसमा पनि क्रान्तिकारी भनिने जनार्दन शर्माले मार्नेहरुकै पक्षमा बोल्छ र मृतकहरु आफै नदीमा हामफालेका हुन भन्छ । पक्राउ गरिएका सुस्माका बाबुआमा,वडाध्यक्ष नातेदार लगायत २०जनालाई कानून अनुसार कडा कार्बाही गर्नु पर्नेमा होलो खुकुलो पाराले मुद्धा फितलो बनाई क्रमश छोडने बाहना गर्दैछ। दलितको बिरोधलाई निस्तेज पार्न प्रति मृतक १०लाख क्षेतीपुर्ति दिने ओली सरकारले भर्खरै घोषणा गरेको छ । जात छुटाएर मान्छे मार्ने मल्ल खलक हुन तर सरकारले क्षेतिपुर्ति दिन्छ भनेपछि यो सरकार उच्च जातीको हितमा छ भन्ने बुजिन्छ । जसले मारयो उसैबाट क्षेति भराउनु पर्छ । सरकारले दिने रकम भनेको जनताले तिरेको कर बाट जम्मा भएको रकम हो । जहाँसबै जनताको तिरो जम्मा हुन्छ । जातको कुरा निकालेर ठूलो भनिएकोले मान्छे मार्ने क्षेतिपुर्तिचाही सबैको करबाट दिनु पर्ने ? यस्तो पनि कुनै शासन हो? होइन यो सरासर उच्चजातीय पृष्ठपोषक काम हो । अपराध गर्नेलाई हदे सम्म सजाय दिई उसैको सम्पतीबाट पीडितलाई क्षेतिपुर्ति दिनु पर्छ अनि मात्र छुवाछुतका घटनाहरु हुदैनन। नत्र सानो जात भन्यो मारि दियो सरकारले पैसा तिर्छ । यही संस्कार रहयो भने छुवाछुत झन बढछ । छुवाछुतको कुरा निकालेर मान्छेलाई तल्लो जात अछुत भन्नेहरु आतंककारी हुन । सरकार नामको प्राणीहरु कोही छौ भने उच्चजातीय अहंकारबादीहरुलाई आतंककारी घोषणा गरेर जनप्रीय कामकोलागि शंकटकाल लगाउनु पर्छ । नत्र जनताले अर्को ब्यबस्थाकोलागि आन्दोलन गर्छन । गर्ने छन । गर्नु पर्छ । यो समयको माग हुने छ । अहिलेको यो अबस्थालाई बाहुन अधिनस्त राज्य मान्दा हुने स्थिती भयो । ७० लाख हाराहारीका दलित जनतालाई पहिला राणा,राजा,पंचेहरुले जस्तै हेपि रहने हो भने कथित उपल्लो जातको राष्ट्र द्रोह हो भन्ने ठहरिन्छ । राज्यको सबै निकायमा उच्चजातको बर्चश्व कायम गरि ७० लाख दलितलाई उपनिबेश जस्तो गरि शासन गर्न पाइदैन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


